Monday, August 31, 2015

महिला अधिकारका लागि पुरुषले खेलेका महत्वपूर्ण भुमिका

महिला अधिकारका लागि पुरुषले खेलेका महत्वपूर्ण भुमिका :
महिलाहरुले हक र अधिकारका विषयमा विभिन्न क्षेत्रबाट आवाज उठिरहेको र मस्यौदा संविधानका लागि सुझाव संकलन गर्नका लागि जब विभिन्न क्षेत्रमा भेलाहरु भए सो समयमा उठेका आवाजहरुबारे फेसबुकमा धेरै चर्चामा र अखबारको पहिलो हेडलाईन बने पुर्वका महिलाहरुले यदि श्रीमानले दोश्रो विवाह गरेर घरमा श्रीमती ल्याउछन भने महिलाहरुले पनि दोश्रो विवाह गरी दोश्रो श्रीमानलाई पनि सँगै राख्न पाउनु पर्छ भन्ने आवाज उठेका समाचारले मेरो ध्यान केन्द्रित गराएको थियो । यस्तै रातोपाटीडटकम अनलाईन समाचारमा महिलाहरु विवाह गर्न किन डराउँछन भन्ने विषयलाई लिएर समाचार आएको थियो । यी सबै समाचारहरुले मेरो मनमा जिज्ञासा जाग्यो र मैले फेसबुक स्टाटसमा लेखे “जीवन जगत र प्रेममा जसलाई सजाउनु भयो के उहाँले तपाईको भावना आदर्श र प्रेमको सम्मान गरेको पाउनु भएको छ ?” यसमध्ये दुई जनाले पाएका छौं भन्ने जवाफ पाएँ । मेरो प्रश्न मात्र महिला केन्द्रित थियो । तर यसमा पुरुषहरुको जवाफ आए पछि मेरो विचार परिवर्तन भयो । फेरि इतिहास नियाल्न मन लाग्यो । हिजोको ढुंगे युुगबाट आजको कम्प्युटर युग सम्म आईपुग्दा महिलाहरुमा धेरै चेतना जागेको छ र हक अधिकारका बारेमा पैरवी गर्ने स्थानमा पुग्न सफल भएका छौं । 
आज हामी नेपाली नारी चेतनशिल हुनुमा यसको प्रमुख श्रेय पुरुषहरुको नै हो । यदि हिजोका दिनमा जतिबेला छोराछोरी विचको भेदभाव हुने गर्दथ्यो । नेपालमा धनिपरिवारका छोराहरु भारतको वनारसमा गई संस्कृत अध्ययन गरी फर्कन्थे । तर छोरीलाई भने शिक्षा दिनु पर्छ भन्ने सोचको विकास हुन सकेको थिएन । २००७ सालको प्रजातन्त्र पछि छोरीलाई पनि शिक्षा दिनु पर्छ भन्ने आवाजहरु उठे र विकसित शिक्षाको लागि सर्वशुलभ स्थानमा बसोवास गर्ने छोरीले शिक्षा प्राप्त गर्न सफल भए भने पुर्णरुपमा छोरीलाई पढाउनु पर्छ भन्ने चेतना जनमानसमा जागेको अवस्था थिएन । हिजोका दिनमा नारीलाई घरका काममा बढी प्राथमिकता र फुर्सदमा मात्र शिक्षा घर गरेर खानु पर्छ । त्यसैले घरको धन्दा सबै छोरीले सिक्नुपर्छ भनि घरमै सिमित गरेर छोरा भनेको त बाहिर जहाँ गएँ पनि कुनै रोकतोक हुदैनथ्यो भने अहिले पनि यो परम्परा कायमै छ । 
पुरुषका सकारात्मक पक्षहरु ः
