Saturday, October 13, 2018

अहो ! म कति स्वार्थी रहेछु ।


अहो ! म कति स्वार्थी रहेछु । आमा बिरामी भएको दिन गन्दै छु । आमाको सेवा गर्ने भनेर कहलिएकी छु । थाहै नभएको जस्तो गरि बुझेर पनि नबुझेको नाटक गर्दैछु । हो त आमाको गर्भमा  दस महिनासम्म कति पिडा भयो हाेला । त्यसपछिकाे आमाले प्रसव पिडा सात दिन सम्म जन्म र मृत्यु सँग युद्ध गरी अस्पतालमा कसरी विताउनु भयाे । त्यतिबेलाकाे पिडा अामाले सुनाउँदा मलाइ अामाकाे अनुहारमा पिडा प्रष्ट देख्न र अनुमान गन सकिन्थ्याे । जब म जन्मेको देख्दा सारा पीडा भुल्नु भयो ।  अामा सँगै अर्काे बेडमा एकजना महिला पनि प्रसव पिडाले छट्पटाउनु भएकाे थियाे रे । उनका ३ भाइ छाेरा रहेछन् यसपाली छाेरी जन्मिन्छ कि भन्ने ठुलाे अाशा रहेछ । तर फेरि पनि छाेरा नै जन्मे पछि अामालाइ साेधेछन् । कति छन् छाेरी भनेर अामाले एउटा छाेरी छ भन्नुभएछ । त्यसपछि उनीहरुले अहिले त छाेरा जन्मियाे हजुरलाइ भनेर भन्दा हाेइन मेराे छाेरी नै हाे भनेपछि नर्सहरुले भनेछन दिदी यति विरामी हुँदा पनि अाफ्नाे सन्तान के हाे भनेर हेर्नु भएछ । फेरि पनि फकाउँदै छोरासँग छोरी साटौ भनेर भन्दा छाेराछाेरी दुबै बराबर हाे भनेर लैंगिक विभेदका विरूद्ध सम्झाउनु भयो । त्याे समयमा मेरी अामाले पढ्न पाउनुभएन तर विवेकशील नारी भन्न चुक्न हुँदैन । र मलाई मेरी छोरी नै दिनु छोरा चाहिदैन भन्नुभयो । यसरी मलाइ अस्पतालबाट घर लिएर गएकाे कुरा अामाले  सुनाइरहँदा अामाकाे म प्रतिकाे प्रेमभाव कति थियाे भनेर सहजै अनुमान गर्न सकिन्छ । जब सम्म म सानै थिएँ रात दिन केही नभनी हुर्काउनु भयो । म सानाेमा धेरै  विरामी भए त्यस्ता कैयन रात अनिदो बस्नु भयो । खाना खान बसेका समयमा झाडाबान्ता गरेर भाेकै बसेका त्यस्ता कैयन रात अनिदाे रुँदै विताएका कुरा अामाले सुनाउनु हुन्थ्याे ।  माइतबाट पाएकाे पेवा सुनका असर्फी र चाँदीका असर्फी  गहना  पैसा र जग्गा सबै बेचविखन गर्न परेकाे कुरा सुनाउनु हुन्थ्याे । मैले त यसलाइ एकतिर र अर्काे तिर पैसा जाेख्ने हाे भने पनि यसकाे ताैल पुग्दैन भनेर भनिरहनुहुन्थ्याे । त्याे समयमा म विरामी भएर  झाडापखाला र वान्ताले गन्हाएका थाङ्ना र कपडाहरु अामाले घिन नमानी धुनुभयाे । तर आज आमाले खोक्दा आएको खकार र वान्ता सोहर्न मलाई कठिनाइ हुन्छ । जब आमाले दिशापिसाव गर्न शौचालय जान सक्नुभएन ।मलाई त्यहि सफा गर्न कठिनाई भयो । हो त ती दिन जब म बोल्न जान्दिनथे मैले लगाएको पुरै कपडा भिज्ने गरि दिशा पिसाब गरेका कपडा कसरी धुनु भयो होला । म कुनै अनुमान गर्न सक्दिनँ ।