Thursday, October 4, 2018

कविता

राधा बन या मीरा बन तिम्रै मर्जी भाे 
म त कृष्णा बन्नु कानूनमा फर्जी हाे 
न त सक्छु काैरवलाई युद्धमा हराउन 
न त सक्छु महाकाली भई संहार गर्न 
न सक्छु निर्मलाकाे जस्तो पीडा भुल्न
न सक्छु सबुत प्रमाणहरू सहजै बटुल्न
सहज कहाँ छ नारी अस्तित्व जाेगाउन
तर हेर धेरै सहज छ बलत्कारी लुकाउन

जति खाेज तिमी भेटिदैन सबुत प्रमाणहरु 
अाउलान बरु धम्की त्रासपूर्ण सन्देशहरु 
प्रत्येक दिन निर्मलाहरु लुटिएका छन् 
सधैं दाइजाेकाे निहुँमा कुटिएका छन 
कानून नभएकाे हाेइन हाम्राे देशमा 
रक्षक नै बसेका छन् भक्षककाे भेषमा  
अब महाकाली बनेर अाउ खड्ग समाउ
बलत्कारी रक्तवीजहरुकाे समाप्त गराउ 

No comments:

Post a Comment