“जेष्ठ नागरिक”
नेपाल कला र
संस्कृतिको धनि देश हो । साहित्य संगीत एउटा यस्तो विधा हो जहाँ हजारौं रोगको बिना
उपचार निको बनाउन सहयोग गर्दछ। बरिष्ठ साहित्यकार स्व. शंकर लामिछानेका अनुसार
साहित्यकारहरुको उमेर लिंग हुदैन अर्थात सबै समान हुन् भन्ने कुरालाई आत्मसात
गर्दै साहित्य क्षेत्रमा हेर्ने हो भने युवा संगसंगै जेष्ठ नागरिकहरुको बाहुल्यता
छ । यहाँ सबैले सबैलाई सम्मान र आदरको भावले ब्यबहार गरिन्छ । साहित्य एउटा यस्तो
मध्यम हो । जसले जनमानसमा चेतना फैलाउन प्रेरित गर्दछ । आजको कार्यक्रमको मुलभूत
उद्देश्य पनि यहि हो । सायदै बुटवल उपमहानगरपालिका सम्भवतः पहिलो नगरपालिका हुनु
पर्दछ । जसले जेष्ठ नागरिकहरुको हक-हितका लागि जेष्ठ नागरिक मंच गठन गरेको
छ । आम
संचारका माध्यम, साहित्यकार, कलाकार, संगितकार लगायत सबै सर्जकले ज्येष्ठ नागरिकका अधिकार, समस्या तथा
चासोका कुरालाई आ–आफ्नो विधामा सिर्जनाको विषय बनाउन सकिने ।
पृष्ठभुमि :
मानिसको जीवन चक्र प्रनालिभित्रको बुढ्यौली एउटा
पक्ष हो । यो मानव जीवनको उत्तरार्धको अवस्था पनि हो । जीवनका बिभिन्न
मोडहरुलाई सफलतापुर्बक पार गर्दै जेष्ठ नागरिकको दर्जा प्राप्त गर्नु सौभाग्यको
अवस्था हो । यो स्थितिसम्म आईपुग्दा उसले जीवन र जगतका बारेमा आर्जन गरका अमूल्य
ज्ञान, सीप तथा अनुभबहरु जीवनको वास्तविक अर्थ बुझ्ने क्रममा नया पुस्तालाई
प्रेरणादायक तथा मार्ग निर्देशन हुन् सक्छ। हाम्रो पूर्वीय समाजको मूल्य मान्यता र
दर्शनले हजुरबुवा हजुरआमा र बाबु आमालाई आफ्ना नातिनातिना र छोराछोरीले अत्यन्त
सम्मान र आदर्शको ब्यबहार गर्नु पर्ने सस्कार स्थापित गरेको छ । उमेरले आफु भन्दा
जेष्ठ सबैलाई उच्च महत्व दिएर व्यवहार गर्नु पर्ने पद्दति पनि हामीलाई घर परिवार र
समाजले दीक्षित गर्दै आएको बिषय हो। अत: हाम्रो परम्परा गत सामाजिक मुल्य मान्यताका
साथै मानवीय संबेदनशीलताका दृष्टिले पनि हाम्रा अग्रजहरु बृद्ध वृद्धा तथा जेष्ठ
नागरिकहरु सामाजिक पुस्तालाई बाटो देखाउने अगुवा हुन् भन्ने कुरालाई हामीले बुझ्न
अति जरुरी हुन्छ ।
जेष्ठ नागरिकको परिभाषा :
अन्तर्राष्ट्रिय रुपमा हेर्दा जेष्ठ नागरिकलाई
६५ बर्ष भन्दा माथिको उमेरका व्यक्तिलाई जेष्ठ नागरिक भनेर परिभाषित गरेको छ । संयुक्त
राष्ट्र संघ ले भने ६० वर्षको उमेरलाई जेष्ठ नागरिक भनेर परिभाषित गरेको छ । नेपालको
सन्दर्भमा जेष्ठ नागरिक ऐन २०६३ अनुसार ६० बर्ष भन्दा माथिको व्यक्तिलाई जेष्ठ
नागरिक भनि परिभाषित गरेको छ । विश्व ज्येष्ठ नागरिक दिवस अक्टोबर १ मा पर्दछ। उमेरको आधारमा जेष्ठ नागरिकहरुको फरक फरक
तहमा बर्गिकरण गरिएको पाईन्छ जस्तै :
६०
देखि ७४ बर्षको उमेर अवस्थालाई युवा जेष्ठ नागरिक
