Sunday, September 18, 2016

Think about thought

संयम ,साहस,शान्ति, धैर्यता र दृढतालाई अाफुभित्र कायम राख्न सके हरेक कार्य सहज हुनेछ । 
धन कुमारी अर्याल

poem

न त म ताताे अागाेकाे राप हु म
कसैकाे बाेलि प्रभावित स्वभाब
अध्ययन र अनुभवकाे हाे अावाज
कलम चलाउछु देखेर याे समाज
लेखिएको कुरा लेखककाे जिवनमा 
नहुन सक्छ सबै घटेकाे उनैकाे कथामा
हेर्न र बुझ्न सक्छौं हेरकका व्यथामा
बुन्न सक्छौं व्यथालाई एउटा भावमा

Think about Though

आफुले लिनु पर्ने संपत्ति लिएर जब छोरो छुट्टीएर बस्छ त्यतिबेला जन्मनु भन्दा पहिले नै गर्भमै हत्या गरिएकि छोरीको याद आउछ

Think about though

मानिस जति पढेर शिक्षित भए त्यति नै आफु लाई परिवर्तन गर्न नसकेको पाउदा अचम्म लाग्न थालेको छ , हात्तिको देखाउने र चपाउने दुई वटा दांत भए जस्तो लाग्यो

कति सहज भयो तिमीलाई? “के तिमी म संग बिहे गर्छौ भन्न“ ?

कविता 
के तिमि म संग बिहे गर्छौ ?
बिहानै तिमि उठ्नु पहिले, दैलो पोत्न सक्न्दिन म
पुजापाठ गरेर चिया बनाई रुममा लिई आउन भ्याउदिन,
अफिस जान ढिलो हुन्छ भनि उठाउन थाल्दिन,
निदाएको नाटक गरी मेरो प्रतिक्षा नगर्नु तिमी,
नारी पुरुष बराबरी हर क्षेत्रमा मेरो अपेक्षा हुन्छ,
बनावटी लजालु हुन जान्दिन म,
जिस्काउदै तिमीले हात तान्दा “धत् तपाई त” भन्दिन म ,
खाना- नास्ता तयार गराई तिमीलाई तयार गराउन सक्दीन,
पर्स खै भनि सोध्दा सम्झाइरहन जान्दिन म,
अफिस निस्कनु पहिले ढोकामा तिमीलाई कसरी अंगालोमा बेरु?
मैले गरेको स्नातककोत्तर प्रमाणपत्र घरमै कसरी बसेर हेरु ?
आज छिटो आउनु है! भनि आँखाबाट ओझेल नहुदा सम्म बाई गरु !
चाहान्छौ तिमी अफिसमा पनि दुई दुइ घण्टामा फोन गरु !
फिल्म हेर्ने भन्दा भन्दा दिउसैबाट चिटिक्क पर्न ,
समय नै हुदैन मलाई यसरी ब्युटीपार्लर गएर श्रृंगार गर्न,
कहिले कहिँ भन्दै अफिसबाट तिमी राति राति आउदा
गुनासो नि गर्नु हुन्न भन्छौ जांड रक्सि पिई घर आउदा
खान नखाई नबस्नु नि भन्छौ तिमी, मैले खाना ख्वाउला,
जुन संग तुलना गर्दै तिमी राम्री भएको जताउला,
माया प्रेमकै कुरा गर्दा लजाउदै तिम्रो छातीमा शिर टेकाएर
हजुरलाई यति धेरै माया गर्छु भनि जान्दिन हात फैलाउन,
खै कसरी ईस् भन्दै मेरा हातले तिम्रो अनुहार छुनु ?
भन्छौ तिमि अझै मलाई “कहिलेकाहीँ एक्कासी गंभीर हुनु
जान्दिन म साथ दिन रक्सीको तालमा तिमीले गीत गाउदा,
फकाउदै तिमी नजिक हुदा कति पिडा हुन्छ सन्तान जन्माउदा
हाम्रो नामसंग मिल्ने सुन्दर नाम सोच्ने कुरा गर्छौ,
सन्तानसंगै पारिवारिक जिम्मेवारी कसरी पुरा गर्छौ
एउटा सन्तानको चाहना पुरा गर्न त्यति सहज हुदैन
जिस्काउदै मलाई भन्छौ तिमी, फुटबल टिम नभई हुदैन
मलाई काउकुती लगाउदै तिम्रो काखमा लडाउने कुरा गर्छौ
घरमै बस भन्छौ मलाई, हाँस्दाहाँस्दै मोति झर्ने कुरा गर्छौ ?
कल्पनाको सागरमा भन्छौ तिमि सधै यस्तै गरी साथ दिउला
तिम्रो कुरा ठिक छ जेहोस् जसरि होस् हामीसंगै जीवन जिउला
एक अर्कालाई आफ्नो जीवन समर्पित गर्दै प्रेमको नमुना बन्न
संझदै ती सुखका दिनहरु बुढेसकालमा हाँस्दै औंला भाँचेर गन्न ,
मेरो मौनता देखेर तिमीले खोजेकी छु केहि भन्न ,
कति सहज भयो तिमीलाई? “के तिमी म संग बिहे गर्छौ भन्न“ ?

