Tuesday, April 7, 2015

यात्रा संस्मरण ः सुपादेउराली

               
यात्रा संस्मरण ः सुपादेउराली 
द्वन्दकालको करीब अन्त्यतिर हो समय त यकिन गर्न सकिन । मलाई फोन आयो रमा भण्डारीले फोन गरेर भोलि सुपादेउराली जाने ? भनेर सोध्नुभयो मैले हुन्छ जाउँ भने पछि भोलि विहान ६ बजे बसपार्क भेट हुने सल्लाह भयो । भोलिपल्ट हामी ३ जना म रमा भण्डारी र जुना पौडेल बसपार्कमा भेट भयौं । बसमा जाने भने ढिला हुन्छ ट्रकमा जाउँ छिटो हुन्छ जुनाले भन्नुभयो । मैले बसमा जाउँ भने धेरै समय कु¥यौं बस जीप केही आएन । कतिबेर कुर्ने अन्ततः ट्रकमै चढ्यौं । गोरुसिङ्गे पुगेपछि हामी ट्रकबाट ओर्लियौं । करीब ८ बजेको थियो होला हामी त्यहाँ पुग्दा ९ बजे सम्म पनि कुनै सवारी साधन पाइएन । हामी अन्यौल भयौं फर्कने कि सवारी साधनको प्रतिक्षामै बस्ने । हामीले सल्लाह गर्न नपाउदै फेरि ट्रक आयो खोलामा बालुवा बोक्न हिडको रहेछ । हामी त्यसमै चढ्यौं । कपिलवस्तुको वीरपुर सम्म पुग्यौं जहाँ जुनाको माइतघर रहेछ । त्यहाँ पुगेर चिया मात्र पियौं बगैंचामा आँप पाँकेका रहेछन । ती आँप टिपेर जुनाले ल्याउनुभयो । हामीले खायौं धेरै समय वितेको थियो अपरान्हको १ बजेको थियो एउटा सवारी साधन पाउन सकेका थिएनौं । अघिल्लो दिन बन्दको प्रभावका कारण यातायातका सवारी साधन नचलेको जानकारी पायौं । यत्तिकैमा एउटा बस आयो, बसभित्र यात्रु खचाखच थिए । हामी ३ जना कसरी जाने भने पछि जुनाले आफ्नी बहिनी सीतालाई हामीसँग साथी पठाउनुभयो । रमा भण्डारीलाई भित्र एउटा सिटको अवसर पाउनुभयो हामी यत्तिकै सहचालकसँग सोधेका थियौं हामी कसरी जाने सहचालकले सहज जवाफ दिए बसको छतमा जाने । म त कहिले पनि छतमा बसेर यात्रा गर्न पाएको थिएन । बस भित्र बसेर प्रकृतीलाई आँखाभरि नियाल्ने रहर पुरा नहुने मनमनै खुशी भएँ । म प्रकृति प्रेमी भएकोले सीताले भने घाम हुन्छ कसरी जाने ? के गर्ने बाध्यता सीताकालागि मेरा लागि नयाँ स्थानको अवलोकन गर्न पाउने अवसर कतै खुशी कतै बाध्यता । मलाई सीताले पथ्थरकोट बाट उकालो लागे पछि प्रत्येक स्थानको बारेमा बताउदै जाँदा तस्बीर खिच्दै पहाडका मनमोहक दृष्यावलोकनमा मोहित भएकी म असारको चर्काे घामको पनि वेवास्ता गर्दै कतिबेला सुपा पुगियो थाहै भएन । हामी त्यहाँ ओर्लियौं मन्दिरमा प्रवेश गर्दाको आनन्द यति धेरै थियो । त्यो समय मन्दिर यति सुन्दर र सफा थियो कि शब्दले बयान गर्न सक्दिन । हामीले पूजा गर्ने क्रममा हिन्दु धार्मिक विधिबाट गरियो यसैक्रममा हामीले देवीको मूर्तिमा टिका लगायौं घुम्टो ओढाएर सबै सामाग्री चढाइ सके पछि बाहिरबाट एक जना भित्र छिर्दै सोधे तपाईहरुको पूजा