Sunday, May 24, 2015

छोराको मात्र होइन चाहना छोरीको पनि हुँदो रहेछ : एउटा सत्यकथा


हाम्रो पेशा भनेको कृषि थियो । बुबाले सामाजिक काममा हिड्नु पर्ने । घरको चुलो चौको देखि खेतबारीको सबै काम गर्न पर्ने । आमाले भन्नुभएको म जब उहाँको गर्भमा थिएँ । गर्भवती अवस्थामा महिलाले पाउनुपर्ने सन्तुलित आहार विहार केही वास्ता हुदैनथ्यो । आमालाई खाना खानु भनेको काम गर्ने क्षमता होस बाकी रुचि होस या अरुची त्यसको वास्ता हुदैनथ्यो । त्यसैले त म जन्मने समयमा प्रसव पिडाले छट्पटिएको २ दिन सम्म घरमै बस्नुभयो । २ दिन सम्म पनि मेरो जन्म नभए पछि लुम्बिनी अंचल अस्पतालमा ल्याइयो । अस्पताल भर्ना भएको पनि ५ दिन भयो । अब अप्रेशन गर्ने तयारी गर्दै थिए अस्पतालका स्वास्थ्यकर्मीले त्यस समयमा आमासँगै एक जना महिला भर्ना भएकि रहिछन । उनलाई छोरा र यतातिर म जन्मेछु । ती महिलाको ४ भाइ छोरा रहेछन । छोरीका प्रतीक्षामा ४ वटा  छोरा भएका रहेछन यसपाली पनि छोरी आशा धेरै थियो रे । तर जन्मने बेला फेरि छोरा । अस्पतालका नर्सहरुले मातृत्वको परीक्षण गर्नुभएको थियो रे एकैछिनका लागि ती महिलालाई उनीहरुले तपाईलाई छोरी जन्मिएकी छन भनेर मलाई देखाउँदा दुबै दम्पत्ती असाध्यै खुशी भएछन् । यता आमालाई ती महिलाको छोरा देखाएर तपाईलाई छोरा जन्मिएको छ भनेर भन्दा मेरी आमाले “मैले छोरा होइन छोरी जन्माएको छु” भनेपछि नर्सहरु छक्क परेका थिए । त्यस पछि छोरी जन्मेको भनेर क्षणिक रुपमा मात्र खुशी बनें म उनीहरुका लागि तै पनि उनीहरु हामीलाई साटेर लैजान तयार थिए तर मेरो घरमा ४ जना दिदी २ वटा दाजुको जन्म भए पश्चात बुबाले सत्यवती बज्यैको मन्दिरमा भाकल गर्नुभएको रहेछ अब मलाई छोरा चाहिदैन भनेर त्यस पछि मेरो जन्म भएको थियो । मेरो आगमनले बुबा आमा असाध्यै खुशी हुनुभएछ । त्यसपछि उनीहरुले बुबा आमाले सहमती दिए छोराछोरी साटासाट गर्न चाहन्थे । मेरो बुबा र आमाले आफ्नो सन्तान छोरा होस वा छोरी हाम्रा लागि दुबै बराबरी भनेर साटासाट गर्न नचाहेको कुरा गर्दै हुनुहुन्थ्यो । तर उनीहरु छोरो जन्मिएको खुशी मान्न भने सकेनन आज आमा त्यहि कुरा गर्दै हुनुहुन्थ्यो । आमाको मुख हेर्ने दिन परेकोले सबै दाजुदिदीहरुले विहानै देखि फोन गरेर सम्झने क्रम जारी थियो । म भने उहाँहरुलाई के उपहार दिउँ जसले उहाँहरुलाई सधैं सम्झन योग्य रहोस भनेर सोच्दै थिएँ । यत्तिकैमा ठुलीआमाले विगत ६ महिना देखि अमेरिकामा रहनुभएका मामामाइजुलाई सम्झनुभयो । धेरै भयो देख्न बोल्न नपाएको भन्दै हुनुहुन्थ्यो । मैले उहाँहरुलाई सोधे आज सबै जना मामासँग कुरा गर्ने भनेर सोधेकी मात्र थिएँ उहाँहरु सारै खुशी हुनुभयो । आजको उपहार यहि हो भनेर उहाँहरुसँग आशिर्वाद लिएँ । उहाँहरुले खुशी हुँदै आशिर्वाद दिनुभयो । 