६५
देखि ८४ बर्षको उमेर अवस्थालाई वयस्क जेष्ठ नागरिक
८५
भन्दा माथिको उमेर अवस्थालाई जेष्ठ नागरिक
नेपालमा जेष्ठ नागरिकहरुको तथ्यांक
उमेर
|
२०४८
|
२०५८
|
२०६८
|
बार्षिक वृद्धि दर
|
६०
|
१०७३७५७ (५.८१)
|
१४७७३६७०(७.४६)
|
२१५४४१०(८.१३)
|
३.७७
|
६५
|
६४२११२ (३.४७)
|
९५६४७१ (४.२१)
|
१३९७५८३.(५.२७)
|
३.७९
|
७५
|
१८५१६५ (१.००)
|
२९५४५९ (१.३०)
|
४४७९८१ (१.६९)
|
४.१६
|
लिंगको आधारमा जेष्ठ नागरिक
उमेर
|
२०४८
|
२०५८
|
२०६८
|
महिला प्रतिशत
|
|||||
महिला
|
पुरुष
|
महिला
|
पुरुष
|
महिला
|
पुरुष
|
||||
६०+
|
५३००६६
|
५४३६९१
|
८३२५३९
|
७४४८४०
|
१०९०४६१
|
१०६३९४९
|
४९.३७
|
५६.३५
|
५०.६२
|
६५+
|
३१३९००
|
३२८२१२
|
४७३८८६
|
४८२२८५
|
७०२०८५
|
६९५४९८
|
४८.८४
|
४९.५५
|
५०.२४
|
७५+
|
९५४१३
|
९२२७५
|
१५०६०५
|
१४४८५४
|
२२८८७५
|
२१९१०६
|
५०.६८
|
५०.९७
|
५१.०९
|
पछिल्लो
राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार नेपालमा जेष्ठ नागरिक ६० बर्ष
भन्दा माथि को जनसंख्या २,१५४,४१० रहेको छ । यो नेपालको कुल जनसंख्या २,६४,९४,५०४
को ८.१३ प्रतिशत हो । त्यसैगरी ६५ बर्ष भन्दा माथिको जनसंख्या १३९७५३८ रहेको छ भने
७५ बर्ष भन्दा माथिको जनसंख्या ४४७९८१ रहेको छ ।
बुटवल
उपमहानगरपालिकामा जेष्ठ नागरिक :
६०+
वर्ष उमेर सम्म ३९६८
७०
+ वर्ष उमेर सम्म २५९८
जम्मा ६५६६ जना जेष्ठ नागरिक रहेको तथ्यांकअनुसार अहिले
बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको हक अधिकारको संरक्षण र संबर्धनका लागि
बनेको ज्येष्ठ नागरिक ऐन २०६३ र ज्येष्ठ नागरिक सम्बन्धी नियमावली २०६५ आवश्यक
संयन्त्रहरु जेष्ठ नागरिक मंच गठन गरी जेष्ठ नागरिकको हक अधिकारमा बिषयमा
संबेदनशील बनि लागि परेको छ ।
जेष्ठ नागरिक सम्बन्धि नीति तथा कानुन
अष्ट्रियाको राजधानी भियनामा सन् १९८२ मा भएको पहिलो र
स्पेनको म्याड्रिड शहरमा सन् २००२ मा भएको दोस्रो विश्व ज्येष्ठ नागरिक सम्मेलनले
तय गरेको ज्येष्ठ नागरिक कार्ययोजनाहरू तथा सन् १९९२ अक्टोवर २१ मा बसेको संयुक्त राष्ट्रसघको
बैठकले निर्धारण गरेको ज्येष्ठ नागरिक सम्बन्धी सिद्धान्तहरुप्रति सम्मान गर्दै
नेपालमा ज्येष्ठ नागरिकको हक अधिकारको संरक्षण र संबर्धनका लागि बनेको ज्येष्ठ
नागरिक ऐन २०६३ र ज्येष्ठ नागरिक सम्बन्धी नियमावली २०६५ को व्यवस्था भएको अवस्था
छ ।
नेपालको अन्तरिम संबिधा, २०६३ को मौलिक हकको धारा १८ मा
“महिला, बालबालिका वृद्ध, अपांग तथा अशक्त र असहाय नागरीकलाई कानुनमा व्यवस्था भए
बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ “ भन्ने कुरा उल्लेख भएको र सो संबिधानको
राज्यका नीतिहरुमा जेष्ठ नागरिकको संरक्षण र उन्नतिका लागि सामाजिक सुरक्षाको