"के तिमी मसंग बिहे गर्छौ?"

"के तिमी मसंग बिहे गर्छौ?"-कविता
.
बिहानै म उठ्नु पहिल्यै

पुजा-पाठ गरेर
तिमी रुममा चिया लिएर आउनु
अफिस जान ढिलो हुन्छ
छिटो उठ्नुस् भन्दै तिम्रा
चिसा हातले मेरा गाला सुमसुमाउनु
निदाएकै नाटक गरेर
मैले तिम्रो हात समातेर तान्दा
"धत्!तपाईं त" भन्दै लजाउनु
खाजा-नास्ता तयार गराएर
मलाई पनि तयार गराउनु
पर्स खै भनी मैले सोध्दा
संधै बिर्सिनुन्छ है भन्दै कराउनु
म अफिस निस्किनु पहिला
ढोकामा मलाई कस्सेर अंगालोमा भर्नु
आज छिटो आउनुस् है भन्दै
ऑखाबाट ओझेल नहुंदा सम्म बाई गर्नु
अफिसमा पनि मलाई
२-२ घन्टामा फोन गरिरहनु
आज हामी फिल्म हेर्न जाने है भन्दा
दिउंसैबाट चिटिक्क परिरहनु
कहिले काहि अफिसबाट राती आउंदा
खाना नखाई नबस्नु नि
आज ढिलो हुन्छ भनेन भनेर
ठुस्स हुदै कोठामा नपस्नु नि
एक गास मैले तिमीलाई ख्वाइदिउंला
अनि एक गास तिमी मलाई ख्वाइदिनु
तिम्रा लागि यो धोद्रे स्वरले गीत गांउदा
तिमी पनि मलाई साथ दिदै गीत गाईदिनु
मायाप्रेम कै बात मारेर हामी
रात यस्सै कटाउंला
मैले झ्यालबाट जुन हेर्दै
जुनभन्दा तिमी सुन्दर रहेको जताउंला
तिमी लाजले आंखा बन्द गर्दै
मेरो छातीमा आफ्नो शिर टेकाउनु
हजुरलाई म यत्ति धेरै माया गर्छु भन्दै
हात सकेसम्म तन्काएर देखाउनु
हाम्रो भविष्यको बारेमा
कहिलेकाहि तिमी एक्कासी गम्भीर हुनु
तिमी जस्तै सानी गुडिया चाहिन्छ भन्दा
"ईस्" भन्न मेरो अनुहारलाई हातले छुनु
म हर्षका साथ बच्चाबच्चीको नाम सोचुला
हाम्रो नामसंग मिल्ने सुन्दर नाम रोजुंला
फुटबल टिम चाहिन्छ है भन्दा
"हं" भन्दै तिमी मुख ठुलो पार्नु
मैले लडाएर काउकुती लगाउंदा
हांस्दा-हांस्दा तिमी आंखाबाट मोती
झार्नु
म संधै तिमीलाई यस्तै साथ दिउंला
जे होस्,जसरी होस् संगै हामी जिउंला
एक-अर्कालाई आफ्नो जिवन समर्पित गर्दै
हामी प्रेमको नमुना बनौला
सुखका दिनहरु बुढेसकालमा हांस्दै
औला भाचेर गनौंला
के तिमी म संग बिहे गर्छौ?
मेरो मायालाई बिश्वास गर्दै
के मेरो भर पर्छौ?
तिमीलाई म संधै हसांउछु त भन्दिन
तर कहिल्यै रुवाएर म झुटो बन्दिन
के तिम्रो जीवनको बास्ना मेरो जीवनमा छर्छौ?

