Wednesday, July 29, 2015


प्रभुको महानवाणीहरु 

“कर्म र धर्म एक अर्काको पुरक हो, ”
“कर्म विना धर्म हुँदैन, धर्म विना कर्म हुदैन ”
“आत्मामा नै परमात्माको बास हुन्छ, परमात्मा विना आत्मा शुद्ध हुँदैन ”
“ज्ञानले अज्ञानतालाई हटाउँछ तर ज्ञानको प्रयोजन निरन्तर हुनु पर्छ ”
“तिमीले जुन भगवान वा मातालाई पुजन गरेपनि त्यो पुजन मेरो नै हो ”
“धर्मको नाममा विखण्डन नगर जुन धर्म लिए पनि मेरो प्राप्ति त्यसैमा छ ”
“मन, बचन कर्मलाई शुद्ध राखी तिम्रो तनलाई सुधार तन यो एक प्रकारको खोल हो । ”
“म दृष्य रुपमा पनि छु अदृष्य रुपमा पनि छु ”
“मेरो दृष्टी पाउन शुद्ध आत्माको अवलोकन गर ”
“हिजो तिमी को थियौ? आज तिमी के छौ? चिन्तन गर भोलि के हुने हो ? ”
“पहिला तिमीले आफूलाई चिन र अरुलाई चिन्ने कोशिस गर ”
“लौकिक शरीर र अलौकिक शरीरमा फरक छ, लौकिक शरीर जहाँ पनि जान सक्दैन अलौकिक शरीर जहाँ पनि जान सक्छ । ”
“सबै कुरा प्रेममा अडिएको छ, प्रेम विना कुनै पनि कार्य सफल हुँदैन ”
“प्रेम निश्वार्थ, उपयोगी तथा परोपकारी हुनु पर्दछ ”
“स्वार्थ पूर्ण प्रेमले सबैलाई विखण्डन गर्न सक्छ ”
“भगवान तिमी नै हौ, यदि कर्मनिष्ट बन्न सकेमा किनकी इश्वरको बास तिमीमा छ ”
“जति पनि महापुरुष(महात्मा) छन् ती सबै भगवान हुन, किनभने तिनीहरुले इश्वरबाट आशिर्वाद पाएका छन् ”
“भाग्य र कर्मलाई समानुपातिक रुपले संचालन गर, किनभने विना कर्म भाग्यलाई उजागर गर्न सक्दैन ”
“सुख र दुख मानवका क्षण हुन्, दुखले इश्वर प्राप्तिमा जागरुक गराउँछ ”
“जन्मबाट लिएर मरण सम्म म तिमीमा मात्रै छु, तिम्रो मरण पछि मात्र मेरो वास्तविकता तिमीले पाउने छौ  ”
“तिमी हाँसे पनि म हाँसकै हुन्छु, तिमी रोए म पनि रोएकै हुन्छु किनकी तिम्रो लौकिक शरीर भित्र मेरो बास छ ”
“तिमीले अरुलाई जाँचीरहेका हुन्छौ तर तिम्रो समयले तिमीलाई जाँचिरहेको हुन्छ किनकी तिमीले समयको वास्तविकता बुझेका हुन्नौ  ”
“दुःख मेरो साथी हो सुख मेरो औकात, भक्त वनि हात थापे बाँडिदिन्छु सौगात ”
“प्राणी तथा अप्राणी जगतमा मेरो बास छ, त्यसैले हरेक वस्तुको निर्माण तथा रचनामा मेरो साथ रहन्छ ”
“विज्ञानले ज्ञानलाई चिन्न सक्दैन, ज्ञानले विज्ञानलाई चिन्न सक्छ ”
“ज्ञानको आयु अनन्त रहन्छ, विज्ञानको आयु छोटो हुन्छ ”
“ज्ञानले सरलता दिन्छ विज्ञानले कष्ट दिन्छ ”
“ज्ञान मुलायम र सरल हुन्छ , विज्ञान कठोर र दुष्ट हुन्छ ”
“विज्ञानले विविध बाटो देखाउछ, ज्ञानले एउटा मात्र बाटो देखाउँछ त्यो हो मोक्ष ”
“तिमी जहाँ भए पनि , म त्यही छु तर तिमीलाई म भएको ठाउँमा आउन गाह«ो पर्छ ”
“विना ज्ञान लौकिक वस्तु चल्न सक्दैन, ज्ञान विनाको लौकिक वस्तुको कार्य असफल रहन्छ ”
“तिमीले मलाइ चिन्ने कोशिस गर तर म तिमीलाई सधै चिनीरहेको हुन्छु ”
“म भन्नु नै प्रकृति हो प्रकृती भन्नु नै म हो, किनकी म विना प्रकृतिको स्वरुप आउन सक्दैन ”
“अतितका कुरालाई संझी वर्तमानलाई सुधार, भविष्यमा धेरै कुरा माग्नु छ ”
“तिनै कालको रुप सबै मेरै हुन म विना यसको अर्थमा पूर्णता आउदैन ”
“हाँसेर बोल त्यसलाई मृदुभाषी पनि भनिन्छ जसले इश्वरको आत्मालाई छुन सक्छ ”