बिशेष नीतिको साथै कानुनमा व्यवस्था गरी भत्ता दिने नीति अवलम्बन गर्ने प्रावधान
समेत रहेको थियो । अतः नेपालको अन्तरिम संबिधान २०६३ को मौलिक हक तथा राज्यका
नीतिहरुमा जेष्ठ नागरिकहरुको सन्दर्भमा उल्लेख भएका बिषयहरुको भावना बमोजिम कार्यान्वयन
गर्नको लागि जेष्ठ नागरिक सम्बन्धि ऐन २०६३ र जेष्ठ नागरिक सम्बन्धि नियमावली
२०६५, आएको छ । सो ऐनले जेष्ठ नागरिकहरुका लागि राज्यबाट प्रदान गर्ने सेवा
सुबिधा तथा हक अधिकारहरुको बारेमा
व्यवस्था गरेको छ ।
वर्तमान नेपालको संबिधान २०७२ को धारा ४१ मा जेष्ठ
नागरिकको हक सम्बन्धि व्यवस्था गरिएको छ । सो जेष्ठ नागरिक सम्बन्धि मौलिक हकमा “
जेष्ठ नागरिकलाई राज्यबाट बिशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ” भन्ने
उल्लेख छ । वर्तमान संबिधानले निर्दिष्ठ गरेको भावना अनुसार कार्यन्वयन गर्नको
लागि जेष्ठ नागरिक सम्बन्धि कानुनमा आवश्यक व्यवस्था मिलाउनु पर्ने देखिएको छ।जेष्ठ
नागरिक सम्बन्धि ऐन २०६३, लाई अध्ययन गर्दा सो ऐनको उद्देश्य निम्न अनुसार रहेको
देखिन्छ :
·
जेष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्नु
·
जेष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप क्षमता र अनुभवको
सदुपयोग गर्नु
·
जेष्ठ नागरिकहरु प्रति श्रद्धा, आदर र सद्भाव अभिवृद्धि
जेष्ठ नागरिकका समस्याहरु :
शारीरिक रुपमा कमजोर
दम खोकी बाथ मधुमेह, उच्च रक्तचाप, पक्षपात, क्यान्सर,
हृदयघात, आँखा बन्द हुने उमेर संगसंगै शारीरिक रुपमा कमजोर हुदै जाने हिड्दुल गर्न
नसक्नु अल्जाईमर पर्किन्संस जस्ता रोगबाट ग्रसित हुनु
स्मरणीय क्षमता ह्रास
पहिलेका कुरा हरु बिर्सने आफैले राखेर कहाँ राखे
भनि खोजि गर्ने
श्रब्य दृष्य शक्तिमा ह्रास
विभिन्न रोगका कारण श्रब्य दृष्य शक्तिमा ह्रास आउने जस्तै
सुस्त बोलेर नसुन्ने मधुरो वा धमिलो देख्ने मोतिबिन्दु जलबिन्दु जस्ता रोगको
संक्रमणको शिकार बनेर
हेरचाहको अभाव
परिवारका सदस्यहरु पेशा वा ब्यवसायक का कारण घरमा नहुनु ,
पारिवारिक रुपमै बहिस्कार गरिनु मेरो मात्र जिम्मेवारी हो भनि पछी हट्ने
पारिवारिक पृष्ठभूमि
सम्पन्न परिवारमा घर भित्र एउटा कोठामा बसेर जिवंन यापन
गर्नु पर्ने बाहिरी बाताबरणमा निस्कन बाट बन्चित हुनु
पारिवारिक बाताबरण जस्तै माया, स्नेह, सम्मान, आदरभावको
अभाब
परिवारका सदस्यले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न नखोज्नु ,
वहाहरु प्रति रुष्ट बन्नु झिजो मान्ने
रोगले ग्रसित वा अपांगहरुलाई गरिने बेवास्ता अमानवीय
ब्यबहार
जेष्ठ नागरिकहरुको कुनै स्वास्थ्य समस्याका कारण अपांग भएमा
स्याहार सुसार गर्न नचाहनु उपचारका लागि बेवास्ता गर्नु खान नदिनु मरे आनन्द हुने
