Monday, November 9, 2015

दामोदरकुण्ड यात्रा संस्मरण

नेपालका मनोरम कुण्डहर मध्ये दामोदर कुण्ड पनि एक प्रसिद्ध कुण्ड हो । यो ठाउँ हिमालय पर्वत हुँदै एक भित्री उपत्यका जस्तै गरी प्रशस्त कुण्डहरु अर्थात १०८ कुण्डहरु हुन्छन भनिन्छ । जुन ठाउँ हिन्दुहरुका धार्मिक दृष्टिकोण अति नै महत्वपुर्ण मानिन्छ । नेपालमा मुस्ताङ्गको उपल्लो मुस्ताङ्ग क्षेत्रमा पर्दछ । सो ठाउँ हिन्दुहरुको धार्मिक दृष्टिकोणले अति महत्वपूर्ण मानिन्छ । दामोदर कुण्डको दर्शन स्नान गर्नको लागि हामीहरु पनि एक समुह बनाई बुटवलबाट म्याग्दी जिल्लाको विनिबजार जान रात्री बससेवा मार्फत मिति २०७२/४/८ गते शुक्रबारको दिनबाट यात्रा शुरु ग¥यौं । शनिबार विहान ८ बजे विनिबजार पुगियो । विनिबाट करिब आधा घण्टा पैदल यात्रा गरेपछि गलेश्वर आश्रम पुगियो । गलेश्वरमा स्थित धार्मिक स्थलहरु गलेश्वर मन्दिरको दर्शन ग¥यौं । आइतबार विहान १० बजे तिर मुस्ताङ्गबजार अर्थात मार्फा वागानी केन्द्र (कृषि फर्म) मा कार्यरत दाजु ख्याम नारायण पौडेललाई भेट गरी यात्रालाई अझ सहज बनाउने सोचले उहाँलाई भेट गर्न कहिले पैदल त कहिले बसको यात्रा गर्दै घाँस बजार बस र्पाकको होटलमा बास बसियो । भोलिपल्ट विहान ५.३० बजे घाँसबाट कहिले पैदल यात्रा कहिले बस यात्रा गर्दै गर्दा एक जना जुम्लाबाट आएका तिर्थालुसँग भेट भयो । हाम्रो यात्रामा उनीसँगको भेटले अझ रोचक बनायो । उनी धेरै रमाईला स्वभावका कहिले जुम्लाको बारेमा वर्णन गर्थे कहिले गित सुनाउदै गर्दा बाटो काटेको पत्तै भएन । हामी मार्फा वागवानी केन्द्रमा पुग्दा ४ बजेको थियो । त्यहाँ हिमाली भेकमा पाइने फलफुल जडिबुटिहरुको वगान मार्फा बगान सरकारी फर्ममा विउ विजन लगायत विक्री हुन नसकेका फुलबाट संचालन गरेको रक्सी उद्योग लगायत अन्य विविध कुराहरुको अवलोकन गरियो र त्यहि बास बसियो । यहाँ होटल सस्तो र शुलभ दरमा अधिक सुविधा सम्पन्न रहेको पाइयो । भोलिपल्ट हामी ७ जनाको समूह भई मार्फा जोमसोम बजारबाट जिपमा कागवेनी हुदै छुसाङ्ग बजार सम्म गयौं । छुसाङ्ग पुग्दा ११.३० बजेको हामीले खाना त्यही स्थानीय होटलमा खायौं र कृष्ण गण्डकीको पुल तरेर गए पछि उपल्लो मुस्ताङ्ग पुगियो । उपल्लो मुस्ताङ्गबाट जिप चढ्यौं र ४ बजे हामी चराङ्ग बजार जहाँ भोटेहरुको गाउँ थियो । लोभान्थान्का भोटे राजदरबाज जान जिपमा केवल १ घण्टा लाग्थ्यो भने हामी दामोदर कुण्ड जानका पश्चिम उत्तर पैदल हिड्न सक्नेहरुका लागि करिब ४÷५ घण्टा समय लाग्ने भएकोले पैदल यात्रा गर्न नसक्नेहरुका लागि घोडामा यात्रा गर्दा रु.७५००।