Sunday, October 23, 2016

Poem

जाँताे र ढिकी चाैंधारा राेएर बाटै छेकेनि 
जन्माउनेले छाेरी त हाे नि भनी पराई देखेनि 
अाउनु है दाजु बहिनीकाे अागन टाढै भएनि 
अजम्मरी काे हाेला र संसारमा सधै बाच्ने अाटै भएनि
घर गरि खाने काेसिश गर्दै भर्खर धर्तीमा बामे सर्दै 
नानी झैं सबैकाे नजरकाे केन्द्र बिन्दुमा सुभास छर्दै
मेलापात गरि घर फर्कि अाउदा थकित मुस्कानले
थकान र पिडा भुलाउछ दाजु तिम्रो अागमनले

Poem

मेरा यी चाेर अाँखा मलाई नै झुक्याएर उनैलाई हेर्न पुग्छ
मेरा यी हात र कलम पढ्न छाेडी उनकै चित्र काेर्न पुग्छ 
कसै गरि मनलाई बाँधे धड्कन उनकै लागि धड्किन्छ 
कसै गरि अाँखा चिम्लेर बिर्सुँ भने याद त्यसै अाइदिन्छ 
मलाई जस्तो उनलाई नि भाकाे छ कि छैन साेधु कसरी 
मन न अल्लारे पन न हाे उनकाे मनाेभाव बुझाैं कसरी
हिजाे अस्ति सम्म निकै नजिक भाकि थिईन म सँग
अाजभाेलि कता हाे कता मन बहकियाे कि साेधु काेसँग

Poem

उनको गुनासो सुनेर नसुने झैँ गर्नु मेरो बाध्यता
संगै जिवन जिउने रहर छैन कुरा गरी साध्यता 
खै कसरी बुझाउ उनलाई यो गरिबीको रेखामुनी 
के गरी बस्न सक्छिन खरको झुपडीको टुकी मुनि 
भन्छिन उनी माया देऊ भरपुर साथ दिने छु जीवनभर
तिमी संगै हास्न र बाँच्न देऊ सहजै तर्ने छौं सागर
शहरमा जन्मि महलमा हुर्केकी कुनै अभाव नभोगेकि
धन सम्पतिमा हुर्की पढेकी दुख र कस्ट के हो नभोगेकी
वृद्ध आमा बाबु घरमा बिहान बेलुका छाक टार्ने कसरी
कटेरो जस्तो सानो घर मेरो उनलाई यहाँ राखु कसरी
हरपल उनी मलाई सपनाको राजकुमार भनि बोलाउछिन
तिमि संगै जीवन जिउन नपाए मर्छु भन्दै उनि टोलाउछिन

Poem



दुई चुल्ठि कपाल काेरेकाे याद अाउछ
साईकल चढ्न सिकाएकाे याद अाउछ
खेलेकाे देखेर माटाेमा क लेखेकाे सम्झे
नाम्लो बाटे जस्तै कपाल बनाएकाे सम्झे
दाउरा चिर्दै बन्चरो समाउन सिकाएकाे 
घाँस काटेर डाेकाे बाेक्न सिकाएकाे
गाई पालेर, गाेबर फालेर पढ्न गएकाे
रूखमा चढि घाँस काट्न सिकाएकाे
सम्झना अाउछ काखमा लिई खुवाएकाे
हताेत्साहि हुन नदिई अदम्य साहस दिएकाे
केही भुलेकि छैन बा! हजुरकाे वात्सल्य
कसरी भुल्न सक्थेर निष्ठुर कालकाे कुकृत्य
अाजभाेलि मात्र सम्झना बढी अाएकाे हाेईन
खै किन किन याे मनमा घाम लागेकाे छैन

दशैं फेरि अायाे

बा ! यसपालि नि दशैं फेरि अायाे 
हजुरकाे हातबाट टीका नलगाएकाे 
धेरै भयाे हजुरकाे अाशिर्बाद नपाएको 
बा! हाम्रो सम्झना अाउदैन हजुरलाई ? 
अाउन नखाेजेकाे हाे कि छुट्टी नपाएकाे 
हजुर स्वर्गमा हुनुहुन्छ कि यमलाेकमा ?
केही खबरै गर्नु भएन न त भेट्छु ईन्टरनेटमा
देबराज ईन्द्रले अाउन दिएनन् कि यमराजले ?
स्वर्गमा रमाउनुभाे कि यमलाेकमा यमदुतसगैं 

