Friday, September 7, 2018

poem for kavya



समात्याै अाँचलकाे फेराे
लाग्छ यशाेदा म तिम्रो 
तिमी हाे कृष्ण मेरो 
ममताकाे धारा बहाउँछु 
लाग्छ संसारमै रमाउछु
सब पिडा तिमी भुलाउछाै 
हाँसेर अामा भन्दै बाेलाउछाै 
थाहा छैन के छ अर्थ 
माया र ममताकाे अाँचल 
तिमी अाउछाै हेर्छु निस्वार्थ

just think about housewife

विहे गरेर सिउदाेमा सिन्दुर लाउदैमा बच्चा जन्माउदैमा पत्नी धर्म निभाउनेहरूलाई मात्र गृहिणी भनेर शास्त्रले व्याख्या गर्छ भने मेराे विचार फरक छ ।

poem for mom

मुटुको धड्कन तिमी 
मेरो श्वासप्रश्वास तिमी 
दुखमा अाशिर्वाद दिने 
सुखमा खुशी भई दिने 
हिम्मत हाै तिमी मेराे 
अन्धारकाे दिप मेरो
जे छ तिमी छाै
हेर्छु जब सेराेफेराे

kavya my granddaughter

सावाँ भन्दा व्याज प्यारो 
बाेल्दा बाेल्दै पार्छे चेपाराे 
अामा अामा भन्दै बाेल्छे 
माेबाइलमै कुरा खाेल्छे 
खितिखित हास्छे अचेल
छिटै हुर्कि बानी चंचल
हाँसी हाँसी मख्ख पार्छ
साँच्चै एक्लै भन्ने पार्छे

poem

याेग्यता बिक्दैन 
युवा सिप सिक्दैन 
श्रम र पसिना 
बगाउन खाेज्दैन 
ऊ खाेज्दैछ अचेल
ऋण दिने अाफन्त
धिता राख्ने सहकारी
टुक्रा जमिन र पाखाे वारि
सचेत बन्दैन उ अाफ्नाे
सीप र क्षमता बढाउन
केवल देख्छ युराेप र युरो डलर
भविष्य र सन्तानका सुखका
लागि सब बन्धकि राखेर
बिदेशीदा थाहै नपाई
अाफु पनि बन्धक बन्छ उ
अनि धिक्कार्छ अाफ्नाे भाग्य
अहिले बिदशिनु फेसन जस्तो
बिदेशमा पैसाका रूख छ जस्तो
जब दुख पाउछ तब
उ चेत पाउछ
Dhan Kumari Aryal 
laxmi aryal 
जन्म दिनकाे लाखौं लाख शुभकामना
सिघ्र स्वास्थ लाभकाे चाहना
हजार हजार ठक्कर खाए पनि
सक्दैन उठाउन दैवले चाहे पनि
लागे पनि दैव दशा 
टुट्दैन हाम्रो भराेसा
फेरि पनि दिदी हजुरकाे
सहजै हाेस शल्यक्रिया
छिटो निकाे हुनेछ अवश्य
सन्तान भएनन् भनी नदुखाउ
हे अामा तिमी मन
कसरी उज्ज्वल भविष्य बनाउ
भन्दै नसाचे बाबाले धन 
साना साना अबाेध बालखैमा 
मेरा अामा मेरो बा भन्छन
बुढेसकालमा यी बुढाबुढी
छिटो मरे अानन्दै ठान्छन्
बिर्सेर जाने सन्तान पिर
मानेर हुदैन मन थिर
समस्यैसमस्याकाे जाल बुन्दा 
मसँग धेरै रिसाएकि छाै भन्दा
हाँसी हाँसी गाला थापु लाग्छ 
क्राेधहरू हातमा राखु झै लाग्छ 
बस तिमी रिसाए झै गरि मलाई 
धेरै माया गर्छाै जस्तो लाग्छ
डा. तसलिमा नसरिनकाे अामाईकाे हकमा नामक पुस्तक पढेपछि श्रृङ्गार त अाफ्नाे जिवनकाे लागि जरुरी हाे शरीर स्वस्थ तन्दुरुस्तीका लागि अयम नियम हाे ।
श्रावणमा लगाउने हरियाे चुराकाे रहर लागेन
पंहेलाे रंगकाे पाेते लगाउने रहर जागेन
हरियो रंगकाे मेहन्दीले राता हत्केला बनाउन जागेन
त्यसैले म यस्तै छु अाफ्नैपनमा मस्त छु
तनावमा हाेईन सङ्घर्ष गर्न सक्नु पर्छ 
पिडामा अाँशु भन्दा शाहस खाेज्नु पर्छ 
समस्यामा चिन्ता भन्दा चिन्तन गर्नु पर्छ 
तिमी अाँट गर मात्र तर लक्ष्य सहि हुनुपर्छ
जिन्दगी नै वहार हाे जस्तो लाग्छ
हरपल सिक्ने अवसर जस्तो लाग्छ 
खै देख्दिन खुशी र सुखी सबै किन ? 
जे गरे पनि देखावटी जस्तो लाग्छ ।
अाफुलाई काे भन्दा काे कम 
कसमा कति सम्म छ दम
देख्छु प्रतिस्पर्धा, भेटिन धेरै क्षमतावान
सधैं भरि खुट्टा तान्नेहरूकाे लर्काे देख्छु
अाफ्नाे दुनाे साेझाउनेकाे तमासा हेर्छु
अचेल हरेक कुरामा स्वार्थ लुकेको मात्र देख्छु