सकियो? हामीले सकियो भने पछि उनले त्यो मूर्तिमा लागेका अबिर टिका सबै सफा गरे हामीले पुजा गर्दा चढाएका प्रसादलाई अर्काे भाडामा संकलन गरे दानपात्रमा पैसा राखे त्यो कार्य देखेर मेरो मनमा कता कता मूर्तिमा टिका लगाएर गल्ती ग¥यौं कि भन्ने लाग्यो मन्दिर सफा देखे पछि हामीले पनि त्यस्तै गरी पूजा गर्न सकिन्थ्यो हामी जुन संस्कारमा आयौं त्यसैको परिणाम हो भन्ने लाग्यो मैले ती सेवकलाई भने हामीले गर्दा हजुरलाई काम बढ्यो माफ दिनु होला । उनले हास्दै भने सबैले यसरी पूजा गर्ने प्रचलन छ तर हामी सरसफाई राख्ने काम हो । मलाई खुशी लाग्यो । यो मन्दिर श्री नरनारायण बाबाले व्यवस्थित गर्नु भएको हो भन्ने जानकारी हामीलाई सीताले दिनुभयो । मैले को होला नरनारायण बाबा भन्ने मलाई भेट गर्ने उत्सुकता जाग्यो । संयोगको कुरा हो मेरो उहाँसँग माघ महिनामा बुटवलको सिन्दुर होटलमा भयो । नरनारायण बाबा बुटवल आउनु भएको छ भेट गर्न आउनु भनेर खबर पाएँ  । म सिन्दुर होटलमा पुगें । त्यहाँ उहाँका सेवकले भेट गर्न आनाकानी गर्दै थिए । म बाहिर उहाँले भित्रबाट उभिएको देख्नुभएछ र बाहिर आउनुभयो । मैले नमस्कार भनेर आफ्नो परिचय दिए पछि म सँगै जानुभएका अन्य साथीहरुलाई पनि परिचय गराएँ । उहासँगको भेटघाटको बसाईको क्रममा मैले सुपादेउराली मन्दिरको व्यवस्थापन सारै राम्रो लाग्यो भनेपछि उहाँ अनुहारमा खुशी छायो र भन्नुभयो त्यस्तै व्यवस्थापन सधै कायम राख्ने सोच छ । त्यसपछि मन्दिरको दाश्रो पटकको अवलोकन गर्ने अवसर मैले मेरा दाजु भाउजुका साथमा गए त्यो समयमा जाँदा मन्दिरमा पहिले थिएन केही परिवर्तन थियो । मन्दिर आउने दर्शनार्थीले पैसा ढोकाबाट फुत्त फ्याँकेर गए हामी पूजा गर्दै थियौं दाजु र बहिनी दुबैलाई लाग्यो । अनि दाजुले भन्नुभयो देबीको दर्शन गर्नु पैसा नफ्याँक्नु दान पात्रमा राखीदिनु मुर्तिमा लाग्यो भने नराम्रो देखिन्छ । त्यसपछि आउनेहरु मध्ये केहीले देवीको दर्शन गरेर दानपात्रमा पैसा राखे । हामीले देवीको दर्शन गरे पश्चात फर्कियौं । त्यस पछि तेश्रो पटक दर्शन गर्नका लागि हामी ५ जना साथीहरु भएर गयौं । त्यो समयमा जाँदा मन्दिर वरिपरि प्रदुषण बढेको पाइयो । सफा सुन्दर मन्दिर जसले पहिलो पटकमा मलाई मोहित बनायो तेश्रो पटक जाँदा मन्दिरको परिसर हेर्दा दिनानुदिन परिवर्तन भएको थियो । पहिलो पटक जाँदा सुपा खोलाको पुल भत्केको बाटो साघुरो र कच्ची सडक खोलाबाट बस लैजानु पर्ने अवस्था जहाँ चालकले होस नपु¥याएमा यात्रुको ज्यान जोखिममा पर्ने अवस्था थियो । त्यो समय मुटु नै सिरिङ्ग हुने गरी यात्रा गरेकी थिए दोश्रो पटक जाँदा पुल निर्माणाधिन बाटो ग्राभेल भएको