तर अहिले आमा बिरामी भएको प्रत्येक पलहरू सेवा गर्न तत्परता देखाएको भएता पनि आमाले गरेको जिम्मेवारी, माया ममता र ती कठिनाइहरूको अगाडि यी सव तुच्छ हुनेछ । तर दुर्भाग्यपूर्ण कुरा म कति स्वार्थी रहेछु । मैले आफुले भोगेका दैनिकी अरूलाई सुनाएर सबैको नजरमा महान बन्ने कोशिस गरेको रहेछु । हो त म कति स्वार्थी रहेछु । आमा मलाई माफ गर्नु । म आफुलाई सुधार्ने प्रयास गर्नेछु । हजुरसँग भएका असल गुणहरूको अनुसरण गर्ने प्रयास गर्नेछु ।मैले हजुरकाे निद्रा र माइतीकाे पेवा फिर्ता गर्न नसके पनि सेवा गर्न निस्वार्थ भावले पक्का सक्ने छु । 

Thursday, October 4, 2018

कविता

राधा बन या मीरा बन तिम्रै मर्जी भाे 
म त कृष्णा बन्नु कानूनमा फर्जी हाे 
न त सक्छु काैरवलाई युद्धमा हराउन 
न त सक्छु महाकाली भई संहार गर्न 
न सक्छु निर्मलाकाे जस्तो पीडा भुल्न
न सक्छु सबुत प्रमाणहरू सहजै बटुल्न
सहज कहाँ छ नारी अस्तित्व जाेगाउन
तर हेर धेरै सहज छ बलत्कारी लुकाउन

जति खाेज तिमी भेटिदैन सबुत प्रमाणहरु 
अाउलान बरु धम्की त्रासपूर्ण सन्देशहरु 
प्रत्येक दिन निर्मलाहरु लुटिएका छन् 
सधैं दाइजाेकाे निहुँमा कुटिएका छन 
कानून नभएकाे हाेइन हाम्राे देशमा 
रक्षक नै बसेका छन् भक्षककाे भेषमा  
अब महाकाली बनेर अाउ खड्ग समाउ
बलत्कारी रक्तवीजहरुकाे समाप्त गराउ 

Wednesday, October 3, 2018


शास्त्र र हाम्रो चिन्तन भन्दा पनि पर , पर+ आत्मा = परामात्मा हुनु हुन्छ ।जस्लाई ऋगवेदमा भनेको छ । जो साकार र निराकार ॐ कार पर ब्राह्म हुनु हुन्छ । जस्लाई गायत्रि मन्त्र ले स्तुति र ध्यान गरिन्छ । जस्लाई नत देव , नत मानव, नत दानवले नै जान्न र चिन्न सक्छन । हाम्रो ज्ञान बिबेक भन्दा बाहिरका ती ईश्वर लाई केवल भक्ति श्रध्दा , चिन्तन र मनन बाटै देख्न सकिन्छ यो शरीर वा यी आखाले देख्न वा जान्न सक्दैन । माहाभारतमा लेखेको छ । अक्षरम प्रम्म ब्राह्म ज्योति रुपमम सनातनम , गुणातितम निराकारम स्वक्षा मनमा अनन्तनम । जुन ईश्वर को न त रुप हुन्छ न त आकार हुन्छ न त उ पुरुस हो न त उ नारी हो ।न त कुनै चित्रछ न त मुर्ति न त कुनै मन्दिर नै हुन्छ । उ बिश्व ब्रह्माण्ड मा ब्याप्त छ । भित्र बाहिर तल माथि जतासुकै केवल ॐ नै ॐ छ ।मुर्ती मन्दिर मस्जिद चर्च फोटो केवल संम्झना र मनमा याद दिलाउन मात्र हुन ।जस्तै ...........हामिले चोक चोकमा गाउँ गाउमा महाराज धिराज पृथ्वीनारायण शाहाका सालिक राखेका देखेका छौँ ।