“बालमैत्री नगर र सडक बालबालिका एक समस्या, चुनौती समाधानका लागि मामाघरको प्रयासः”
रेडियोमा अच्युत घिमिरेको वाचनमा विष्णु कुमारी वाइवा परिजातको कृति सडक र प्रतिभा सुन्दा मलाई मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकामा रहेको मामाघरको संझना भयो । कामको शिलशिलामा अध्ययन अवलोकनका लागि हामी १५÷१६ जनाको सहभागिता रहेको थियो । सो अवलोकन भ्रमणमा नयाँ कामको दृष्यावलोकन र दृष्टान्त भेटेका थियौं । हामीले पाँच दिन सम्मको अवलोकन भ्रमणमा हामीले कल्पना गरेको भन्दा फरक उदाहरण साक्षात्कार गर्ने अवसर हेटौंडामा रहेको मानव सेवा आश्रममा रहेका मानसिक सन्तुलन गुमाएका युवा साना अवोध दुधे बालबालिका देखि वृद्धवृद्धाहरुलाई त्यहाँका बासिन्दाले सहयोग गरेर संचालन गरेको पाउँदा हामीले पनि यस्तो काम गर्न सके त राम्रो हुने थियो जस्तो लागिरहेको थियो । त्यहाँ रहेकी बालिकालाई देखे पछि मैले आफै जिम्मेवारी लिन पाए हुने थियो जस्तो लागेको थियो । तर उनी भविष्यमा आश्रमको ज्योति हो भने पछि केहि बोलिन । मानव सेवा आश्रमबाट फेरि मामाघर जाने कुरा भयो । मैले मनमनै सोचे के होला मामाघर किन मामाघर भनेको होला ? हामी सानो छँदा सुनेको प्रहरीले समातेर मामाघर लैजान्छ भनेर डराउन दिएको याद आयो अनि फेरि अर्को मन भन्यो आमाको दाजु–भाईलाई मात्र मामा भनिन्छ । के भन्न खोजेको होला मनले प्रश्न गर्दा गर्दै हामी मामाघर पुग्यौं । जहाँ सडकमा कष्टकर जिवन यापन गरिरहेका जसका आमा बाबु नभएका कवाड संकलन गरेर समय व्यतित गरेका बालकहरु मात्र थिए । यी बालकहरुको उज्ज्वल भविष्य निर्माणकर्ता हेटौडाका प्राध्यापक अर्पण पराजुली सडक बालबालिकाहरुलाई मामाघर सम्म ल्याउन र उनीहरुलाई व्यवहारिक परिवर्तन ल्याउनका लागि मामाघर संचालक अर्पण पराजुलीले सडक बालबालिकालाई मामाघर सम्म ल्याउन गरेका प्रयास एवं भोगेका समस्या तथा सह«ायिन कार्य अनुकरणीय रहेको पाइयो ।
सडकबालबालिकालाई पुनसर््थापना गर्ने सोच कसरी आयो भनेर हामीले अर्पण पराजुली लाई सोधेका थियौं ।उहाँ हामीलाई भने अनुसार “क्याम्पसमा प्राध्यापक भएको र कुनै एउटा छुट्टै विषयमा खोज अनुसन्धान गर्ने क्रममा मःम पसलमा पुगें, त्यहाँ चिया अर्डर गरेर बसेको थिएँ । अर्काे टेवलमा एक जना व्यक्तिले मःम खाँदै थिए । अलि पर दुई जना बालक उभिएर हेरेका थिए । पसलेले गाली गर्दै थियो त्यहाँबाट जाउ भन्दै म चिया आयो चिया पिउदै यो सबै दृष्य हेरिरहेको थिएँ । जब ति व्यक्तिले मःम खाएर गए । पसलेले त्यो प्लेटलाई सफा गर्ने ठाउँमा लगेर राखेका मात्र थिए । पसले भित्र छिर्न नपाउदै ति बालकहरु दौड्दै आएर त्यो प्लेट तानातान गरेर चाटेको दृष्यले म भावुक भएँ । त्यो दृष्य आँखा भरि नाचिरहयो । शिक्षण पेशामा लागेर धेरैलाई शिक्षा दिइयो । यी बालकहरुलाई पनि पुर्नस्थापना गर्न पाए हुने थियो । त्यस पछि उनीहरुको बारेमा सम्पूर्ण तथ्याङ्क संकलन गर्न लागे यसै क्रममा बुटवल सम्म पुगे । केही सहकर्मी साथीहरुको सहयोग लिएँ । प्रहरीको सहयोग लिए । सहज थिएन यहाँ सम्म ल्याउनका लागि पूर्व तयारी गर्न जरुरत हुने सबै काम गरे कति रात उनीहरु सँगै सडकमा बसेँ सडकमै विताएँ । त्यस पछि उनीहरुलाई एक दिन मैले भने म तिमीहरु सबैजनालाई मःम खुवाउछु सबै साथीहरु जम्मा गर्न सक्छौ ? उनीहरु राजी भए पछि मैले उनीहरुलाई एउटा होटलमा लगेर मःम खुवाए पछि उनीहरुले भने एक हप्तामा एक दिन उनीहरुको भेला हुने रहेछ । त्यो समयमा उनीहरु विच कुस्ती खेल खेल्ने र जसले जित्छ उ त्यो एक साताको लागि टोली नेता अर्थात डन बन्ने रहेछ । उनीहरुलाई एउटा खुला चौरमा जम्मा गरेर म पनि केही साथीहरु सहित गयौं । यसै विचमा मैले परिचय दिएँ । सबैलाई नमस्कार म अर्पण पराजुली । उनीहरु सबै हाँसे किन हासेको भनेर प्रश्न गर्दा एकजनाले भन्यो । उनीहरु मध्येको एकजना डन जसको मामा पराजुली रहेछन । त्यस पछि मैले पनि सहज बनेर भने म तिम्रो मामा नै हुँ । उनीहरु सबैले त्यस दिनदेखि मामा भन्नथाले र हामीले पनि उनीहरुलाई भाञ्जा नै भन्छौं ।
हामीले उनीहरुलाई बस्न खान र पढ्न पाए हामीसँग बस्छौं भनेर प्रस्ताव राखेँ । त्यसपछि उनीहरुले हुन्छ भने पछि हामीले भनेको मान्नु पर्छ नि भने पछि उनीहरु सहमत भए । उनीहरुलाई हामीले यो घरमा ल्याएर राख्ने सोच बनाए पछि प्रशासनिक प्रक्रिया पुरा गर्नुपर्ने भएकोले सबै ग¥यौ । मामाघर नेपाल नाम राखेर संस्था दर्ता गरेर उनीहरुलाई ल्यायौं पहिलो दोश्रो दिन त केही भएन । त्यस पछि उनीहरु यहाँबाट भाग्ने कोशिस गर्ने, अश्लिल शब्द बोल्ने सारै कष्ट भयो उनीहरुलाई सम्हाल्न । अहिले उनीहरु धेरै मेधावी भएका छन् । नृत्य, गायन, कराते, पढाईमा पनि उत्तिकै क्षमतावान बनेका छन । आफ्ना अभिभावकसँग बस्न चाहनेहरुलाई उनीहरुको घर ठेगाना पत्ता लगाएर घरमै पुर्नस्थापना गरेका छौं । यसै विचमा एक जना गोर्खा घर भएको प्रकास वि.क. रहेछन । हामीसँग गोर्खा नगरपालिकाका विजय तिवारी हुनुहुन्थ्यो । उहाँले सबै सोधे पछि उसको अभिभावक सबै मामा घर देखि आमा बाबु सबैलाई चिन्नु भएको रहेछ । त्यो बालकको घरमा सम्पर्क गरेर हाल उनी गोर्खामा अध्ययनरत रहेको अवस्था छ । प्रकास वि.क.लाई हामीले सोध्यौं तिमी कसरी यहाँ आएको ? उसले भन्यो मेरो बुबा ले अर्की आमा ल्याए पछि आमालाई यातना दिन थाल्नुभायो । आमाले सहन नसकेर मामाघर जानुभयो । त्यहाँ पनि बुबाले गएर आमालाई यातना दिए पछि आमा घर छोडेर जानुभयो भन्ने थाहा पाएँ । तर कहाँ जानुभयो ? थाहा थिएन । आमाले छोडेर गए पछि कान्छी आमा र बुवाले मलाई पनि याताना दिन थाल्नुभयो । मेरो एकजना साथीले तिम्रो आमा हेटौडामा हुनुहुन्छ भने पछि यहाँ आएँ र सडकमा बस्नेहरुसँग जिवन विताए । अब घर जान पाए म कहिल्यै सडकमा यसरी बस्ने थिइन भन्दै आँखा भरि आसु भए । उसको कुरा सुनेर हामी पनि भावुक भयौं । यसरी मामाघर स्थापना भए देखि हाल सम्म १३३ जना सडक बालबालिकाहरुको उद्धार गरिएकोमा ५३ जना घरमा स्थापित भएको र अन्य बालबालिकाको प्रतिभाका कारण उनीहरुको उच्च शिक्षा अध्ययनका लागि छात्रावृत्ति प्राप्त गर्न सफल भएका र हाल अहिले मामाघर नेपालमा २५ जना बालबालिका रहेको अवस्था छ । बालबालिका रहरले होइन बाध्यताले र घरको वातावरणले गर्दा सडकमा आएका हुन भन्ने अनुमान गर्न मामाघरको आश्रयमा बसेका ति बालकहरुबाट सहजै सकिन्छ । तर कतिपय बालबालिका आफ्ना अभिभावकले सम्हाल्न नसकेको अवस्था पनि पाईयो । अर्पण पराजुलीको भनाई अनुसार केही बालकहरु आफ्नो घर जान नचाहने । सामाजिक अन्धविश्वासका कारण पनि उनीहरुलाई गरिने व्यवहार जस्तै बच्चा जन्मपश्चात घरमा भएको कुनै दुर्घटनाको कारण ती बालकलाई दिनु । अत्याधिक माया जसले गर्दा बच्चाका हरेक माग पुरा गर्दा गलत साथीहरुको संगतको प्रभावका कारण सडकमा जिवन जिउन चाहने ।
मामाघर संचालन कसरी भएको छ हामीले सोध्यौं मामाघरका संचालक समूहका अनुसार मुठ्ठी दान संकलन गर्ने । विवाहको वार्षिकउत्सव मनाउन आउने जन्मोत्सव मनाउने आदिबाट प्राप्त रकमले संचालन भएको छ । घरभाडा हेटौडा उपमहानगरपालिकाले वार्षिक रुपमा सहयोग गरेको र अन्य सहयोगी हातहरु व्यक्तिगत र संस्थागत पनि प्राप्त हुन्छ । तर कहिले काहिँ नपाउँदा कठिनार्ई पनि उत्तिकै भोगेको जानकारी दिनुभयो । यस्तो हुनु मामाघर संचालनमा चुनौती हो भने हामी जस्तै सबैले यी सडकमा जिवन विताउने बालबालिकाको बारेमा सहयोग हात यहाँ मात्र होइन अन्य स्थानमा पनि हुने हो भने सडक बालबालिका भन्ने शब्दको प्रयोगमा कमि आउने थियो । बुटवल उपमहानगरपालिकाको सन्दर्भमा ८२ जना सडक बालबालिका रहेको गत वर्षको तथ्याङ्कले जनाएको छ । उक्त तथ्याङ्क अनुसार ८२ जना मध्य ७ जना बालिका रहेको र ५ जना बालकले आफ्नो जानकारी दिन नचाहेको जानकारी उल्लेख गरेको छ । त्यसो त हेटौंडामा संचालन गरेको मामाघरको अवलोकन पश्चात बुटवल उपमहानगरपालिका लुम्बिनी बाणिज्य क्याम्पसमा वि.वि.एस. अध्ययनरत छात्रा धन कुमारी अर्यालले मामाघरको बारेमा आफू अध्ययनरत क्याम्पसका प्रांध्यापक, मास्टर डिग्री अध्ययनरत व्यवस्थापनका केही साथीहरुलाई जानकारी दिए पश्चात सडक बालबालिका पुनस्थापनाका लागि एउटा समितिको चयन भएको छ । सो समितिको संयोजक प्राध्यापक लक्ष्मण भण्डारी सदस्यहरुमा अमृता अनमोल, स्वस्तिक श्रेष्ठ, मदन अर्याल, बालकृष्ण पाण्डे, तेज प्रसाद भण्डारी, दिपक चापागाई रहेका छन् । समितिले छिटोभन्दा छिटो बुटवलमा रहेको सडक बालबालिकाको वास्तविक तथ्याङ्क संकलन गरी आवश्यक प्रक्रिया अगाडी बढाउने भएको छ । आशा गरौं हेटौडा उपमहानगरपालिका सडक मानव मुक्त शहरको रुपमा पहिचान बनाउन क्रमिक रुपमा अगाडी बढेको छ भने बुटवल उपमहानगरपालिका पनि मानवताको शहर बनाउने योजना सफल बनोस हाम्रो शुभकामाना ।
हामीले स साँच्चै भन्ने हो भने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बालमैत्री नगर तथा वातावरणमैत्री नगरको रुपमा विकास गर्न निर्देशन जारी गरी सकेको छ । हामीले नगरपालिकालाई बालमैत्री नगर बनाउने हो भने सडकमा कष्टकर जिवनयापन गरेका ति बालबालिकालाई संरक्षण दिने र उनीहरुको उज्ज्वल भविष्य निर्माण लगानी गर्न सकै सबै भन्दा ठूलो धर्म यही हुने थियो होला ।

No comments:
Post a Comment