धेरै भाे बा! कहाँ हराउनुभयाे मनमनै यहि साेच्छु 
विश्व ब्रम्हाण्ड अाकाश पाताल सबै तिर खाेज्छु 
त्यति गर्दा पनि नभेटे यमराजलाई नै साेध्छु 
भाईटिका लगाउन यमलाेक छाेड्न मिल्छ रे 
यमराजलाई पनि तीन दिन छुट्टि गर्छन रे 
त्यसाे हाे भने हजुरलाई पृथ्वीमा पठाउन 
किन मिलेन बा! दशैंमा घर अाउन 
सफल भईन पतिलाई घर फर्काउन 
बेद शास्त्रमा यस्तै कथा सुनेकि थिएँ 
साबित्रिले पतिलाई यमलाेकबाट फर्काईन 
यमराजलाई मात्रै हाईन काललाई पनि हराईन 
अस्ति मात्रै हाे श्राद्धमा हजुरलाई खिर चढाएकाे 
थाहै भएन हजुरले हाे कि माली गाईले खाएकाे 
जुन दिन हजुरले जानू भयाे राताे लाउन छाेड्नु पर्छ
भन्नू हुन्छ, संसारकाे रितिरिवाज संस्कार धान्नु पर्छ
काका, ठुलाेबुबा, मामा, दाजुभाइ, फुपु,दिदिबहिनी
सबै जनाकाे माया पाउँदा पनि हजुरकै अभाब छ नि
जेसुकै हाेस् बा! अब त प्रत्येक दशैंमा एकदिन भए नि
यमराजलाई भनेर हुन्छ कि चित्रगुप्तले ल्याईदिन्छन कि
स्वर्गबाट ईन्द्रले सिधै भू-लाेकमा अाफै पठाउछन कि 
बिन्ति छ बा ! एक पटक मात्रै भए पनि घरमा अाउनु है 
हजुरलाई भेट्न गएका मेरा दाईलाई पनि ल्याउनु है 
हजुर अाउन मिलेन भने खबर गर्नु उतै हामी अाउला 
त्यतै बसाइँसराइ गर्न मिल्छ भने चाँजोपाँजो मिलाउला 
अाउनै नदिए खबर गर्नु है बा ! यमराजलाई निवेदन गर्छौं
हाेईन भने महादेवलाई कैलाशमै गएर बिन्ती गर्छाैं 
हजुर अाउनुहुन्छ भनेर सबै परिकार बनाउदै छु 
धेरै वर्ष भयाे खल्लो दशैं घरमै बसि मनाउँदै छु

Tuesday, October 4, 2016

सेवा शुल्क

सेवा शुल्क 
ए हजुर! म त गरिब पर्नु पिर पर्यो
बिधुत प्राधिकरणले भर्खरै शुल्क वृद्धि गर्यो
समयमा महसुल नबुझाउदा जरीवाना थपियो
यति गर्दा पनि पुगेन घरको लाईन काटियो
बिस युनिट सम्म आए त असी रुपीया मात्र अरे
त्यो भन्दा बढी आयो भने प्रतिसतमा तिर्नु पर्छ रे
मैले बुझिन हजुर! बिधुत कर्मचारीले तिर्ने पर्दैन रे
कुनै सेवा दिएको थाहै छैन, सेवाशुल्क तिर्न पर्छ रे
हामी त नपढेका गाउले हजुर! सहरका किन चुप हो
हामीले घरिघरि लाईन काटे बापतको सेवा शुल्क हो
खै आफु त सोझो अनपढ अबुझ बुझेकाले त बोले हुने
बिधुत प्राधिकरणको नया नियम के के होला खोजे हुने
राम्रो कुरा बोल्यो भने गाली पाउछ कि भन्ने डर लाग्छ
हैन राति राति कम भोल्डेज पनि सेवा हो किझैँ लाग्छ
अनि विचरा कर्मचारी त दिन रात खटेर लाईन काटेर
सुबिधा चाटेर सेवा शुल्क र जरिवाना थपेर लिन्छ
उ कति मर्कामा छ, निर्देशिकाको नियमले केके लिन्छ
हामी अनपढ मुर्ख कुरैनबुझी कर्मचारिलाई दोष दिन्छ