के हामिले फुल चढाउदै मालाई लगाईदिएर नमस्कार गरेर मात्र हुन्छ ? के हाम्रो पुजा त्यति मात्र हो ? केवल योत एक देखौटि मात्र हो मैलेे फुलले पुजा गरे छेउमन बसेर हातमा फुल समाएर फोटो खिच्नु ।यो कुनै पुजा गर्ने तरिका हैन ।मुरतिले केवल याद दिलाउछ ।कि यो कस्को हो को हो किन र के का लागि यहाँ स्थपना गरियो ।अब यी कुरा जानेर पृथ्वीनारायण शाहाको हित उपदेशलाई पढेर हामिले हाम्रो जिवनमा प्रयोग गर्नु नै बास्ताबिक पुजा हो ।धर्म शास्त्र ले भन्छकि तिमिले धर्म को रक्षा गरे मात्र तिमिलाई पनि धर्म ले रक्षा गर्नेछ नत्र सबका सब बिनसको बाटोमा लाग्नेछ ।र अहिले त्यस्तै भईपनि रहेको छ ।
भन्छन बिनास काले बिपरिध्द बुध्धि । सनातन भनेको सृष्टिको सुरुवातमा ईश्वर बाटै स्थापित एक सिस्टम हो ।मानव को हो के हो मनवले कसरी प्रकृति लाई कसिर आफू उपयुक्त बनाउन सक्छ ।कर्म र कर्तव्य के हो कसरी खाने , कसरी बस्ने कसिरि जिउने कसरी ईश्वर को स्थुति गान गर्ने यो सिस्टम सिकाउछ । वेदले भन्छ तिमी मानव बन । बाईबलले भन्छ तिमी ईसाई बन , कुरानले भन्छ तिमी मुस्लिम बन । मुस्लिम बन ईसाईबन त्यस पछि के बन उस्ले भन्न सक्दैन । तर वेदले भन्छ तिम्रो शरीर ईश्वर ले दिएको आत्मको घर हो ।तिमी मानवको रुप मात्र हौ ।तर मानव हैनउ । डकटरले लाउने सेतो कपडा लाउदैमा कोहि डक्टर हुदैन ।वकिललले लाउने कालो कोट लाउदैमा कोहि वकिल हुदैन ।त्यस्तै मानवको शरीर मिल्दैमा मानव हुदैन मानव बन्न बेद पढनै पर्छ अनि मात्र ज्ञान लाई ब्यवहार मा उतारे पछि मात्र मानवको उपाधि मिल्नेछ भनेर लेखेको छ ।साक्षात आफुलाइ जन्म दिने भगवती देबि आमाको रुपमा हामीलाई ममता मया स्नेअ दिएर आफुले खाई नखाई भोकै बसेर हामिलाई खुवाएर हुर्काउने आमा घरमा हुदा हुँदै । आमाको फोटो लाई पुज्न आवश्यक छैन स्वयम् आमाकै सेवा गरे आमालाई पुजेक‍ो हुन्छ तब मात्र हामीलाई जन्म दिने आमा हामी देखि खुसि हुनु हुनेछ हैनर कि आमाको सेवा नगरेर आमाको मुर्ति बनाएर पुजा गर्दा आमा खुसि हुनैछ तपाईको बिचार केछ ?.......भगवान साक्षात , भगवानको यो शरीर विश्व ब्रह्माण्ड हो । यो धर्ति यो आकास हामिले लिने सास हावा , हामिले पिउने पानी, हाम्रो सृष्टि पालन र संहार गर्ने सुर्य ,,,,,र यो शून्य नै सबै मिलाएर ईश्वर को शरीर वा रुप हुन्छ । यहि ईश्वर को सरिरको ध्यान चिन्तन गर्न भनेर अनेक धर्म शास्त्र बनिए , फेरि पनि मान्छे हरु सतसंगमा नगई उहीँ मुरति र फोटो लाईनै भगवान ईश्वर भनेर किन पुजा गर्छन् ???????