थियो जस्ता निर्दयीपन देखाउने र गर्ने
कैदी जस्तो बन्धनमा बस्नुपर्ने बाध्यात्मक अवस्था
सम्पन्न परिवारमा जेष्ठ नागरिकलाई सम्मान गरे जस्तो बाहिरी
आवरणमा हुने यथार्थ मा त्यस्तै खालको परिवारमा जेष्ठ नागरिक अझ पिडित हुने
उनीहरुलाई एउटा कोठामा राखेर घरमा काम गर्न बसेका घरेलु कामदारलाई खान दिन लगाउने
आफुहरु जेष्ठ नागरिकहरु बाट टाढा रहने
·
आफन्त तथा साथीभाई संगको
भेटघाटमा बढ्दो दुरी
·
आर्थिक समस्या, भौतिक
सम्पत्तिमाथि दाबी
·
सामाजिक सुरक्षा बापत पाईने
रकम सहानुभूति मात्रै
·
नयाँ पिंढीले सम्मान गर्न
नचाहने समस्या
चुनौतीहरु:
·
जेष्ठ नागरिकहरुले भोग्नु
पर्ने समस्याहरुको समाधानका लागि आवाज नउठ्ने
नेपालको अन्तरिम संबिधान २०६३ को मौलिक हक तथा राज्यका
नीतिहरुमा जेष्ठ नागरिकहरुको सन्दर्भमा उल्लेख भएका बिषयहरुको भावना बमोजिम
कार्यान्वयन गर्नको लागि जेष्ठ नागरिक सम्बन्धि ऐन २०६३ र जेष्ठ नागरिक सम्बन्धि
नियमावली २०६५, आएको छ । सो ऐनले जेष्ठ
नागरिकहरुका लागि राज्यबाट प्रदान गर्ने सेवा सुबिधा तथा हक अधिकारहरुको बारेमा व्यवस्था भएता पनि
हाल सम्म जेष्ठ नागरिकले भोगेका समस्या भोगेका कष्ट बारेमा कहाँ जाने कसलाई भन्ने
? आदि कुराको जानकारी नपाउनु एउटा समस्या हो भने घरको कुरा बाहिर गर्नु हुन्न भनेर
आवाज नउठ्ने र यसका लागि कुनै संघ संस्थाहरुको जानकारी नहुनु
·
एकल महिला वा बिदुर
पुरुषहरु माथि गरिने पारिवारिक ब्यबहार
द्वन्द्व कालमा पति गुमाएका
देखि अन्य बिरामी वा उमेर अवस्थाबाट पति वा पत्नी गुमाएका एकल महिला वा बिदुर
पुरुषहरुलाई विभेदपूर्ण ब्यबहार, कुनै सामाजिक काम होस् या सामाजिक परम्परा जस्ता
कार्यक्रममा बिशेष गरी बिबाहमा सगुन बनाउन एकल महिलाले छुन हुन्न छोएमा अशुभ हुने
भन्ने गलत सोच,
·
बिदेशमा आवासीय जीवन यापन
गरेका / बिशेष ओहोदामा रहेका सन्ततिहरुबाट पिडित जेष्ठ नागरिकहरु स्वयं भन्न
नसक्ने वा पारिवारिक दबाबका कारण कुरा बाहिर नआउने अझै पिडित हुने
·
सशक्त रुपमा आवाज उठाउन र
कानुनि कारबाहीका लागि प्रभाबकारी ऐनको अभाब
जेष्ठ नागरिकका लागि ऐन र
नियमावली बनेको भएता पनि यसको प्रभाव शसक्त रुपमा हुन सकेको छैन
·
मानशिक तनाव, यातना र
शारीरिक यातनाको सिकारको त्राश
केहि गरी जेष्ठ नागरिकहरुले
आफुले भोगेको समस्याका बारेमा बाहिर आवाज निकाले परिवारको सदस्य बाट मानशिक तनाव,
यातना र शारीरिक यातनाको सिकारको त्राश हुने डरले पनि आवाज बाहिर नआउनु
जेष्ठ नागरिकका सिप, क्षमता र अनुभवको सदुपयोग :
जेष्ठ नागरिकहरु भनेका हाम्रा मार्ग दर्शक हुन ।
जसले आफ्नो जीवनमा विभिन्न पेशा व्यवसाय आफ्नो सन्ततिलाई हस्तान्तरण गरी फुर्सदमा