हामी सधै भरि पुरुषका कमिकमजोरीमात्र देख्छौं पुरुषका सवल पक्षहरुका बारेमा कहिल्यै बहस गरेको सुन्नमा आएको छैन । ढुुङ्गे युगबाट आजको २१ औं शताब्दी सम्म आइपुग्दा महिलाहरुलाई पुरुषले नै सहयात्री बनाउनका लागि खेलेको भुमिका अहम छ । हिजोका दिनमा घरमा सिमित भएका नारीहरुलाई शिक्षा क्षेत्रमा शिक्षिका, उद्योग व्यवसायको क्षेत्रमा सफल उद्यमी व्यवसायी, राष्ट्रसेवकका रुपमा महिलाले पनि सेवा गर्ने अवसर पाएका छौं । यसरी सहयात्री बनाउने पे्ररणा हौसल्ला हामीले पुरुषबाट पाएका हौं । चाहे त्यो सकारात्मक तवरबाट होस चाहे हामीले भोगेका घरेलु हिंसाका कारण विकल्पका रुपमा अपनायको बाटोबाट होस् आखिर उत्प्रेरक तत्व भनेका पुरुष नै हुन । यति मात्र होइन आज उच्च ओहदामा पुरुष पुग्दा उनीहरुले आफ्नी श्रीमती पनि उत्तिकै सम्मान योग्य बनोस मात्र सुन्दरता होइन । हिजोका दिनमा आफ्नी आमालाई हुने गरेका क्रियाकलापको नतिजा हो । हामी नारी अधिकारका विषयमा जति नै पैरवी गरेता पनि पुरुषहरुले सहयोग नगरेको भए हाम्रा हक बारे माग राख्ने अवस्थामा हुने थिएनौं । बहुदलिय प्रजातन्त्रको आगमन सँगै महिलाहरुले पनि नेतृत्व लिन अवसर पाएका थियौं । आफ्ना हक अधिकारकाबारे अध्ययन गरि आम महिलाहरुलाई उनीहरुका हक अधिकारका लागि आवाज उठाउन सक्षम भएका छौं । हालै बनेको मस्यौदा संविधानमा पनि पुरुषहरु स्वयंले बलत्कारीलाई फाँसीको दण्ड सजाय राख्नु पर्ने माग राखेको सुनेका छौं । त्यसैले हामी पुरुषका सकारात्मक कार्यहरुको सह«ाना गरी प्रोत्साहन दिन जरुरी छ । त्यतिमात्र होइन महिलालाई एनजिओ÷आईएनजिओमा विभिन्न खालका कार्यक्रमहरु बनाई उनीहरुका कार्यक्रम सफल बनाउन पनि उनीहरुले महत्वपूर्ण भूमिका खेलेका छन । पहिलेका पुरुषहरुले जस्तो महिलाले मात्र घरको काम गर्नु पर्छ भन्ने धारणा गलत हो भनेर महिलाले गर्ने घरेलुकाम देखि बाहिर सम्मका हरेककाममा होस्टेमा हैसे गर्ने पुरुषको संख्या बढ्दो छ । सामाजिक कुरिती र कुसंस्कारलाई पुरुषहरुले नै निरुत्साही गर्ने गरेको पाइन्छ । आजभोलि विवाहकै प्रसङ्ग आयो भने पनि पहिलो प्राथमिकता भनेको शैक्षिक योग्यता, त्यसपछि कार्यक्षमता, त्यसपछि मात्र अन्यकुराहरुमा ध्यान दिने गरिन्छ । पुरुषले कुनै न कुनै स्थानमा महिलालाई अवसर पाउने ठाउँमा सहयोग गरी रोजगारको अवसर दिलाएका पनि छन् । कहिं कहिं त महिलालाई विवाह पश्चात शिक्षित बनाएर उच्च तह सम्म जागिर तथा प्राध्यापन क्षेत्रमा सफल बन्नुमा पुरुषहरुको ठूलो भुमिका खेलेको पाइन्छ । महिलाका प्रजनन् स्वास्थ्य देखि लिएर हरेक कुरा प्रति सचेत हुने पुरुषको संख्या पनि बढ्दो छ। तीजमा गरिने व्रतको प्रसंगमा पनि उनीहरुको सहमती हुदैनन् । तीजको अघिल्लो दिनमा खाएको आहार विहारले तीजको दिनमा निराहार ब्रत गर्दा स्वास्थ्यमा गंभीर समस्या आउने हुँदा व्रत बसेर भन्दा पनि रमाइलो गरुन भन्ने धारणा पुरुषको हुन्छ । तीजको दिनमा व्रत नबसेकैकारण मेरो आयु कम हुने भयो भनेर महिलामाथि हिंसा गरेका घटना अहिले सम्म सुन्नमा आएको छैन । 