अवस्थामा थियो । तेश्रो पटक जाँदा पुलबाट नै गयो बाटो पनि धेरै व्यवस्थित बनेको बस खोलामा जानु परेन खुशी नै लाग्यो । बाटो पक्की बनेछ थप मन्दिर एवं प्रतिक्षालय पनि निर्माण भएछ सारै खुशी लाग्यो । मन्दिर क्षेत्रमा भएको फोहरमैला देखेर मेरो मन खिन्न भयोे । सेवकले पनि कति सम्म गर्ने । हामी दर्शनार्थी नै सचेत नभएपछि मन्दिरमा प्रदुषण बढ्नुमा हाम्रो पनि कमिकमजोरी छ । हामीले पूजा गर्ने पद्धती र जथाभावी तरीकाले चढाउने सामग्रीले गर्दा हो । सजिलैसँग व्यवस्थापन समितिले ध्यान दिनुपर्ने थियो यस्तो भयो मन्दिर भनेर भन्न सजिलो होला तर व्यवस्थापन समितिलाई भन्नु पहिले हामीले गर्नु पर्ने कर्तब्यमा पनि ध्यान दिन जरुरी हुन्छ । धार्मिक स्थल हाम्रा सम्पत्ती हुन यसको संरक्षणमा सम्बन्धित निकायको ध्यान खिच्ने काम त गरौंला तर हामीले आफ्नो बानी सुधार गर्न अति आवश्यक भएको महशुश त्यतिबेला गरे चैते दशैंमा दर्शन गर्न जाने सोच बनाएकी थिएँ । काम विशेषले जान सकिन पूर्णिमाको दिन दर्शन गर्न गएँ । त्यो दिनको भिडभाडले गर्दा लामो लाइन थियो मन्दिरमा दर्शन गर्नका लागि लाइनबद्ध भएर बसें । एउटा बस सन्धिखर्कबाट आयो । दर्शनका लागि यात्रुहरु आए उनीहरुले लाइनमा बसेकाहरु सँग पालो कुर्ने समय थिएन हुने कुरा पनि भएन । उनीहरु लाइनमा बसेकाहरुलाई घचेट्दै मन्दिर प्रवेश गरेर पैसा चढाएर फर्के । एक थरी बाहिर नरीवल फुटाउनेको भिड थियो जथाभावी नरिवल फुटाउँदा नरिवलको पानी बगेर फोहर भएको थियो । शिवालयमा बाहिर पुजारी थिए उनको अगाडी उभिन नमिल्ने गरी फुल प्रसाद भित्र देखि बाहिर सम्म थियो । उता पट्टि मन्दिर व्यवस्थापन समितिका पदाधिकारी बसेका देखिन्थे । केहीबेरको समय पश्चात पूजा गर्ने पालो पाएँ । मैले एउटा निर्णय गरें मैले फरक ढंगले पूजा गर्छु भन्ने सोच बनाएँ देवीलाई संझेर लगेका फल प्रसाद नरीवल सबै सामानहरु एउटा टपरीमा राखें प्रार्थना गरे टिकामा पानी नराखी, फूल पनि त्यसैमा राखे सामनलाई देवीको अगाडी राखें । म घरबाट हिड्ने समयमा आमाले राम्रोसँग पूजा गर्नु है ” भनेर सम्झाउनु भएको थियो । उहाँको भनाई विधि पू¥याएर गर्ने । मैले त गरिन मन्दिर सफा राख्नु हाम्रो उत्तरदायित्व हो । विधि पु¥याउने भन्दैमा मन्दिरको संरचना विग्रिने काम नगर्ने सोच बनाएर गरे मैले आफ्नो विचार बदलेर दर्शन गरे देवीले पक्का आशिर्वाद दिनुहुन्छ । सजाय पक्कै दिनुहुन्न । समयमै सचेत बनौं हामी नेपाली हाम्रा धार्मिक स्थल पाटी पौवा मठ मन्दिरको संरक्षण गर्ने सरकार वा सम्बन्धित निकायको मात्र नभई हामी नागरिकको दायित्व हो । पुरात्तात्विक सम्पत्तीको संरक्षणमा आजैबाट अग्रसर बनौं ।