Sunday, March 22, 2015

कविता हाे मेराे

धेरैले प्रश्न गरेर सोध्नु हुन्छ ओम शान्ति र ब्रह्म कुमारी हो 

म भन्छु ओम शान्ति होइन म अर्याल धन कुमारी हो ।


मैले जवाफ दिन नपाउँदै भन्नु हुन्छ एकल महिला हो ?

म भन्छु होइन हामी तीन जना आमा छोरी हो ।


फेरि प्रश्न किन सेतो लगाएको कतै धोका पाएकोले ?

जिज्ञासा हुनु स्वभाविक हो मैले धोका नखाएकोले ।



मैले प्रेम त केवल आफ्नो परिवारलाई गरेँकी छु


यो संसार देख्ने आखाँमा नेपाल हेरेकी छु ।।



फेरि प्रश्न स्याङ्जाली हो कि झापाली हाे ?


पाल्पाली स्याङ्जाली जे भने पनि म नेपाली हाे ।।



एउटी महिला वा युवतीलाई सोधेकोमा खेद छैन 


मैले देख्ने नजर र सामाजिक परम्परामा भेद छैन ।।



केवल भेद छ विचारमा खेद छ साक्षरतामा 


२१ औ शताब्दीको कुरा गर्ने संकुचित विचारमा ।।



किन सेतो लगाएको प्रश्नको ओइरो आएको छ 


नरिसाएउनु होला केही भन्न मन लागेको छ ।



मैले सेतो रंग मन पराउनु मेरो गल्ती भयो र ?


देखाउनका लागि भड्किलो लगाउनै पर्ने भयो र ?



सामाजिक हिंसाको शिकार बनि अन्याय सहनु भन्दा 


महिला हिंसामा परि रुँदै हिड्नु भन्दा माफ पाँउ अब 



मानवीय स्वभाव हो कसैलाई मनपर्छ पहेंलो कालो रातो 


हरियो निलो बैजनी तर के गरुँ मेरो छ प्रिय सधैं भरि सेतो

Wednesday, March 18, 2015




बाबा भन्नुहुन्थ्यो तिमी हाम्रो प्रेमको निशानी
आमा भन्नुहुन्थ्यो तिमी हाम्रो आँखाको नानी

दाजु भन्नुहुन्थ्यो तिमी छौ अझै सानी
भाउजु भन्नुहुन्थ्यो हजुर मेरी प्यारी नानी

दिदी भन्नुहुन्थ्यो तिमी धेरै ज्ञानी नानी
बहिनी भन्छिन हजुर प्रेरणाको खानी

भाइ भन्छन लेख्नु कविता जानी नजानी
यस्तो प्रेरणा पाउने हामी सारै भाग्यमानी

****************************


बहाना बनाई आयौ र भन्यो म सहयोगी हु तिम्रो 
आत्मा साक्षी राखी भन्दा शुभचिन्तक हुँ तिम्रो 

म कसरी विश्वास गरुँ सबै देखावटी हो तिम्रो 
टाढा जाने कोशिश गरे भन्यौ केवल हुँ म तिम्रो

सहयोग गर्ने बाहानामा साथी बन्ने चाहानामा 
प्रेम गर्छु तिमीलाई बनाउने छु मेरो गहना 

स्वार्थ लुट्नका लागि गरिने प्रेमको बहाना
स्वार्थ लुकेको हुन्छ धेरै बगैंचा डुल्ने भमरामा

सुरक्षित बनौं आफू र राम्रो बनौ भविष्यमा
लागौं आजै हिंसा मुक्त समाजको निर्माणमा

अठोट गरि हातेमालौ गदैै मुस्कान छरौ सबैमा

******************************************************