Thursday, February 19, 2015

Poem

कस्ताे हुन्छ जागिर अनुभव गरेर हेरे
कस्ताे रहेछ कमाइ तलब थापेर हेरे 

कति खर्च गर्थे ती दिनमा मैले
कस्ताे रहेछ श्रम चरेर नी हेरे

रिस उठ्थ्याे मलाइ पढ्न भन्दा अामा र बाउले
कस्ताे रहेछ भनाइ अहिले परेर थाहा पाए

मेरा अभिभावककाे कष्ट बुझ्ने अवसर पाए
अामा र बाबाकाे माया र ममता अब कहाँ पाउँ

थाहाँ पाएँ अाज अामा र बाबुकाे अर्ती कहाँ पाउँ
कति कष्ट हुन्छ सन्तानकाे चाहना पुरा गर्न

अाज बुझ्दै छु त्यती सजिलाे छैन मर्न
सबैथाेक मिल्छ यहाँ काम गर्नु पर्छ 

मर्न भन्दा बाच्नका लागि ज्यानकाे बाजी थाप्नु पर्छ
अर्द्धदक्षताका कारण विदेशिनु पर्छ

राम्राे लाग्छ दुनिया बुझे पछि
सफलताले साथ दिन्छ असफलताले साथ छाेडे पछि

सफल हुन धैर्यता चाहिन्छ अब्राहम लिङ्कनकाे जस्ताे
अनि हुन्छ सपना पुरा तिमीले साेचे जस्ताे

No comments:

Post a Comment