– शुल्क तिरेर जान पाइने रहेछ । हामीले पैदल यात्रा गर्न कठिनाई हुने महसुस गरी घोडा बुकिङ्ग स्थल तर्फ पुग्यौं । तर त्यहाँ एक दिन अगावै घोडाको बुकिङ्ग गर्न पर्ने रहेछ । किनकी घोडाहरु यारागाउँबाट मगाई व्यवस्थापन गर्नु पर्ने रहेछ । त्यसैले हामी सबै जना त्यस दिन त्यहिँ बास बस्ने निर्णय ग¥यौं । याराबाट घिमीठाँटी सम्म घोडामा गएर बस्दा असाध्य चिसो लेक लागेर श्वास फेर्न कठिनाइ भएका कारणले रातभर निद्रा लागेन । अर्काे दिन अर्थात २०७२÷०४÷१४ गते दामोदर कुण्डमा करिब ४ बजेतिर पुगेका थियौं । वर्षातको महिना भएकोले बाटोमा रहेका गिट्टीको कारणले घोडाहरुलाई समेत हिड्न कठिन भएको महशुस हुन्थ्यो । हामीले प्रयोग गरेका ७ वटा घोडाहरु मध्ये जुन सबै भन्दा अगाडी हिडेको थिया,े त्यही घोडी गर्भवती रहेछ हिमालको लामो यात्राको कारणले त्यो दामोदर कुण्डमा पुगे पछि बच्चा जन्मायो । त्यस दिन हामी दामोदरकुण्ड नुहायौं र नजिकै रहेको एउटा पौवामा बास बस्यौं र भोलि पल्ट गुरुपुर्णिमाको दिन विहानै नुहायौं । कुण्डको पानी असाध्यै चिसो थियो । चिसोको कारणले हातहरु कठाङ्ग्रिएका थिए । विस्तारै सूर्याेदयसँगै न्यानोपनको महशुस ग¥यौं । त्यहाँ वरिपरि हिन्दुहरुको मन्दिर गुल्मी जिल्लाका ज्ञवाली परिवारले बनाएको मन्दिर र एक बौद्ध मन्दिर थिए । दामोदरकुण्ड चक्रशिलाको उत्पति स्थल भनेर परिचित भएकोले हामीले पनि शिलाको खोजी ग¥यौं तर फेला पार्न सकेनौं । दामोदर कुण्डको हिमालय पर्वतबाट झरेर तल उपत्यकामा भएकोले त्यहाँ कुशै कुशको चौर थियो जहा घोडा च्यांग्राहरु चरेर कुशै मैदानमा परिणत थियो । त्यहाँ वरिपरि ४÷५ वटा कुण्डमात्र हामीले अवलोकन गर्न सक्यौं । त्यहाँबाट श्रावण १५ गते अर्थात गुरुपुर्णिमाको दिन घोडामा यारागाउँ सम्म फर्कने क्रममा एउटा घोडाले बच्चा जन्माएको हुँदा हामीसँग जानुभएको एक जना साथी पैदल यात्रा गरी आउनु पर्ने भयो । यसरी पैदल यात्रा गरी आउने साथीलाई पर्खने क्रममा हामी रातको १० बजे मात्र यारा गाउँमा आइपुग्यो त्यसैले हामी यारामा नै बास बस्यौं । त्यस दिन एउटा आश्रममा बास बस्यौं । यारा आश्रमबाट चाराङ्ग सम्म आउदा कागवेनी आउनेहरुसँगै हिडेर आयौं । १६ गते बेलुका कागवेनी आश्रममा आई नुहाएर पितृ पुजा गरी त्यही बास बस्यौं । भोलिपल्ट विहानै जोर्ते बाट मुक्तिनाथको यात्राका लागि जिपमा ८ बजे चढ्यौ । त्यहाँ को एउटा अचम्मको नियम १२ जना पुगे त केही भएन नपुगेको खण्डमा जिपमा सवार यात्रुले १२ जनाको भाडा दिनु पर्ने रहेछ । हामी १० जना थियौं तर १२ जनाको भाडा नै बुझायौं। १५/२० मिनेट पछि मुक्तिनाथ क्षेत्रमा पुग्यौं । चैतमा हिउले ढाकिने क्षेत्रलाई यो समयमा सुन्दर हिमालको दृष्यावलोकन ग¥यौं । १०८ धारामा स्नान गरी मुक्तिनाथको दर्शन गरी कागवेनी हुँदै जोमसोबजार आइपुग्यौं त्यसपछि जोमसोबजार वागवानी केन्द्र मार्फा पुग्यौं । १८ गते मार्फाबाट विहानै उठी वेनी सम्म आउँदा बसमा कहि विशेष रुपसे झरना, गल्छी, म्याग्दीको सुन्दर दृष्यावलोकन गरियो । वेनीबाट टेक्सीमा पोखरा हुँदै बुटवल फर्कियौं । 
यात्रा गर्दा ध्यान दिनु पर्ने कुराहरु ः