भगवान कृष्ण गितामा अर्जुन लाई भन्नू हुन्छ ।जसरि आगोले सम्पूर्ण काठ लाई जलाएर खरानी बनाउछ त्यसै गरि गिता रुपि ज्ञान आर्जन ले मात्र मान्छे लाई मान्छे ले गरेका सम्पूर्ण जानि नजानि गरेको पाप कर्म लाई नास गर्छ । सम्पूर्ण माहाभारत भागवत गिता रामायण मा काहीँ पनि हेरेकृष्ण हरेकृष्ण हेरे राम हरेराम जपेर बस मलाई पाउछौ र पाप बाट मुक्ति पाउछौ भनेर लेखेको छैन ।धर्मिक गुरूुको संग संगत गर्नुनै तिर्थ हो । गुरु ईश्वर हैन ।गुरु मार्ग दर्शक मात्र हुन जस्ले ईश्वर र मानव बिचको दुरिलाई घटाई जोडने काम गर्छन् ।जस्तै .......सगरमाथाको आवहरण (चढन) टेरनिङग काठमाडौं को एक होटलमा बसेर एक प्रशिक्षण दिईन्छ । जुन सिकाउने पढनउने शिक्षक हुन्छ उ आफै सगरमाथा गएर चढेर सिकाउदैन ।चढनु आफै पर्छ । उस्लेत यसरी चढने बाटामा यस्ता यस्ता कठिनाई आउँछ कठिनाईमा यसरी बच्ने भनेर सिकाउछ ।तर गुरु आफै आएर बचाउदैनन ।गुरुको निरदेशन मात्र माध्यम हो हामिले गुरुको आज्ञाको पालन गर्नुपर्ने हुनछ तब मात्र सफल होईन्छ ।हामिले पाठसाला खोल्न ठूलो धनरासि खर्च गरेर भब्य महल बानउने है न । हाम्रो उधेष्य पाठसालामा पढने मान्छे खोज्नुपर्छ र पढाउने मान्छे ।यदि पढने र पढाउनेनै नभए पछि भवन मात्र बनाएर के काम के अर्थ ??????????भगवान कृष्ण को आदेस छ कि दान मा बिध्या दान सबै भन्दा उतम हो जस्ले शास्त्रीय ज्ञान बाट आफुले आफुलाई सुधारन सकोस ।विश्वमा तेत्रा युग सम्म एकक्षत्र सनातन धर्म मात्र थियो ।संस्कृत भाषाको ज्ञानको अभाव र कलिजुगको प्रभाव ले र मान्छे लाई मान्छे ले पैसामा किनबेच गर्न थालेकाले मोह लालचमा परेर अन्य नयाँ नयाँ सम्प्रदाय लाईनै धर्म लेखेर धर्म परिवर्तन को खेलको सुरुवात हुन गयो । वास्तविक जुन ज्ञान विज्ञान छ त्यो ओझेलमा पर्न गयो ।वास्तविक हिन्दु कुनै धर्म हैन ।सृष्टि देखि चलि आएको संस्कार नै हाम्रो सनातन धर्म हो । सनातन संस्कार मा अन्तर छ । सस्कार कुनै निश्चित समय देखि चलिआएको नियम हो जस्तै कृष्ण जन्म अष्टमि राम नवमि बुध्ध जयन्ती नवदुर्गा पुजा यी पर्व को रुपमा मनाउने चलन हो ।जसरि हामिले प्रजातान्त्रि , संजिधान दिवस नारि दिवस मानाउछौ त्यस्तै मात्र हो । त्रेता युग भन्दा अगाडि कृष्ण जन्मअष्टमि मनाउने चलन थिएन त्यो भन्दा अगाडि कृष्ण को जन्मै भएको थिएन ।त्यस्तै दापर युग अघि रामनवमि मनाउने चलन पनि थिएन जब राम स्वग गए तब मात्र उहाको जिवनि लाई भगवानको अवतार मानेर उहाको संम्झनामा रामनवमि मनाउन थालियो । नवदुर्गा दशैमा टीका लाउदा भन्ने मन्त्र पढेर जान्न सकिन्छ कि यो पनि सत्य युग देखि चलि आएको हो भनेर । तर ईश्वर को उपसाना गर्ने र हाम्रो जन्म देखि मृत्युु सम्म गरिने जुन यज्ञ बिधान छ त्यो मात्र सृष्टिको सुरुवात देखिनै मानिदै आएको अनेक शास्त्र को मत छ । न्वारान ब्रतमन्धम बिवाह मृत्यु र अन्य कुनै पनि पवित्र कार्य मा गरिने होमादि होम यज्ञ नै हाम्रो मुल धर्म वा सस्कार हो ।