Thursday, April 7, 2016

poem

तिमीले धाेका दिएकी उनीसंग मेराे भेट भयाे 
खै किन किन उनकाे मेराे एउटै मन पेट भयाे
अाज भाेलि खुशी छिन उनी तिमी भन्दा धेरै
कारण साेधि हेरे उनी भन्छिन याे प्रेरणा हाे तेरै
अस्ति हास्न सिके हिजाे रून, अाज जिउन सिके
नयाँ तरिकाले जीवन सङ्घर्षमै बिताउन सिके
हरेक पाईला पाइला तिम्रो सफलता मिलाेस
हरेक पलमा तिमीलाइ खुशी नै खुशी मिलाेस
निराशा अात्महत्या गर्न हिडेकी थिए म घरबाट
ए पर्ख ! कराउँदै दाैडेर अायाै तिमी परैबाट
नयन भए पनि नेत्रहिन जस्तै थिए हिजाे म
नयाँ मार्ग देखाई ज्याेति दियौं यी नयनमा
हे मित्र अाभारी छु तिम्राे जीवन भरिलाई
सधैं यस्तै साथ पाउं तिम्राे सातै जुनिलाई

No comments:

Post a Comment