पुरुषका कमजोर पक्षः
मानवमा पुर्णरुपमा सवल पक्षमात्र हुन्छ भन्ने हुँदैन तर पनि कमजोर पक्षहरु पनि उत्तिकै हुन्छन । कमजोर पक्ष सकेसम्म देखाउन महिला वा पुरुष दुबैले चाहेका हुँदैनन् । सबै आ–आफ्ना ठाउँमा सवल छु जस्तो लाग्छ । तर पनि आफ्ना कमिकमजोरी चाहेर वा नचाहेर बाहिर आउने गरेको पाइन्छ । विशेष गरी सामाजिक परम्परालाई प्राथमिकता दिने बंश चलाउनका लागि छोरा नै जन्माउनु पर्ने भनेर धेरै सन्तान जन्माउृने, छोराका चाहनामा गर्भपतन गराउने, छोरा नजन्मेको कारण देखाई दोश्रो विवाह गर्ने, खुला विचार गर्नु पर्छ भन्ने घरमा भन्दा बाहिर मनोरन्जनमा खर्च गर्ने, घर व्यवहारका लागि सिमित खर्च दिने । यति मात्र होइन यो दृष्टिकोणको पनि सवाल हो जति पढायो उति नै मुर्ख पनि भएको पाइन्छ । मानिसमा अराजकता व्यक्तिवादको हिंसा बढ्दो छ । निसन्तान हुनु महिलाको मात्र दोष सम्झने र दोश्रो विवाह गर्ने पुरुषहरु हिजो अशिक्षित भएका कारण थियो भने आज शिक्षित पनि अशिक्षित जस्तै बनेर आधा उमेर सम्म सन्तान चाहिदैन हामी खुशी भए पुग्छ भन्ने जब उमेर ढल्कदो अवस्था ४५÷५२ वर्षको पुग्छ त्यो उमेरका पुरुषहरु दोश्रो विवाह गर्छु तँबाट सन्तान नभए पछि मलाई कि त छोडपत्र दे कि त दोश्रो विवाह गर्ने सहमति यस्ता शर्तहरु राख्ने क्रम पनि उत्तिकै छ । एकातिर यस्तो छ भने घरमा श्रीमती हुँदाहुदै थाहै नदिई दोश्रो विवाह गरि महिलामाथि हुने दुव्र्यवहार पनि उत्तिकै छ । यस्ता समस्याहरु शिक्षित व्यक्तिहरु जसका श्रीमती इज्जतका डरले मौन रुपमा यातना सहेर बसेका छन । निसन्तान हुनु महिलाको मात्र दोष होइन कहिले काहिँ पुरुषको कारणले पनि सन्तान नहुन सक्छ । तर यो कुरा बाहिर आयो भने आफ्नो पुरुसत्वमा प्रश्न उठ्ने र आत्म सम्मानमा ठेस लाग्ने डरले यो कुरा लुकाउने प्रयास गर्ने गर्दछन् । उनीहरु शिक्षित भएको यतिबेला कुनै अर्थ रहदैन । पारिवारिक दबाबकै कारण परिवारलाई सम्झाउन असफल हुन्छन किनकी विवाह गर्नु भनेको सन्तान जन्माउनका लागि मात्र नभई सुखदुखमा जीवनभर साथ निभाउने भनेर गरिने । यहाँ त सन्तान नजन्मेकैका कारण समाधानको विकल्प खोज्नुको सट्टा दोश्रो विवाह गर्न तयार हुन्छन् । यो समस्या आजको होइन धेरै वर्ष पहिले देखिको हो । विकल्पका रुपमा टेस्टयुब बेबी जन्माउने एउटा विकल्प हो भने अर्काे विकल्प जो अनाथ जसका आमा बाबु छैनन ति बालबालिकालाई स्वीकार गर्न नसक्नु ।  धनि परिवारका लागि त  विकल्पका रुपमा टेस्टयुब बेबी जन्माउने तर गरीब परिवार जसका लागि यो अति महङ्गो प्रविधि पनि हो । यहाँनिर मलाई लागेको हामी एक पटक सोचौं त ती महिला तपाई हाम्रै दिदी बहिनी भएको भए कस्तो पिडाको अनुभुति हुने थियो होला तर भाउजु बुहारीका लागि नन्द अमाजुले खेल्नु पर्ने भुमिकामा महिलाले पनि महिलका समस्यालाई बुझ्न जरुरी हुन्छ । अहिले बनेको मस्यौदा संविधानमा यो सम्बन्धमा मौन छ । मुलुकी ऐनमा कारण सहित दोश्रो बिबाह सम्बन्धि ब्यबस्था गरेको छ ।  यसैको उपज हो मस्यौदा सुझाब संकलनमा महिलाले पनि दोश्रो विवाह गरी पहिलो पति सँगै बस्न पाउनु पर्ने माग राखेको कारण । 

