धर्मको विरोध होइन धर्मको नाममा भएका विकृतीको विरोध गरौं :
समाज र समाजभित्र रहेका धेरै यस्ता समस्याहरु छन् जसलाई समाधान गर्न जानेर पनि समाधानको उपाय नअपनाउँदा अहिले महिला र पुरुष दुबै पिडित छन् । आज हामी २१ औं शताब्दीको संघारमा छौं । हिजको ढुङ्गे युगबाट आज कम्प्युटरको युग सम्म आउँदा धेरै परिवर्तन भएको छ । तर हामी विच धेरै समस्याहरु यस्ता छन् जसले धेरै विकराल बनाउदै गएको छ । न त यसका लागि प्रभावकारी कानून नै बन्न सकेको छ । न त अहिले आएको संविधान मस्यौदामा यी विषयलाई समेट्न सकेको छ । हिजो हिन्दु धर्मका नाममा महिला माथि गरिएको अन्याय र अत्याचार अहिले पनि कायम छ । मैले यो भनेर हिन्दु धर्म गलत छ भन्न खोजेको होइन । हिन्दु धर्म ग्रन्थमा महिलालाई शक्तिको रुप मानिएको छ । कहिं पनि महिलाले यो गर्न हुँदैन भनेर उल्लेख भएको छैन । तै पनि धर्मका नाममा तत्कालिन अवस्थामा महिलामाथि धेरै दमन भएको थियो भने अहिले फरक शैलिबाट हुने गरेको छ । महिलाले कुल पुजा गर्न नहुने, नाग पुजा गर्न नहुने, महिलाले बेद पढ्न नहुने । महिलाले हनुमानको मन्दिर प्रवेश गर्न नहुने आदि आदि । तर हिन्दु धर्म अनुसारका रिती रिवाज भित्र रहेका संस्कृतीको संरक्षण हुन पर्दछ । तर विकृतीलाई हामी स्वयं महिलाले नै हटाउन सक्नु पर्दछ । जसले हिन्दु धर्म भित्रका धेरै राम्रा कुराहरु बाहिर ल्याउनु पर्दछ । हिन्दु धर्ममा रहेको जस्तै विवाहमा गरिने कर्मकाण्डका बारेमा धेरैले बुझेर पनि वेवास्ता गरेको वा बुझ्न पनि नसकेका एउटा कार्य जब दुलहीलाई कन्यादान कर्म गरिन्छ त्यो समय ती कन्याको किरिया गरेर दुलाहको गोत्रमा सार्ने कार्य यसको बारेमा अहिले सम्म कहि कतै विरोध भएको पाइएको छैन । अनि विवाह पछि दुलाहको जुठो खाने, गोडा धुने र गोडा धोएको जल खाने, आदि । जसले गर्दा छोरीहरुले बाबु–आमाको काज किरियामा नुन बार्ने काम त हुन्छ । अन्य कार्यका लागि पुरुष नै चाहिन्छ । यो कार्यको विरोध गरौं । धर्मकै नाममा गरिने अर्काे कार्य नाग पुजन महिलाले गर्न हुँदैन । कसैलाई श्रद्धा लाग्छ परम्परा हो हिन्दुहरुको महिलाले पुजा गरेर नाग रिसाउछन भन्ने गलत हो । घरमा पुरुषको शासन कायमै रहनका लागि यसले प्रेरणा दिन्छ । यति मात्र होइन कुल पुजा गर्ने परम्परा पनि हिन्दुको हो । कुनै कुनै समुदायमा महिलाले गरेको पाइन्छ भने धेरै जस्तो समुदायमा पुरुष नै खोज्ने प्रचलन छ । हामीले हाम्रो धर्म संस्कृतीकै बहानामा भएपनि चाडपर्वमा आफन्तहरुसँग भेटघाट गर्ने अवसर जुटाउछ । हाम्रा धर्म संस्कृती जगेर्ना गर्नु जरुरी छ । विरोध धर्मको होइन विकृतीको गरौं । हिजोका दिनमा पतिलाई शिवको रुप मानेर पुजा गर्ने प्रचलन थियो । आजका महिला पुरुष दुबै शिक्षित छन् । बुझेका छन त्यसैले परिवर्तनको बाटो रोजौं ।
No comments:
Post a Comment