Sunday, June 28, 2015

म आस्तिक किन ?

म आस्तिक किन ? 
यदि यहि प्रश्न छ भने, म टक्र्याउछु

म आस्तिक किन ? 

इश्वर प्रति दया जागेर होइन

मुर्ति सुन्दर देखेर होईन 
अनि त फेरी म आस्तिक किन ?
जाँड रक्सि खानेहरु देखि दिक्क लागेर

माछा मासु किन्न नसकेर ?
आर्य समाजका असंख्य देवताको नाम जानेर
त, आस्तिक किन ?
महम्मदको कुरान पढेर ?
सिखको जस्तै लटा बनाउन
अंग्रेजी भन्दा संस्कृत सजिलो भएर 
ग्रहदशा हेर्ने ज्योतिष बन्न 
पंहेलो र गेरु वस्त्रमा त्रिशुल समाउन
साधुमहाराज हो भन्दै संस्था चलाउन
बिल्कुल होईन अनि आस्तिक किन ?
देवीले मागेको सबै वर दिएर 
पशु अधिकार रक्षा गर्न भनेर 
सिद्धार्थ गौतमले जस्तै
बुद्धत्व पाउछु कि भनेर 
मोक्ष प्राप्त हुन्छ स्वर्ग जाने रहर जागेर ?
त्यो पनि म भन्दिन

फेरी आस्तिक किन ?
जीवन देखि वैराग्य लागेर ?
सामन्तवादलाई बढावा दिन ?

कि धर्मको नाममा
व्यापार गर्न ?

बिल्कुल होईन, अनि आस्तिक किन ?

राम्रा रिति रिवाज र

संस्कृति जोगाउन 
संसार मिथ्या ठान्ने

दृष्टिविहीनहरूका 

अाँखा खाेल्न

अमनवीय विभेदहरूको अन्त्यका लागि 
मानवताको साझा 
गोरेटो खन्न
ब्यबहारमा परिवर्तन ल्याउन

गलत कुराको खण्डन गर्न

अब शंका छैन म आस्तिक किन

Poem


हो ! हाम्रो भेट एउटा संयोग हो साथी 

कर्म क्षेत्र एउटै पर्न गयो त्यसमाथि

चिनजान गर्दैमा मन पेट खोल्दिन म

अनुमान गरेको सहि हो भन्दिन म


जरुरी हुदैन भेट्दैमा सबै कुरा बोल्न 

मैले पनि भर मान्दिन सबै कुरा खोल्न


हो बुझ्नै गारो छ आजकलका मान्छेहरु 

सुरुवातमै चरित्रको छानबिन गर्ने चाहनेहरु


प्रसंसा गरि फुर्काउने मैना संग तुलना गर्दै

टाढै बसी त्यो मन बुझाउदा हुन्छ राम्रो हेर्दै


सुन्दा मिठो कोईलीको जस्तो लागेछ यो बोलि 

छुरा जस्तै धारिलो होईन सकारात्मक सोचको गोली


खुलेरै गर्नु भो प्रसंसा लागेछ रुपै राम्रो चिटिक्कै 

सकारात्मक सोचका लागि सुझाब यो पढ्ने बित्तिकै

******************************************************


कर्म र संयोगले मात्र गरायो हाम्रो भेट 

अनुहार हेरेर मात्र थाहा हुन्न मन पेट


के छ के छ उनको त्यो मन भित्र

बुझ्नै गारो आजकलका मान्छे चरित्र


बोल्नलाई त बोल्छिन उनि मैना झैँ 

बोलेर के गर्नु भित्रि मन देखिन्न ऐना झैँ


लट्ठै पार्ने गरि गर्छिन नि कुरा झन् 

छुरा जस्तै धारिलो पो छ कि मन


मिठो लाग्ने कोईलीको जस्तै भएनी बोलि 

आजकल बुझ्नै गारो भित्रि मन नखोली


उनको रुपै राम्रो भएनी चिटिक्कै 

केहि मेसो हुन्न भेट हुने बित्तिकै

**************************************