यज्ञ ले सम्पूर्ण वातावरण लाई फिल्टर सुध्ध प्रसोधन गर्छ ।अनेकउ रोग को उपचार र हानिकारक जिवाणुला रोक्छ ।भगवानको मुख एक यज्ञको अग्नि र अर्को वेद पठनपाठन गर्ने गराउने ब्राह्मण हुन भनेर पुराण को मत छ ।चाहे राम हुन चाहे कृष्ण हुन जुनसुकै परिस्थिति मा पनि उहाहरुले जहाँ जादा पनि यज्ञ बाटै ईश्वर स्थुति गर्नु भएको छ ।रामले र कृष्ण ले हामीलाई रामका पनि ईश्वर रामेश्वर ॐ कार माहादेव को नै पुजा आराधाना शिवलिङग स्थापना गरि अग्नी देव लाई यज्ञमा चरुले आहुति दिएको कुरा रामायण मा मैले पढेको छु भने ।.........कृष्ण भगवान ले पनि कुरुक्षेत्रमा लढाई सुरु मध्य र अन्तमा यज्ञ स्थापना गरि ईश्वर को स्थतिगान महिमा पाण्डव हरु संग बसेर गरेको कुरा माहाभारतमा छ ।हुनत कृष्ण आफै ईश्वर भएर पनि जुल लिला गर्नु भयो त्यो लिला बास्तबमा हामिलाई सिकाउनकै लागि थियो । अर्जुन का छोरा अभिमन्युु चक्रब्युमा परि मरदा पनि ।सदगति गर्नु भन्दा अगाडि यज्ञ स्थापना गरि होम गरेर मात्र अन्य काम गरेका थिए ।मानिसले यथा संम्भव जुनसुकै परिस्थितिमा पनि घरमा यज्ञ स्थापना गरि होमादि दावरा ईश्वर को आरधाना गर्नु पर्छ ।जुन संस्कार अझै यथावत छ ।जस्तो बिहे हुदा बेहुला बेहुलि लाई यज्ञमा होम र यज्ञको परिक्रमा गराईन्छ । त्यहा कुनै भगवानको फोटो राखिदैन ।न्वारन गरदा वा जुनसुकै उतम काrya गर्दा पनि अग्नि स्थापनानै गरिन्छ ।ऋगवेद को पहिलो मन्त्र पनि अग्नि बाटै सुरु छ । अग्निको ज्योति को जुन प्रकाश र ताप छ त्यसैलाई गायत्री भनिन्छ ।जस्लाई अलग गर्न सकिदैन । प्रकृति ईश्वर र आत्माको जुन जुन एक रुप छ ।त्यसलाई अ+उ+म=ॐ भनिन्छ । ईश्वर अविनासि छ अन्नत छ जस्लाई जान्न जानेर सकिदैन जस्ले जान्न कोसिस मात्र गरे उनै भगवान हुन्छ जस्तै राम कृष्ण बुध्द । समुन्द्र मा नदिको पानी मिसिए पछि नदिको पानी पनि भगवान भए जस्तै हो । र हाम्रो उधेष्य पनि त्यहिनै हुनु पर्छ ।नदिको एउटै मात्र लक्ष्य हुन्छ समुन्द्र मा मिसिनु ।मिसिनु भन्दा अगाडि नदिलाई कोसि गण्डकी नारायणी जे जे भने पनि नदि मिसिए पछि मात्र समुन्द्र नै भनिन्छ ।धनकुमारि + कृष्णप्रसाद जे जे भने पनि उधेष्य ईश्वर प्राप्ति नै हो प्राप्ति पछि सबै एकै हुन्छ ।जतिसुकै पानी जतिसुकै नदि नाला बाट बगेर समुन्द्र मा गए पनि समुन्द्र जतिको त्यतिनै हुन्छ ।जतिसुकै चरको घामले सुकाए पनि बाफ बने पनि पानी त्यतिनै हुन्छ । त्यस्तै...... ईश्वर कोधाम सबैको आउने र जाने आश्रम हो । त्यहा जाने गै रहेका हुन्छन पुण्य सकिए पछि आउने आई रहेका हुन्छन । १ मा १ जोडदा पनि १ नै हुन्छ र १ मा १ घटाउदा पनि अन्तमा १ नै बाकि रहन्छ त्यहि ईश्वर को धाम निवास स्थान हो । त्यसैले भौतिक बस्तुलाई निरमाणमा हैन ज्ञान को स्थापनाको निम्ति आफुलाई प्रयोग गर । भारत तथा विश्व बाट हजारौं हजार मन्दिर लडाईए मन्दिरले धर्म र हाम्रो परम्परा लाई जोगाउदैन । यदि जोगाउछ भने ज्ञानले मात्र जोगाउछ ।