छोराछोरी जे भए पनि आफ्ना सबै कर्तव्य पुरा गर्न सफलता कमैले हासिल गरेको पाइन्छ । कतिपय अवस्थामा छोराछोरीको वैवाहिक जीवन पछि आरोह अवरोह आउने गर्दछ । कतिपय अवस्थामा आफ्ना वृद्ध अवस्थामा रहेका आमाबुवाको हेरचाह गर्न चाहना हुँदा हुँदै पनि गर्न नसकेको पाइन्छ भने कतिपय अवस्थामा आजका युवावर्गको नयाँ सोच र आमाबुबाको पुरानो सोचका कारण उनीहरु विचको असमझदारीका कारण अलग बस्ने वाध्यात्मक अवस्थाको श्रृजना भएको पाइन्छ । कतै छोराछोरी उच्च अध्ययनका लागि विदेश जाने र उतैको वसोवासमा रहने हुँदा आफ्ना अभिभावकको चाहे जस्तो हेरचाह गर्न सफल नभएको हो । 
वृद्धावस्थामा वृद्धहरुको चाहनालाई बुझ्ने प्रयास गरौं । उहाँहरुसँग मिठो बोली र नम्र व्यवहार गरौं । उहाँहरुलाई मनपर्ने खानेकुरा खुवाऔं । समय–समयमा पारिवारिक घुमफिरको आयोजना गरौं । आफन्तहरुसँग भेटघाट गर्ने अवसर जुटाऔं । उहाँहरुको स्वास्थ्योपचारमा विशेष ध्यान दिऔं । हामीले आजका युवावर्गले सोच्नै पर्ने अवस्था आएको छ । हामी अलिकति सचेत भएमा यी सम्पूर्ण समस्याको समाधान गर्न सहजै सकिन्छ । हामीलाई जन्म दिएर सकुशल शिक्षित र योग्य बनाउने ती आमाबाबु प्रतिको उत्तरदायित्व वहन गर्न सदैव तत्पर हुन जरुरी देखिएको छ । छोरो होस वा छोरी हाम्रा लागि आमाबाबु माया र ममतामा कुनै कमि वा भेदभाव कदापी हुदैन । हामीले वृद्धाआश्रमको अवलोकन गर्ने हो भने हामीलाई पनि एकदिन वृद्ध अवस्थामा पुग्नुपर्दछ । ती वृद्धा भएका आमाबाबुलाई वृद्धाश्रममा बसेर हामीसँग टाढा नबनाऔं । जति सक्छौं प्रयास गरौं कि आफ्ना वृद्ध भएका आमाबुबालाई साथमै राखौं । यस्तो नहोस् कि हाम्रा सन्तानले पनि हामीलाई वृद्धावस्थामा वृद्धाश्रममा नपु¥याउन । हामीले जे गर्छाैं हाम्रा सन्ततीले पनि त्यही सिक्नेछन । समयमै सचेत बनौं । 
समयको कुरा हो यो लेख कसैको जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ । विशेषगरी यो लेख मैले मेरो आमाको खुशी के कुरामा छ भनेर आमाको मुख हेर्ने दिनमा उहाँको आखाँमा देखेको खुशीले अभिप्रेरित गरेर लेख्ने प्रयास गरेकी छु । 

Wednesday, May 6, 2015

भावपूर्ण श्रद्धाञ्जली


Effjk"0f{ >4f~hnL
xfd|f cfb/0fLo h]i7 bfh' >L lji0f' k|;fb cof{nsf] olx ldlt @)&@÷)!÷@@ ut] ljxfg pkrf/sf] qmddf e/tk'/ c:ktfn c;fdlos lgwg ePsf] x'Fbf pxfFsf] d[t cfTdfsf] rL/ zflGtsf] sfdgf ub{} xfdLnfO{ o; zf]ssf] 38Ldf w}o{ wf/0f ug{ Ifdtf ldnf]; .