Poem

मुटुभरि चाेट दिएर घाईते बनाएर गयाै
पुगेन अझै इज्जत माथि धाबा बाेलेर गयाै
संझनाकाे सागरमा रगतका अासु पाेखेर 
जिवत छ छैन भनी मेराे घायल शरीर छाेएर
दुईवटा शरीर एउटा मुटु थियौँ अस्ति सम्म 
गरेर नाताकाे अार्यघाटमा दाह संस्कार सम्म
मेराे नाम बदनाम गर्न ललायित तिम्रा अाेठहरू
हजार गल्ती गर तिमी माफ दिए छैनन खाेटहरू
तर बिन्ती छ म तिमीलाई सहयाेग गर्न सक्दिन
लाखाैं प्रयास गरे पनि फाटेकाे मन टाल्न सकिन

आमा

कुन दिन अाएँ तिम्रो गर्भमा थाहै भएन मलाई 
१० महिनासम्म कति पिडा भयाे तिमीलाई 
अन्जान छु अामा प्रसव पीडा कति भयाे भनेर ? 
अनभिज्ञ छु शिशु स्याहार कसरी गरेकि हाै भनेर ? 
तिम्रै स्तनपान अमृत समान पिउदै म हुर्के कि 
एउटी छाेरी घरमा कान्छी बनी फुरफुर फुर्केकी
एक छिन पनि भुईकाे धुलाे मेरा पाउले छाेएनन रे
दाजुहरूकाे काखमा बस्दा दूध पिउन मानिन रे
जब म ताेते बाेल्न थालें सबैकाे प्यारी बन्न पुगेछु
म खेल्दाखेल्दै लिस्नुबाट खसेर घाईते बन्न पुगेछु
हुर्कदै गएँ तिम्रो काखमा मस्त पिताकाे वात्सल्य
बनें दुई दाजुहरूकाे अाँखाकाे नानी झै अतुल्य
दाजुकाे माया र सपना थियोे शहरमा पढाउने
सक्षम, सवल र ज्ञानी बहिनी अाफु सरह बनाउने
मेरा भुल कतै भयाे कि गल्ती खाेज्दैमा रात बित्छ
अामा तिम्रो माया र ममताकाे अाश गर्दै शिरानी भिज्छ
भन्देउन अामा म पनि तिमी जस्तै नारी कुरा बुझ्न सक्छु
के गरे खुशी मिल्छ तिमीलाई, के मेरो उपहार सकार्छ्याें
अहँ अहिले सम्म भेटाउन सकिन कसुर के हाे भनेर ?
लुकेर चिहाउछु कुन कुराले तिमी हसिलाे बन्छाै भनेर ?
थकित भएछु खाेज्दा खाेज्दै सबल र कमजोर पक्षहरू
खै याे ब्राह्मण्डमा घुम्दा रहेछन कि नवग्रह एउटैअक्षहरू

poem

झमककाे जीवन काडाँ कि फुल 
निकै चर्चित उपन्यास शिरिषकाे फुल
मैले नजन्माएकाे छाेराे, सडक र प्रतिभा
लेखिका पारिजात, बिष्णु कुमारी वाईवा
तसलिमा नसरिनले जब लेखिन अाईमाईकाे हकमा
बिग्रिएकी केटी, देश निकाला भईन उनी अाफ्नै देशमा
दिपक खड्काकाे च्यात्न नसकेको चिठी
मिलन सङ्ग्राैलाकाे च्याट गर्ल अमरकाे सेताे धर्ती
कर्ण शाक्यकाे साेंच, कपिलबन्धुकाे हजुर नमस्कार
केशरका भावकिरणहरू, दिपकजीकाे काबुल एक्सप्रेस
मनलाई उर्जा दिई बनाउदाे रहेछ कि सधै हुन्छु फ्रेस