रहेको जागिरबाट अवकासप्राप्त भएको फुर्सदिलो समय भएको बौद्धिक स्तरको एउटा मानव
जसले अहिलेका युवा पिढीलाई धेरै कुराहरु आफुले भोगेको अनुभबबाट सल्लाह सुझाब
प्रदान गर्न सक्ने सक्षम व्यक्ति जसलेगर्दा युवा पिढीले पनि धेरै प्रगति गर्न सक्छ
।
जेष्ठ नागरिकका हक अधिकार बारे जानकारी
कतिपय जेष्ठ नागरिकहरु शिक्षाको अवसरबाट बन्चित भएका कारण
जेष्ठ नागरिकका हक अधिकार के के हुन् अन्यायमा वा परिवार बिहिन भएको अवस्थामा के
गर्न सकिन्छ भन्ने बिषयमा जानकारी प्रदान गर्न ।
मानवमैत्री समाजको निर्माणका लागि पहल
हामीले देखेको भोगेको स्थानीय समाचार मात्र नभई अन्य कतिपय
अवस्थामा जेष्ठ नागरिकले पाउनुपर्ने सम्मान, आदर उपचार खानपान आदि कुरामा बन्चित
भएका नागरिकहरुको अवस्था बारे समयमै सचेत भई मानवमैत्री समाजको निर्माणका लागि पहल
गर्नु पर्ने अवस्था आएको छ।
युवा पुस्ता वा भाबी सन्ततीलाई चेतना
युवा बर्गलाई सचेत बनाई समयमै
वृद्धअवस्थामा अहिलेका जेष्ठ नागरिकले जस्तो पिडा भोग्न नपरोस भन्ने संदेश दिने ।
ज्येष्ठ नागरिकले आफूलाई शारिरीक र मानसिक रुपमा सक्रिय राख्दै नियमित व्यायाम
गर्ने, स्वास्थ्यकर
खाना खाने, नियमित
स्वास्थ्य परिक्षण गराउने, ज्येष्ठ
नागरिक सम्बन्धी तालिम लिने, विविध प्रकारका खेल तथा
मनोरञ्जन गर्ने, सूचना
प्राप्त गर्ने, आफ्नो
सिप र अनुभवलाई लिपिबद्ध गरी अर्को पुस्तामा हस्तान्तरण उत्प्रेरित गर्ने,
वृद्ध आश्रम निर्माण होईन घरमै पारिवारिक मिलनको वातातावारण
रोजगारीको शिलशिलामा अहिले धेरै जसो युवा वर्ग बिदेशतिर
जानु पर्ने बाध्यात्मक परिस्थिति एउटा हो भने अर्को कुरा घर प्रतिको जिम्मेवारी
मैले मात्र किन गर्ने? मेरो मात्र जिम्मेवारी हो र ? अथवा वृद्ध आश्रममा पैसा दिने
र बस्ने भनेर छोडी जाने फर्केर पनि सम्पर्कमा नआउने जस्ता समस्याको तिब्र रुपमा
बृद्धि भएको पाईन्छ तर वास्तवमा भन्ने हो भने जति सुकै सुबिधा भए पनि आफ्नो परिवार
संग बसेर रुखोसुखो मिठो नमिठो भए पनि यसैमा जेष्ठ नागरिकको खुशी छ भन्ने कुराको
हेक्का नराख्नु एउटा ठुलो भुल हो अब सम्बन्धित निकाय समयमै सचेत बनेर वृद्ध आश्रम
निर्माण होईन घरमै पारिवारिक मिलनको वातातावारण निर्माणका लागि जोड दिनु पर्छ।
संस्कृत परम्परा र रितिरिवाजमा जेष्ठ नागरिकको भूमिका
संकृति परम्परा र रितीरिवाज हाम्रा पहिचान हाम्रो शान हो ।
यसको जगेर्ना गर्न जरुरी हुन्छ । परम्परा कायमै राख्ने भन्दैमा अनावश्यक खर्च
गर्नुको सट्टा संयमित तवरले मनाउने । काजक्रिया कुलपूजा जस्ता कार्यक्रममा लैंगिक
समानता कायम गर्ने तर्फ उन्मुख हुने। छोरीले हेरचाह गर्दैमा भारा लाग्छ भन्ने
सोंचलाई परिवर्तन गर्ने ।
धर्म प्रति आश्था बढाउने