साँच्चै भन्नुपर्दा पुरुष विना महिला अधुरो र महिला विना पुरुष अधुरो नै हुन्छ । हामी आजको २१ औं शताब्दीमा आइपुग्दा धेरै परिवर्तन भएको छ आशा छ यी विषयमा पनि पक्कै परिवर्तन आउने छ। यसका लागि महिला र पुरुष दुबैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेलिदिनु भयो भने हाम्रो समाज र राम्रो समाज बन्नेछ । 


   

Sunday, August 30, 2015

मौलिक सस्कृति र सभ्य तीजका लागि सरोकारवालाहरुको भुमिका

मौलिक सस्कृति र सभ्य तीजका लागि सरोकारवालाहरुको भुमिका
पृष्ठभुमि
नेपालका मौलिक पर्वमध्ये तीज पनि एक हो । जसलाई हरितालिका पनि भनिन्छ । सुरुमा हिन्दु धर्माबलम्बीहरुका मान्ने गरिएको तीज अहिले सबैकालागि रमाइलो पर्व बन्न पुगेको छ । वैदिक धर्मशास्त्रअनुसार तीज शौभ्याग्य र सम्वृद्धिकालागि धार्मिक परम्पराअनुसार विवाहित महिलाहरुले शीवपार्वतीको पूजाआजा गर्ने भाद्र शुक्ल तृतियाको दिन हो । जसमा विवाहित हिन्दुनारीहरु मातीघरमा गएर अघिल्लो दिन दर खान्छन् र अर्कोदिन नीराहार व्रत बसी शिवपार्वतीको पूजा गर्छन् । धार्मिक ग्रन्थहरु अनुसार हिमालयले आफ्नी छोरी पार्वतीको विवाह विष्णुसंग गरिदिन खोजेपछि मन नपरेको वर विष्णुबाट छुटकारा पाउन र मन परेको शिवजीलाई वरका रुपमा पाउन भागेर जंगलमा गई शिवको पूजाआजा गरिन् । यसरी १०० वर्षसम्म तपस्या गर्दापनि फल नपाएपछि शिवलिड्.ग स्थापना गरी निराहार व्रत बसेको र अन्त्यमा शिवजी प्रकट भई आर्शिवाद दिएपछि उनीहरुको विवाह सम्भव भएको थियो । सो दिन भाद्र तृतीया परेकाले सो तीथीलाई तीजका  रुपमा मनाउन थालिएको उल्लेख छ ।परम्पराकालमा तीजको व्रत श्रीमान्श्रीमतीले एकले अर्काको दिर्घायुकालागि गर्ने गरेको उल्लेख भएपनि यसको ठोस प्रमाण भने भेटिएको छैन । चामलमा घीउ राखेर पकाएको भात, तामा र बोडीको तरकारी, खीर, अचार लगायतका कुरा दरमा खाइन्छ । विशेषतः  विवाहगरी घर गएका छोरीचेली माइतीघरमा बोलाएर मीठो मीठो खुवाउने र चेलीहरुले पनि आफूले भोगेका दुख, सुख, खुसी, पीडा लगायतलाई माइतीघरका  दिदीबैनी संगीसाथीसित गीत बनाएर पोख्ने र वर्षदिनको दुःख बिर्सने र नया वर्षकालागि योजना बनाउने तीजको रमझम कृष्णअष्टमीबाट सुरु भएर ऋष्पिञ्चमीको दिन सप्तऋषिको पूजा गरेर सकिन्छ । 

तीजको रमाइलो पाटो 
भाद्र तृतीयाका दिन व्रत बसेका व्रतालु महिलाहरु जम्मा भएर श्रीमान्को दीर्घायुको कामना तथा सुयोग्य वर प्राप्तिका निम्ती निराहार व्रत बसी शिवपार्वतीको पूजा गरेपछि शिवपार्वतीलाई खुसीपार्न भजन कृतन गाए र रमाइलोकोलागि नाचे  । यसबाट क्रमश पराई घरमा भोगेका सुखदुःख, विरोध र समर्थनका आवाज पनि  तीजमा गीत गाउने प्रचलन भएको मान्यता छ । जसमा लोकगीत अन्तरगत पर्ने भाका समावेश हुन्छन् । यसैले लोकगीतको उद्गमस्थल गण्डकीसंगै लुम्बिनी र धौलागीरी अञ्चलमा बढी गाइन्छ । अहिलेजस्तो सञ्चारको साधन नभएका बेला परेवा र कागलाई सञ्चारको माध्ययम बनाएर पनि तीजका गीत गाउने गर्थे । 
आगनीको डिलबसी काली कौवा काका
केकेमा समाचार ल्यायो बरीलै 
एकुमा समाचार कागजको चिर्कटो 
दोसरो समाचार तिम्लाई लिन हो 
समाचारको अभाव  तथा माइतीको सम्झनाले आत्तिएका चेलीले बटुवालाई देख्दा पनि माइती नै हो कि भनी बोलाउने गरेका झझल्का पनि तीजभाकामा समावेश थिए । 
त्यै पारी आउने को हौ 
हामरा बाबै हौकि तै बसी जाउन 
हामरा बाबै हौ भने खैरी खसी काटौला
झिनुवाका  चामल साटौला बसी जाउन । 
जसतसो पतिको घरबाट माइत जान छुट्टी पाएका तर एक्लै जान लागेका अवला नारीहरुले वर्षामा बढेका नदी पार गर्न नसकेका र पार गराउन सहयोग माग्दा पाएको सास्तीलाई पनि गीतमा पोख्ने गर्थे । 
घाटमा बसेका घटुवारे दाजै 
हामीलाई तारिदेउन डुंगीया ।
हामरो सिनदुर पहिरने भए 
हामीले तारिदिउला डुंगीया ।
जसोतसो माइतघरमा पुगेका चेलीले टाढाको बाटो आउदा जादाको दुःखलाई समेटेर पनि आफ्नो दुःख र विरोधका स्वर गीत बनाएर गाउथे । 
हामरा बाबाकी म यौटी छोरी 
दिनपनि दिनुभो नेपाल पारी 
जानलाई छ महिना आउन छ महिना
बरिषै दिनको बाटो बरिलै । 
यस्तै श्रीमान्का् करतुत पनि माइतीमा बताउथे चेलीले । 
स्वामी मेरा बाह्रमासे जाडरक्सीका आहार
दुःख पर्दा मेरो कोही छैन साहरा। 