संधै साथ दिन्छु,के तिमी मसंग बिहे गर्छौ?

Poem

उनले ठिक्क पारिन कि म दिक्क परे
उनले माया मारिन कि म फिक्का परे 
खै हिजाे सम्म उनी तिमी बिना मर्छु रे
अाज भन्छिन बा काे ईज्जत् राख्छु रे
खै उनकाे प्रेमकाे परिभाषा बुझ्न सकिन 
खै मैले नै उनकाे बिश्वास जित्न सकिन
उनी त 32 लक्षिणकी मेराे कति थाहै छैन
गुणरूप नमिलेकाकाे हिसाब कति अाएकाे छ‌ैन

किशोर किशोरीलाई संदेश

बुझी नसक्नु भयो यहाँ आफ्नो नहुदासम्म आकासको तारा खसाल्ने झैँ गर्छन
जब आफ्नो भयो दिनहु जसो झैँ झगडामा बंगारा साच्चै खसाल्ने झैँ गर्छन
शुरु शुरमा तिमि मेरी मुटुको धड्कन बाच्नै नसक्ने गरी मरीहाल्ने झैँ गर्छन
जुन देखि चित्त बुझ्दैन तब घरेलु हिंसाको शिकार हुनेगरी यातना दिने गर्छन
कहिले आउला खै यिनीहरुको बुद्धि परिपक्व नहुदै बिहे गर्न हुदैन भनेर
किशोरावास्था अन्धो प्रेमको क्षणिक आकर्षणमा पुतली झैँ होमिनु हुदैन भनेर

प्रेम प्राप्ति होईन त्याग पनि हो

खै के भनेर बाेलु म ? जब शब्द बिहिन भएपछि 
के सम्बाेधन गरेर लेखु पत्र ?तिमीले छाेडि गएपछि 
निकै चासो लिन्छाै रे कहाँ छ, के गर्दै हाेलि भनेर
उस्तै छ कि अानीबानी फेरियो कि हावापानी भनेर
तर मलाई चासाे लाग्दैन तिम्रो, प्राप्ति मात्र हाेईन प्रेम
पबित्र माया हाे मैले गरेकाे, ब्यापारीले झै गरिन फ्रेम
न त चिन्ता हिजो थियोे न भाेेलिकाे बारेमा साेचमग्न
न गरे मैले त्यागकाे मुल्य न त भयाे मेरो तपस्या भग्न
समुन्द्रकाे गहिराई के थाहा छेउमा बसि ढुंगा हान्नेलाई
पबित्र प्रेमकाे मुल्य के थाहा स्वार्थी माया लगाउनेलाई

जात एउटा मात्र हुन्छ

मुसलधारे पानी एकतारै ओईरिँदा
गाउको झोलुङ्गे पुल बाढीले लैदिदा
एउटै थियो आँगन घर वरीपरी
लठ्ठा चुड्यो पहिरोसंगै घरिघरि
हो सकिन मैले सानीको हात थाम्न
सकिन मैले हाम्रो घर जाऊ भन्न
मन त अमिलो भएको थियो नराम्रोसंग
सकिन मैले बा संग अनुमति माग्न
आपदमा पनि सहयोग गर्न नसक्ने लाचार
कारण एउटै थियो हामी ब्राहमण उनि परियार
मनमनै सोचे बा ! अब त जातको कुरा नगर्नु
ज्ञान उनिमा पनि छ बेद शास्त्रको विचार बदल्नु
जात भनेको त दुईटा मात्र नारी र पुरुष अरे
सुनुहोस न बा ! कारवाही हुन्छ जातीय विभेद गरे
मेरो बिन्ति छ बा हाम्रो अर्को घर बास दिउ है
उपकार नै सबै ठुलो धर्म हो अब विचार बदल है