अदालत मा गिता छोएर कसम खान लगाईन्छ ।तर गितामा केछ पढाईदैन ।अज्ञानि जनले सामान्य पुस्तक सोचेर गितालाई छोएर झुट बोली दिन्छ । यदि गिता पढने र पढाउने बुझने र बुझाउने हो भने त्यो अदालतको कामै हुदैन किनकि गिता पढिसकेपछि बुझिसके पछि कसैले कसैलाई अन्याय र अत्यचारै गरदैन । अब तिमिनै भन निसाफ को लागि अदालत बनाउनेकि या शान्तिपूर्ण वातावरण बनाउन गितारको अध्यन गर्न र गराउन लगाउने ??????????????????जब बलि प्रथा गलत हो भनेर तिमिले जानेकि बुझेकि छौ ।भने मन्दिरमा पैसा सुन चाधि चढाउनु पनि एक मुरखता हो भनेर एक लेख लेख । भगवानलाई पैसाको आवश्यकता हुदैन । भावको आवश्यकता हुन्छ । पुष्पम पत्रम जलम नैबेदम धपम मात्र चढाउने विधि बिधान छ । जुन मन्दिरमा चढाईएको भेटि धर्म रक्षा धर्म शिक्षा , धार्मिक सेवामा वा दैवीप्रकोप मा परेका मान्छे को उधारमा खर्च गरिदैन भने त्यो मन्दिरमा भेटि चढाउनु एक मुर्खता मात्र हो ।भगवान कृष्ण भन्नू हुन्छ दान योग्य ठाउमा मात्र देउ दिएको दानले कसैको भलाई हुन्छ भने मात्र नत्र नदेउ भनेको छ । रुखो सुख्खा चट्टान ठाउमा बीउ नरोप रोपेको बीउ त्यसै खेर जान्छ ।बिरुवा वा बीउ रोप्नुनै छ भने उबजाउ मलिलो माटोमा रोप, एकन एकदिन त्यसले फल दिनेछ ।सुत्ने बेलामा सधै मनलाई ईश्वर मा परामात्माको चिन्तन गर्दै निन्द्रा देवी को काखमा जानू होला है ल ।मेरि कति ज्ञानी बैनि । म तिमिदेखि धेरै धेरै खुसि छु ।गरुड पुराण मा एक कथा छ ।एकदिन यमराजका दुत पृथ्वी मा घुम्दै थिए उनको हातमा ज जस्को मिति समय सकिएको थियो उनिहरुको नाम लिस्ट थियो । प्रचण्ड गर्मी का कारणले उनी हिडन डुल्न मुस्किलले गर्थे । बाटो को नजिकै एक एक किसानको घरमा गए त्यो घरमा रामबाबु भन्ने मान्छे बस्थे उनको समय सकिएको हुनाले आजै र अहिल्यै उनलाई यमलोक पठाउनु थियो । यमराजको दुतले आफ्नो परिचय दिए र आफू आउनको कारण पनि बताए तर उनी थकित पनि हुनाले एकछिन आराम गर्ने बिचार गरे रामबाबु ले उनलाई आरम गर्न ब बिस्तारा लगाई दिए र उनी ढल्किए राम बाबुले आफ्नो नाम सबैभन्दा माथि सिरानमा देख्यो ।र उस्लाई तुरुन्तै यमललोक जाने कारणले दुखित भयो ।अनि घरभित्र पसेर बेहोस हुने अउषधि मिसाएर यमदुत लाई महि पिउन दियो ।यम दुत खुसि हुँदै पिएर एक छिन सुते।यहि मौकामा राम बाबुले सबैभन्दा माथि भएको आफ्नो नाम काटेर सबै भन्दा तल लेखिदियो । केही बेर पछि यमदुत बिउझिए र खुसि हुँदै भने हे मनुष्य म तिम्रो सेवा देखि एकदमै खुसि छु ।तिम्रो नाम पहिले थियो तर अब म उल्टो तल देखि सुरु गर्ने छु भनेर भने ।