काममा परिवारका सदस्यहरुलाई निरन्तर प्रेरित गर्ने ।
अवसरहरु :
·
जेष्ठ नागरिकहरुको सम्मानका
लागि एकजुट हुने
·
जेष्ठ नागरिक मंचमा आवद्ध
हुने
·
सामाजिक क्षेत्रमा अग्रसर
हुने, सहभागी हुने
·
बृद्धआश्रम निर्माणमा भन्दा
जेष्ठ नागरिकले पारिवारिक मिलन हुने कार्यक्रम गर्ने
·
बृद्धआश्रममा रहेका जेष्ठ
नागरिकहरुलाई पनि पारिवारिक मिलन गराउन तर्फ केन्द्रित हुने
·
आधुनिक शैलीमा वृद्ध आश्रम
भन्दा जेष्ठ नागरिक भवनको निर्माण गर्ने
नेपालको
संविधान २०७२ मा ज्येष्ठ नागरिकको अधिकारलाई राज्यका मौलिक हक लगायत अन्तराष्ट्रिय
तहमा रहेका घोषणापत्रहरुको कार्यान्वयन गर्न सम्वैधानिक ज्येष्ठ नागरिक आयोग गठन गर्नका
लागि जोड दिने
ज्येष्ठ नगरिक, असाहय, दलित, लोपन्मुख जनजाति, एकल महिलालाई प्रदान
गरिदै आएको सामाजिक सुरक्षा भत्तालाई कम्तिमा जीवनयापन गर्न सहज हुने गरी नियमित
रुपमा परिमार्जन गरि समय सापेक्ष बनाउन सम्बन्धित निकायमा पहल गर्नु पर्ने
निष्कर्ष :
जेष्ठ नागरिकहरुलाई राष्ट्रका अमुल्य निधि र संस्कृतिका
धरोहरको रुपमा लिईन्छ। तर निजहरुमा भएको ज्ञान, सीप र अनुभवलाई परिवार, समाज र
राज्यले पुरा सदुपयोग गर्न सकिरहेको अवस्था छैन । आजको नेपाली समाज एकातिर पूर्वीय
संस्कृतिबाट पश्चिमा संस्कृति तर्फ उन्मुख भईरहेको छ भने अर्को तर्फ रास्ट्रको
मेरुदण्ड मानिएको युवा शक्ति रोजगारी र अवसरको खोजीमा बिदेशिएका छन् । जसको
प्रभाबले आजका युवा पुस्तामा आफ्ना आमाबुबा प्रति परिवारका छोराछोरीले गर्नु पर्ने
दायित्व निर्वाह गर्न सकेका छैनन्। यसको
प्रत्यक्ष असर जेष्ठ नागरिकलाई परेको छ ।
नेपालको सरदर जनसंख्या वृद्धिदर द्रुतगतिमा वृद्धि
भएकोले जेष्ठ नागरिकलाई आवश्यक कुराहरुको यथोचित व्यवस्थापन गर्ने तर्फ परिवार र
समाजले बिशेष भूमिका निर्वाह गर्नुपर्दछ । जेष्ठ नागरिकको बाँकी जीवनलाई सुखी र
सम्मानित बनाउने कार्यमा सर्बप्रथम परिवारका सदस्यको नै ठुलो हात रहनेछ . जब कुनै
पनि व्यक्तिको नैतिकतामा ह्रास, गलत विचार र स्वर्थापनमा वृद्धि हुन थाल्दछ तब
त्यस्तो व्यक्तिलाई दण्ड सजायको व्यवस्था राज्यले कडाईका साथ लागू गर्नु पर्दछ ।
राज्यले जेष्ठ नागरिकको बिषयमा विभिन्न राष्ट्रिय नीति निर्माण गरी प्रभाबकारी
कार्यक्रम संचालन गरेर जेष्ठ नागरिकको जीवन सुरक्षित र सम्मानित बनाउने तर्फ
लाग्नु पर्ने देखिन्छ अन्यथा आगामी केहि बर्षपछि राज्यको सम्पूर्ण निकाय नै
यसैतर्फ मात्र केन्द्रित रहेर कार्य गर्नु पर्ने अवस्था सिर्जना हुनसक्छ । हामी
जस्ता हजारौं युबपुस्ताले अझ यस बिषयलाई गम्भीर भएर मनन गर्दै वहाँहरुमा भएको
ज्ञान सीपका भण्डारलाई पुस्तान्तरण एवं समयसापेक्ष बिकाशका लहर्हरुलई पछ्याउनु
पर्ने अवस्था देखिन्छ ।