कसैले भने माइती घरमा आउने खुसीले लामो बाटो छोटो भएको पनि बताउंथे । 
आगनीमा ओझेलै पर्यो कदमको छायाले 
दिनभरको बाटो छिनभरमै आए आमाबाको मायाले । 
छैनकतै ठाउं मेरो दुःख पर्दा टेकनी 
ज्ता जान्छु बाधा मात्रै बाटो छेकनी । 
दुःखका कुरा मात्रै होइन तीजमा माइत आएका चेलीले आफ्ना खुसी र साथीसंगका रमणीय क्षण सम्झेर पनि गीत गाउथे । 
सिरै लाउने सिरफूल भिकिदेउ आमा लाउंछुर
मधुवन केवरे धारा आमा नुहाउन जान्छुर ।
तीजमा घरका कामले जान नपाउने चेलीले वा तीजमा माइती नै लिन नआउने चेलीले त्यसैलाई गीतबाट आफ्ना कुरा सुनाउथे । सासुबुहारी, देवरानी जेठानी, नन्द, भाउजु बीचका मेलमीलाप र तित्तता पनि तीज गीतमा गाइन्थे । क्रमश सानो छदा पढ्न नपाएका छोराछोरीबीच विभेद भएका कुरा र समानताकालागि आग्रह गरेका कुरा पनि तीज गीतमा आउन थाले । 
पैतालाको छालाछैन ढिकुराका बाटाले 
अझैपनि पढाएनन् बाबा लाटाले । 
दाजुभाइलाई पढाउन कापीकलम किन्दिनी 
म यौटी छोरीलाई डोको बुन्दिनी । 
जन्मिएको कोख यौटै उस्तै रातो रगत
किन बाबा हामी दुईमा के छ फरक ?
समय परिवेश अनुसार साहित्यमा त्यसको झझल्को पाइन्छ । सोही अनुसार महिलाहरुले आफ्ना कुरा तीजका गीत मार्फत पोखेका पाइन्छन् । जव देशमा परिवर्तन सुरु भयो खासगरी पञ्चायतको विरोध गर्ने समयमा धेरै महिलाले तीजका भाकाबाट चेतना फैलाए र अन्यायको विरोध गरे । अरु समयमा बोल्न नसक्ने महिलाले तीजका बेलामा भने शाशन व्यवस्थाका खराब पक्ष फर्दाफास गरेर नया व्यवस्थाकालागि जनता उचाल्ने कामसमेत गरे । 
यो कानुन कस्तो छ सुन हाम्रा दाजुभाई
जनता सबै मासेर राज गर्नलाई । 
जसले गर्छ खेतीपाती खानु छैन त्यसैलाई 
जसले बुन्छ लुगाफाटो नांगो त्यसैलाई । 
बहुदलीय व्यवस्था आएपछि त्यसको समर्थनमा पनि गीत गाइए । 
हामरा राजालाई क्या राम्रो सुहायो 
टेरलिनको कमीज डबलनेटको कोट ।
अहिले साल बहुदललाई जिताइयो
फेरिपनि दिउला है बहुदललाई भोट । 
मौलीक सस्कृति भएकै कारण तीज गीत समयअनुसार नै आगाडि बढेको पाइन्छ । बहुदलीय व्यवस्था आएपनि महिला पुरुषबीच समानता नआएपछि फेरि प्रगतिशील महिलाहरुले समानता माग गर्दै आफ्नैसंग पनि विरोध गरेका र जवाफ खोजेका गीतहरु तीजका भाकामा बढी आए । आफूहरुको भुमिका नेतृत्व तहमा हुनुपर्ने र महिला पुरुषबीच हरेक कुरामा समानता हुनुपर्ने कुरा बढी गीतमा झल्कीए ।
१,कागजमा बन्यो मात्रै काम कतै दिएन
छोरीलाई अंश दिने भन्ने नियम ।
२, अन्याय र अत्याचार सहने कति सम्मन
लगौं अब बचाउन आत्म सम्मान । 