यात्रा गर्दै हुनुहुन्छ भने लाइट, घाम छेक्ने छत्रे टोपी लौरो, न्यानो कपडा ,
खानाको लागि भुटेको मकै, काजु किसमिस, नरिवल, मिश्री, पेस्ता बदाम, बदामगिरी
पुजाका लागि तोरण बाटेको रसी, टिका धागो, धजा, अदुवा, मरिच, पिप्ला, जस्ता 
यात्राका लागि समयको व्यवस्थापन कसरी गर्ने ः
बुटवल देखि दामोदरकुण्ड सम्म १० दिनको यात्रा तय गर्नुहोस ताकि आरामसँग आवत जावत गर्न सकिन्छ ।
खर्च व्यवस्थापन ः
कम्तिमा २०/२५ हजार बाहेक आफ्नो इच्छानुसार
दामोदर कुण्डक्षेत्रहरुको विवरण ः 
यारागाउबाट दामोदरकुण्ड जान निर्जन हिमाल भएकोले बाटो पत्ता लगाउन कठिन हुन्छ । यदि बाटो फरक  ¥यो भने साह«ै दुख हुन्छ । वर्षेनी हिउँले र हिउँको पहिरोले बाटो पत्ता लगाउन कठिन हुन्छ । दामोदरकुण्ड विकास समितिका भोटे समितिहरुले याराबाट घोडाहरुको व्यवस्था र घिर्मिठाटीमा बास बस्ने ठाउँ र दामोदर कुण्डमा जाने तिर्थालुहरुको सेवामा खाने बस्ने तथा काम्लोको व्यवस्था गर्दछन। साथै म्याग्दीका पुन मगरहरुको टोली र म्याग्दीका एक सेवामा आएका मौनी बाबा देवीनाथ  सन्त पुजारीले दामोदरकुण्डमा पुजा स्थान बनाई कुण्डहरुको तिर्थाटन समय २/३ महिना मात्र पुजारीको रुपमा बस्ने गर्दछन । अधिकांश महिना हिउले ढाक्ने उच्च हिमाली क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तिर्थालु आउने जाने गर्दछन । यहाँ जेष्ठ महिना देखि भाद्र महिना सम्म जान आउन सकिन्छ । अरु समय अत्यन्त चिसो र लेक लाग्न सक्छ । दामोदरकुण्ड मुस्ताङ्ग जिल्लाको उच्च हिमाली भेक सुर्खाङ्ग गा.वि.स. रहेको कागवेनीबाट पैदल हिडेर करिब ६ दिनमा दामोदरकुण्ड पुग्न सकिन्छ । तर घोडामा जाने भए ४ दिनमा पुग्न सकिन्छ । पहिलो दिन छुसाङ्ग, दोश्रो दिन घिलिङ्ग, तेश्रो दिन चराङ्ग, चौथो दिन सुर्खाङ्गको यारा पाँचौ दिन घिमिठाटीको धर्मशाला तथा छैठौं दिनमा दामोदरकुण्ड पुगिन्छ यो पैदल यात्रामा लाग्ने समय हो । दामोदरकुण्ड देखि ४÷४ घण्टाको फरकमा भृकुटकुण्ड, १०८ वटा कुण्डहरु पाइन्छन । दामोदरकुण्डबाट बग्ने नदीलाई कालीगण्डकीको उद्गमस्थल समेत मानिन्छ । यहाँ घोडा दोड प्रतियोगिता  भोटेहरुको फालो पर्व , भेदरे मेला आदि संस्कारको रुपमा पनि अनुभव गर्न सकिन्छ ।  
दामोदर कुण्ड को यात्रा 

No comments:

Post a Comment