मेरि बैनि जे हुनुछ जे हुन्छ त्यो भएरै छाडछ ।टारेर टरदैन ।जतिनै उपाय लाए पनि हुदैन । मान्छे को सरिरको कुनै भरोसा हुदैन दैवले कुनै पनि बेला लान सक्छन् ।मृत्यु हुनु अघि , रोगले छुनु अघि बृद्धअबश्था अवस्था हुनु अघिनै बल उमेर र स्वास्थ छदै हामिले परलोक सुधार्नु पर्छ । भरे भोलि वा पछि गरौंला भनेर सोच्नु हुदैन । भोलि के हुन्छ भनेर कस्ले देखेर आएको हुन्छर ?तिमिले कसै संग बोल्दा भेटदा छुटिदा अति प्रेम पुर्बक संग व्यवहार गर्नु ।भोलि भेट होला नहोला कतै यहिनै अन्तिम भेट र मिलन हुन पनि सक्छ भन्ने सोचेर व्यवहार गर्नु ।सबै संग मिलानसार हुनु ।खुसि हुनुमेरि प्यारि बैनि, जस्लाई भगवानले चाहानु हुन्छ माया गर्नु हुन्छ र आफू संग राख्न चाहानु हुन्छ भने उस्लाई अनेक दुख कष्ट दिनु हुन्छ ।यहि बेलानै मानिसको परिक्षाको घडि हुन्छ जस्तोसुकै संकट आई लागे पनि दुख भए पनि मानिसले आफ्नो धर्म छाडनु हुदैन ।यी सबै कठिन अवस्था धर्म पुर्बक पार गर्नालेनै मान्छे ले आफुलाई मुक्ति दिलाउन सक्छ ।किनकि मानवले जिवनमा जानेर वा नजानेर अनेकौं पाप गरेको हुन्छ । ती पाप हरुको सजाय भोगेर मात्र मुक्ति होईन्छ ।एकदिन मैले कोठेबारिमा खुर्पा हराए भेटिन तर धेरै महिना पछि फेरि भेटाए , मलाई त्यो खुर्पाको अति माया लाग्थ्यो किनकि त्यो फलाम उन्नत जातको गाडिको spring patti को बनाएको थिए ।माया लाग्यो उठाए हेरे धेरै दिन सम्म जमिनमा गाडिएकोले गर्दा त्यसमा खिया लागेको थियो कुनै पनि बस्तु काटन नमिल्दो थियो ।त्यसलाई मैले घरमा राखिन किनकि फोहोर थियो ।अनि मैले कामिकोमा लगे उस्ले आगोमा हालेर रातो बनाएर कुटयो धार लगायो अनि पानिमा चोबेर सेलायो अनि मलाई दियो र मैले घर ल्याए र पुन आफू संग राखेर प्रयोग मा लगाए ।हो त्यस्तै मानवले पाप गरेको हुन्छ पाप र उ असुध्द हुन्छ ।खुर्पा लाई कामिले कुटेर पिटेर धार लगाएर सुध्द बनाए जस्तै ईश्वर ले पनि आफ्नो पृय भक्त लाई सुध्द गरेर मात्र आफुमा मिलाउनु हुन्छ ।मईले बाईबल पढे कुरान पढे त्यहा लेखिएको छ कि धरमान्तरण गर्ने बितिकै ईसुले सबै पाप बाट मुक्त गरि दिनु हुन्छ भनेर तर हाम्रो पुराणमा चाहिँ पापको सजाय काटेर मात्र सुध्द होईन्छ भनेर लेखेको छ ।चाहे राजा होस वा रैति होस जस्ले हत्या बलात्कार गरेको छ भने उस्लाई कानुन बमोजिम सजाय दिएर भोग गरेर मात्र मुक्ति दिईन्छ ।राजा भन्दैमा बिना सजाय मुक्ति दिन पाईदैन भने हाम्रो शास्त्र मा उल्लेख गरेको छ ।त्यसकारण बैनि जिवनमा दुख भयो भनेर नडराउनु त्योत भगवानले हामिलाई माया गरेर शुद्ध सफा गर्नु भएको भनेर संम्झिनु तिमिले ।भाग्य भन्दा धेरै र समय भन्दा अघि भगवानले पनि दिनु हुन्न कुनै पनि कुरामा चिन्ता नलिनु ।ईश्वर ले जे जे गरिरहेका छन त्यो हाम्रो भलाईका लागिनै गरेका हुन्छन् ।

ॐ नमः शिवाय ।