३, स्वर्ग जान भनेर देवी भाकल लगाउंछौं
घरभित्र पसेर नारी दवाउंछौं । 
समय र परीवेश अनुसार आफ्ना सुखदुःखसंगै समाजमा चेतना फैलाउने माध्ययममका रुपमा तीज गीत विस्तार हुदै जादा जनआन्दोलन पछिका गीतमा भने स्पष्ट दुई धार देखियो । एक व्यवसायीक धार अर्को उश्रृंखलता । तीजगीतको  स्थान क्रमश प्रचारात्मक व्यवसायीकतातिर गयो । व्यक्तिपच्छिे जुराएर गाउने नाच्ने तीज गीत सिमित व्यक्तिले रच्ने र त्यसमा सिमित व्यक्तिले गाउने, अभिनय गर्ने केवल छायांकनमा सिमित छ । 
व्यवसायीकताभित्र पनि मौलीकता छोएका केही उदाहरण यी हुन् । 
मोवाइल किन्देउ बुढा बाख्रो बेचेर।
होर बाबुराम नया नेपालमा । 
अधिकांश पछिल्ला तीज गीत भने उश्रृंखलतामै सिमित छन् । महिलामहिलाबीच गाइने रत्यौलीपाराका गीत महिलापुरुषबीच गाउने र उस्तै उश्रृंखल किसिमले नाच्ने प्रचलन विकास हुदै गएको छ । यसले तीजगीतको मौलिकता हराएको छ । 
१,पोइल जान पाम शिव पोइल जान पाम । 
२,तिम्ले राम्रो नाच्ने कि मैले राम्रो नाच्नी 
बाजी ठोकम आउ मैया बाजी ठोकम आऊ । 
३,सोलमारीमा गइन्च टुच्चा लाइन्छ । 
४, भैसी साटेझै बुढी साट्न मिल्नेभए 
दुइचार लाख थपेर साट्थे मैले तलाई 
सञ्चारमाध्ययमको संख्या बढ्दै जादा र इन्टरनेटको सहज पहुंचले कलाकारले तयार पारेका तीजका गीत सजीलै जनमानसमा पुग्ने गरेका छन् । विडम्बना ती गीतमा तीजको नत लय नत भाका नत मौलिकता हुदा तीजगीत भनेकै के हुन् भन्ने नया पुस्ताले विर्सने हुन् कि भन्ने चिन्ता थपिएको छ । तीजका भनेर गाइएका यी गीत सभ्य घरमा सपरिवार बसेर हेर्न नसकिने खालका छन् । अश्लिलतामात्रै देखाइएका यी गीतका कारण बरु समाजले नराम्रो सिको गर्ने डर छ । 
१, छमछम नाचेर देखाउंछु संसारलाई । 
२, चोरी खान पल्केको ढाडे बिरालो । 
यस्तो लोकप्रीयताका नाममा गीतकार र कलाकारहरु अहिले अश्लीलता र उश्रृखलतामा रमेका छन् । यसैले रमाइलो सुखदुख र विकृति विसंगतिको विरोधमा गाइने तीज गीत मनोरञ्जनका नाममा उश्रृंखलतामा मात्रै सिमित हुदा पनि चेतनाप्रवाहका लागि खोलीएका सञ्चारमाध्ययमबाट निर्वाधरुपमा बजाइनु अर्को विडम्बना हो । 
तीजगीतसंगै अहिले तीज पर्वको पनि भौलिकता र सभ्यता हराएको छ ।  भड्कीलो र उत्ताउलो बनेको छ । दिदीबैनी र माइती मिलेर खाने दर रेष्टुरामा खान थालिएको छ । महिनादिनअघिबाट होटल रेष्टुरेष्टमा भड्कीला लुगा र गहना लगाएर जमघट हुने र दर खादै हिड्दा सामान्य नागरिक र दुःखी गरीवले तीज मनाउन छोड्ने अवस्था आएको छ । सम्पन्न महिलामा आएको  यो प्रतिश्प्रर्धाले तीजको मौलिकता र सभ्यताले झापड हानेको छ । 
