Sunday, March 22, 2015

कविता हाे मेराे

धेरैले प्रश्न गरेर सोध्नु हुन्छ ओम शान्ति र ब्रह्म कुमारी हो 

म भन्छु ओम शान्ति होइन म अर्याल धन कुमारी हो ।


मैले जवाफ दिन नपाउँदै भन्नु हुन्छ एकल महिला हो ?

म भन्छु होइन हामी तीन जना आमा छोरी हो ।


फेरि प्रश्न किन सेतो लगाएको कतै धोका पाएकोले ?

जिज्ञासा हुनु स्वभाविक हो मैले धोका नखाएकोले ।



मैले प्रेम त केवल आफ्नो परिवारलाई गरेँकी छु


यो संसार देख्ने आखाँमा नेपाल हेरेकी छु ।।



फेरि प्रश्न स्याङ्जाली हो कि झापाली हाे ?


पाल्पाली स्याङ्जाली जे भने पनि म नेपाली हाे ।।



एउटी महिला वा युवतीलाई सोधेकोमा खेद छैन 


मैले देख्ने नजर र सामाजिक परम्परामा भेद छैन ।।



केवल भेद छ विचारमा खेद छ साक्षरतामा 


२१ औ शताब्दीको कुरा गर्ने संकुचित विचारमा ।।



किन सेतो लगाएको प्रश्नको ओइरो आएको छ 


नरिसाएउनु होला केही भन्न मन लागेको छ ।



मैले सेतो रंग मन पराउनु मेरो गल्ती भयो र ?


देखाउनका लागि भड्किलो लगाउनै पर्ने भयो र ?



सामाजिक हिंसाको शिकार बनि अन्याय सहनु भन्दा 


महिला हिंसामा परि रुँदै हिड्नु भन्दा माफ पाँउ अब 



मानवीय स्वभाव हो कसैलाई मनपर्छ पहेंलो कालो रातो 


हरियो निलो बैजनी तर के गरुँ मेरो छ प्रिय सधैं भरि सेतो

No comments:

Post a Comment