यस्तै छ यहाँ

यस्तै छ यहाँ 
नारीकाे मन छुने भन्दा तन छुने धेरै भेटिन्छन् 
चिनजानकाे लागि हाेईन मनाेरन्जनका खाेजिन्छन्
अासुकाे श्राेत हाेईन कुमारीत्व ताेड्ने भेटिन्छन् 
अनुशासनमा भन्दा व्यवहारिकतामा चिप्लिन्छन्
अावश्यकतामा भन्दा देखावटीमा ध्यान दिन्छन्
अरू हाेईन मानवताकाे खाेक्राे अादर्श भेटिन्छन्
क्षणिक अात्मियताकाे बाहना गर्ने धेरै भेटिन्छन्
दुख पर्दा हात जाेड्ने सुख परे बाटाे माेड्ने भेटिन्छन्
स्वार्थका लागि नाता ताेड्ने र जाेड्ने भेटिन्छन्
खै अाजकल त म पनि ढिलै बुझ्छु कुरा हजुर
त्यसैले हाँसी हाँसी मुटु भित्र छुरा धस्छन हजुर

शिब महिमा

कतै ढाँटे जस्तो भयो कतै कुरा काटे जस्तै
चाहेर पनि खबर गर्ने भन्दा भुल भए जस्तै 
श्रावणी महिना शिबको महिमा प्रीत जस्तै 
धार्मिक मेला रजत पर्वमा बाेलबम भज्दै
त्रीवेणी, लक्ष्मणघाट, देबघाट गंगाजल भर्दै
ॐ नमःशिवाय ॐ नमः शिवाय जप गर्दै
त्रिपुण्ड ललाटमा एक हातले बजाउँदै डमरू
पहेंलो वस्त्रमा लावा लस्कर नचाउदै कम्मर
गुरु पुर्णिामाबाट शुरू भई जनै पुर्णिामा सम्म
महिमा स्वस्थानी ब्रतकथा देखि शिव पुराण सम्म
देवताका पनि देब तिमी कैलाशदेखि मानसरोवर सम्म
हिमालय पर्वत देखि चाैधै भुवनका मालिक तिमी
बाघ छाला नागकाे माला सति,गाैरी र गंगा पति तिमी
हिमसागर देखि श्मशाान घाट सम्म जप तप ध्यानी
सत्यं शिव सुन्दरं शान्त र शितल तिमी अात्म ज्ञानी
हजार जिब्रा शेषनाग थकित तिम्राे बयान १८ पुराण
लाखै बिन्ती गरूँ सक्दिन हे गाैरी ! छैन कुनै ज्ञान

हाम्रो मित्रता


सम्झिरहेकि छु तिमीलाई शब्दमा व्यक्त गर्न सकिन
खोजिरहेछन यी नयनले तिमिलाई भन्न सकिन
मनका कुरा खुलेर बोलु झै लाग्छ खोल्न सकिन
हरपल साथ दिन मन छ तिम्रो बिचार बुझ्न सकिन
कतै अन्जानमै तिम्रो  मन दुख्ला भन्ने डर लाग्छ
साथ दिन्छु भन्दा मित्रता नै टुट्ला भन्न् डर लाग्छ
बिडम्बना सबल भएर पनि अपांग झै उभिन सकिन
असल मित्र भएर पनि सबैभाव अवाक झै खोल्न सकिन

असारे कविता

असारमा खाने दुधिलो मकै साउनमा खाने खिर
घरमा छैन शितलु वचन मनमा छैन थिर
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला 
बनाई कुलो  लगाई पानी आएर गोडौला 
मनका बह असारे गित घन्काई नाचौला
दहिमा चिनी राखेर अचार चिउरा बाडौला
शहरको  धुलो  फोहरमैला प्रदुषण घटाउन
गाउँको बाँझो खनौला खेत अनाज बढाउन

प्रदेशी बहिनि

लाग्छ मलाई तिमी बिना एकपल बाच्न सक्दिन 
मनका कुरा तिमी बाहेक अरूसामु राख्न सक्दिन
हेरिरहेछु तिम्रो तस्बिर नजरबाट हटाउन सकिन
तिम्रो अनुपस्थितिलाई तस्बिरले मेटाउन सकिन
धेरै भएको छैन तिमीसंग टाढा भएकाे हिजै जस्तो लाग्छ
किन किन दुई नयनले तिम्रै बाटो कुरिराखु जस्तो लाग्छ
रातैभरि छट्पटिन्छ छाती थाल्छु मनैभरि गुनगुनाउन
केही गरि आउदिनन निन्द्रा देबि सुत भनी थुम्थुमाउन
के गर्दै होलिन मेरी बहिनी अहिले त्यो अन्जान ठाउमा
कति संझना आयो होला यहांको सक्दिन केही पठाउन