तीजको मौलिकता र सभ्यता बचाउन सरोकारवालाको भुमिका 
महिलालाई केन्द्रभागमा राखेर मनाउने यो पर्वको आफ्नै मौलिकता र सस्कृति छ । तीज गीत मौलिकता र सस्कृति बोकेका मात्रै हुने भएकाले गीतकार, गायक र अभिनयकर्ताले तीजको  वास्तविक मर्म बिर्सेर काम गर्नु हुदैन । आधुनिक वाद्यवाधनको सट्टा मौलिकतालाई नै स्थान दिनु उचीत हुन्छ । कलाकारले गीत निकालीहाले त्यसलाई बजाएर सञ्चारमाध्ययमले पश्रय दिनु हुदैन निरुत्साहित गर्नुपर्छ । सञ्चारमाध्ययमले नबजाउने हो भने यस्ता गीत निकाल्न कम हुनेछ । महिलासम्बद्ध संघसस्था जसले महिलालाई केवल मनोरञ्जनको साधन र यौन लिलामा रमाउने महिलाका रुपमा उभ्याइएका गीतनाचगान बजारमा देखाउदा चुप लाग्नु साटो विरोध गर्नुपर्छ । रोक्न पहल गर्नुपर्छ । साहित्य र सस्कृति देशको गहना हो साहित्यकार पनि यो मामिलामा चुप लाग्नु हुदैन । पत्रकार जसका हातमा कलम छ । तीजको मौलिकता बिग्रन नदिन लेख्न र जनतालाई सचेत पार्न आवश्यक छ । यो काम तीज गीतमा मात्रै होइन तीज मनाउने मामिलामा पनि आवश्यक छ । तीजको बहानामा महंगा लुगा र गरगहनामा सजीएर धेरैअघिदेखि होटल रेष्टरेन्टमा जाने र डिस्को नाच्ने परम्परा हटाउनु पर्छ । तीज केहीकालागि होइन सबैकालागि बनाउन सरोकारवाला जुट्नुपर्छ । 
निश्कर्ष 
तीज हिन्दु नारीले धार्मिक रुपमा मनाएपनि पछिल्लो समयमा यो अधिकांश नेपालीको नाचगानको रमाइलो पर्व बनेको छ । महिला स्वतन्त्रता र अधिकारको पर्व बनेको छ । इतिहासदेखि केलाएर यसलाई महिला स्वतन्त्रता र अधिकारकै रुपमा रहन दिनुपर्छ । छाडा सस्कृतिको सट्टा चेतनाप्रवाह र समसामयीक विषयलाई समेटेर तीज गीतका एल्बम बनाइनुपर्छ । तीज गीतको बहानामा उश्रृंखल रत्यौली र दोहोरीलाई पश्रय दिनुहुदैन । कसैले छाडापन प्रस्तुत गरे कारबाहीको दायरामा ल्याउन सरोकारवाला जुट्नुपर्छ ।  महिलाले स्वतन्त्रपुर्वक सके माइतीघरमा नसके आफन्तमा गएर मीठो खान पाउने, राम्रो लगाउन पाउने र मनमा भएका सबै विरोध र खुसीका भावना गीत बनाएर स्वतन्त्रपुर्वक पोख्न पाउने तीज महिलालाई नै अश्लिल बनाएर प्रस्तुत गर्ने पर्व हुनु हुदैन । राम्रोका नाममा सार्वजनीक स्थलमा भड्कीला लुगा र गहना प्रद्धर्शन गर्ने परीपाटी पनि रोकेर सभ्य र सामान्य तीज मनाउन थाल्नु अहिलेको आवश्यकता हो । 
(सञ्चारिका समूह लुम्बिनी र बुटवल उपमहानगरपालिकाद्धारा आयोजित मौलिक सस्कृति र सभ्य तीजका लागि सरोकारवालाहरुको भुमिका विषयक कार्यक्रममा गंगा खनालद्धारा प्रस्तुत कार्यपत्र)