प्रभुको महानवाणीहरु

प्रभुको महानवाणीहरु 


“जन्म संरचनाको मार्ग हो मृत्यु जन्मको मार्ग हो, तन स्थुलको संकेत हो, मन तनको डोरी हो ”

“प्राण तनको आयु हो, मन त्यसैको क्षणिक वायु हो ”

“कर्म तनको गति हो, धर्म मोक्षको मार्ग हो ,”

“विवेक इश्वरीय वरदान हो असल विचार धर्मको उपज हो ”

“प्रेम सहिष्णुताको संकेत हो, रिस नाशको लक्षण हो ”

“जीवन श्रृष्टीको अंकुरण हो, मृत्यु संहारको खटन हो ”

“आयु चोलाको वरदान हो, यसैले यी सबै भगवानको ................

“त्यसैले वेद धर्मको मार्ग हो, गीता कर्मको मार्ग हो, ”

“पुराण पौराणिक प्रपञ्च हो, बाँकी इश्वरीय वरदान हो ”

गुरु बाट भक्ति मार्ग दर्शन








प्रभुको महानवाणीहरु 
“धर्म बैज्ञानिक हुनु पर्छ ”
“धर्म प्राप्तिको लागि कर्तव्य पूरा गर कर्तव्य पूरा नगरी धर्म प्राप्त गर्न सकिदैन । ”
“निःसन्देह र निःसंकोचले असल कर्म गर, कर्म तिम्रो धर्म हो ।”
“धर्म जात प्रधान होइन, कर्म प्रधान हो, असल कर्मले नै इश्वर प्राप्त गर्न सकिन्छ । ”
“तिमी जहाँ भए पनि म त्यहिँ छु , मलाई सम्झ, मलाई सम्झे पुग्छ ।”
“परोपकार नै ठूलो धर्म हो, यस भन्दा ठूलो धर्म प्राप्ति अर्काे छैन । ”
“मन, बचन र कर्ममा शुद्ध रहनु, यही नै शुद्धताको कार्य हो ।”
“चित्त र मनलाई संयोग गरी मेरो स्मरण गर, यही नै मेरो पूजा हो, यसैमा म रमाउँछु ।”
“तिमीले मलाई माया गर, म त माया गरी रहेकै छु, एक चोटी माया गरी हेर त कस्तो हुँदो रहेछ । ”
“म नै तिमी, तिमी नै म, म पछि तिमी, तिमी पछि म”
“एक चक्षु त्यो हो, जसले संसार देखाउँछ , अर्काे चक्षु त्यो हो जसले ज्ञान दिलाउँछ ।”
“अध्ययन र शास्त्रले मात्रै त्यो असल ज्ञानी हुन सक्दैन, अज्ञानी पनि ज्ञानी हुन सक्छ जसमा प्रभु कृपादृटि पर्छ ।”
“धर्म त्यो धर्म लेउ जसले जीवन सदाचारी बनाओस, कर्म त्यो कर्म गर, जसबाट सबैको परोपकारी बनोस ।”
“पहिला ज्ञानको खोजी गर त्यसपछि विज्ञानको, यदि तिमी विज्ञानको मात्र खोजी ग¥यौ भने तिम्रो जीवन खल्लो हुनेछ ।”
“ज्ञान र विज्ञान मेरा दुबै बरदान हुन, मेरो श्रृष्टीलाई परिचालन गर्ने, स्त्री र पुरुषका सम्बन्ध हुन ।”
“ज्ञान नभै कहाँ बिज्ञान भयो? विज्ञानले कहाँ ज्ञान ल्यायो ? एकपटक गहिरेर सोंच त ज्ञानको उपज नै विज्ञान हो ।”

ॐ के हो ?