Friday, August 21, 2015

धर्मको विरोध होइन धर्मको नाममा भएका विकृतीको विरोध गरौं

धर्मको विरोध होइन धर्मको नाममा भएका विकृतीको विरोध गरौं :
समाज र समाजभित्र रहेका धेरै यस्ता समस्याहरु छन् जसलाई समाधान गर्न जानेर पनि समाधानको उपाय नअपनाउँदा अहिले महिला र पुरुष दुबै पिडित छन् । आज हामी २१ औं शताब्दीको संघारमा छौं । हिजको ढुङ्गे युगबाट आज कम्प्युटरको युग सम्म आउँदा धेरै परिवर्तन भएको छ । तर हामी विच धेरै समस्याहरु यस्ता छन् जसले धेरै विकराल बनाउदै गएको छ । न त यसका लागि प्रभावकारी कानून नै बन्न सकेको छ । न त अहिले आएको संविधान मस्यौदामा यी विषयलाई समेट्न सकेको छ । हिजो हिन्दु धर्मका नाममा महिला माथि गरिएको अन्याय र अत्याचार अहिले पनि कायम छ । मैले यो भनेर हिन्दु धर्म गलत छ भन्न खोजेको होइन । हिन्दु धर्म ग्रन्थमा महिलालाई शक्तिको रुप मानिएको छ । कहिं पनि महिलाले यो गर्न हुँदैन भनेर उल्लेख भएको छैन । तै पनि धर्मका नाममा तत्कालिन अवस्थामा महिलामाथि धेरै दमन भएको थियो भने अहिले फरक शैलिबाट हुने गरेको छ । महिलाले कुल पुजा गर्न नहुने, नाग पुजा गर्न नहुने, महिलाले बेद पढ्न नहुने । महिलाले हनुमानको मन्दिर प्रवेश गर्न नहुने आदि आदि । तर हिन्दु धर्म अनुसारका रिती रिवाज भित्र रहेका संस्कृतीको संरक्षण हुन पर्दछ । तर विकृतीलाई हामी स्वयं महिलाले नै हटाउन सक्नु पर्दछ । जसले हिन्दु धर्म भित्रका धेरै राम्रा कुराहरु बाहिर ल्याउनु पर्दछ । हिन्दु धर्ममा रहेको जस्तै विवाहमा गरिने कर्मकाण्डका बारेमा धेरैले बुझेर पनि वेवास्ता गरेको वा बुझ्न पनि नसकेका एउटा कार्य जब दुलहीलाई कन्यादान कर्म गरिन्छ त्यो समय ती कन्याको किरिया गरेर दुलाहको गोत्रमा सार्ने कार्य यसको बारेमा अहिले सम्म कहि कतै विरोध भएको पाइएको छैन । अनि विवाह पछि दुलाहको जुठो खाने, गोडा धुने र गोडा धोएको जल खाने, आदि । जसले गर्दा छोरीहरुले बाबु–आमाको काज किरियामा नुन बार्ने काम त हुन्छ । अन्य कार्यका लागि पुरुष नै चाहिन्छ । यो कार्यको विरोध गरौं । धर्मकै नाममा गरिने अर्काे कार्य नाग पुजन महिलाले गर्न हुँदैन । कसैलाई श्रद्धा लाग्छ परम्परा हो हिन्दुहरुको महिलाले पुजा गरेर नाग रिसाउछन भन्ने गलत हो । घरमा पुरुषको शासन कायमै रहनका लागि यसले प्रेरणा दिन्छ । यति मात्र होइन कुल पुजा गर्ने परम्परा पनि हिन्दुको हो । कुनै कुनै समुदायमा महिलाले गरेको पाइन्छ भने धेरै जस्तो समुदायमा पुरुष नै खोज्ने प्रचलन छ । हामीले हाम्रो धर्म संस्कृतीकै बहानामा भएपनि चाडपर्वमा आफन्तहरुसँग भेटघाट गर्ने अवसर जुटाउछ । हाम्रा धर्म संस्कृती जगेर्ना गर्नु जरुरी छ । विरोध धर्मको होइन विकृतीको गरौं । हिजोका दिनमा पतिलाई शिवको रुप मानेर पुजा गर्ने प्रचलन थियो । आजका महिला पुरुष दुबै शिक्षित छन् । बुझेका छन त्यसैले परिवर्तनको बाटो रोजौं । 

Tuesday, August 18, 2015




माता रानी स्टोरका श्री इश्वर शर्मा रातो टिशर्ट हरियो रंग को पेन्ट कालो 

जुत्ता लगाएर मिति २०७२/०४/३२ गते दिउसो करीब ३/४ बजेतिर बजार 

जान्छु भन्दै रातो रंगको लेडिज साईकल लिएर निस्केका अहिले सम्म 

पनि घर फर्केका छैनन् देख्नु हुने महानुभावहरुलाई कृपया ९८४७१३०८१७,

९८४७२९७६९० मा खबरगरिदिनु हुन अनुरोध गर्दछु .