मेरो प्रश्न ॐ के हो ?
ॐ सच्चिदानन्द परम ब्रह्म परमात्माद्वारा श्रृष्टी संचालनको एक उपहार हो

ॐ ब्रह्माण्डको एक सार तत्व हो यसैमा सबै कुरा निहित छ ।

ॐ मा श्रृष्टी यसको पालन र संहार तथा त्यसमा चाहिने उर्जा शक्तिको पाटाहरु छन् ।
ॐ एक सम्प्रदायको होइन यो सब जन हिताय सबजन सुखायको लागि हो 
ॐ सबैको लागि सदाको लागि अमुल्य मन्त्र हो 

ॐ सबै प्राणी अप्राणी जगतको लागि आध्यात्मिक ज्ञानरुपी कर्म र धर्मको सन्देश हो 

ॐ अनेकतामा एकताको मार्ग दर्शक हो । 

गुरु पुर्णिमा बिशेष







गुरु के हो ?

आत्माको एक रुप हो । गुरु तिन रुपको एक सुक्ष्म शक्ति हो । गुरु नै माता पिता गुरु नै निर्देशक हो । पथ प्रर्दशक हो । जीवनको आत्मा साथी हो । आत्मा र परमात्माको मिलन केन्द्र हो । हरेक जिवनको चालक हो । केन्द्र विन्दुको एक विम्ब हो । सत्गुणीको एक सत् पुरुष हो । ॐ कारको ज्ञाता वेद शास्त्र एवं शास्त्रीय ज्ञानी हो । लौकिक र अलौकिक कर्म योग शक्ति योग र ध्यान योगको मार्गिक हो । जीव आत्मा को सबै हो जसले परमात्मा सँग मिलन गराउँछ ।

गुरु कस्तो हुनुपर्छ ?

गुरु परमात्मा प्रति समर्पित परमात्माको प्यारो परमात्माको जिम्मेवारी वहन गर्न सक्ने परमात्मा प्रतिको भावमा अविचलित परमात्माको निर्देशन पालक स्नेही मृदुभाषी अनुशासित कर्तव्यनिष्ट मन, बचन, कर्मको पूर्ण शुद्ध, परोपकारी, ज्ञानी समता दयालु कृपालु पिता मातापनको जिम्मेवारी आचरण परायण अभिभावकत्व दूरदृष्टिवान अन्तरदृष्टिवान लोभ, मोह, अहंकार, क्रोध, स्वार्थ र संग्रहको त्यागी हुनु पर्दछ ।

शिष्य कस्तो हुनु पर्दछ ?

छोराछोरीको प्रतिक अनुशासित आज्ञा पालक, सहनशिल, मृदुभाषी, पूर्ण सेवक, निष्टावान आचरणमा पुर्ण, गुरुको पूर्ण भक्त, भगवानको पूर्ण भक्त र सेवक अल्पहारी, अल्प निद्रा, सदैव समर्पित, पूर्ण पालक, कर्मयोगी, भक्तिमार्ग र ज्ञानमार्गको रक्षक तिनै मार्गको अनुसरणकर्ता, शुद्ध वचन, शुद्ध कर्म, शुद्ध मन, परमात्मा प्रति र नर प्रति सदैव समर्पित, कर्मनिष्ट, कर्मपरायण, कर्मयोगी, भक्तियोगी, अविचलित, धर्मनिष्ट, पुत्र–पुत्रि जस्तो हुनु पर्दछ ।


Thursday, July 16, 2015

कविता

जहाँ पुग्दैनन रवि त्यहाँ पुग्छन कबि 
म हुँ कविता खोज्दै आए कहाँ छन् भनि

उखेलिएका ठेट्ना जस्तै गरि 
सम्हालिन खोज्दा मन बरालिने गरि

मुक्तकसंगै मधुशालामा पोखिने गरि
तम्सिन्छन शब्द संयोजन नजाने झैँ गरि

साहित्य संगममा हेर्न सुन्न नसकिने गरि
कवितालाई रमितामा फेरिदिने घरि घरि

साहित्यकार सुनेर आनन्दित हुने गरि 
रमितेको घुईचोभित्र लज्जित हुने गरि 

हो उनीसंग छ मेरो प्रश्नको जवाफ पनि
म हुँ कविता खोज्दै आए कहाँ छन् कबि