हो ! म धेरै बोलें अब मौन बस्ने सोच गर्दैछु
दुखेको घाउमा मलहम दिई पिडा भुल्दैछु
आजभोलि माया प्रेमको परिभाषा खोज्दैछु
शारीरिक संबन्ध मात्रै हो कि अनुसन्धान गर्दैछु
माया पाउन कुमारीत्व बन्धकी राख्नु हुदैन
माफ गर सायद यो बिनाको प्रेमको अर्थ हुदैन
धेरै भेटे मैले शरीर, रुप रंग मात्र मन पराउने
भेट्नै सकिन वास्तविक माया गर्न रुचाउने
खै ! यो संसारमा महत्व पैसा र मात्र बैंसलाई
मात्र जीवन भन्छौ मोजमस्ती भोगविलासलाई
भन अब कसरी बुझौ माया प्रेम के हो भनेर ?
कसरी बताऊ पबित्र प्रेमको तौल यति हो भनेर ?
सधै तिम्रो गुनासो हुन्छ फोन एस एम एस गरिन
तिम्रो अंगालोमा हो! मान्दिन म कस्सेर बेरिन
मेरो बानी मिस यु, किस यु, लभ यु भन्न लजाउने
सुन्दर बन भन्छौ श्रृंगार गर्दै रातो लाली लगाउने
बिहे गरौं सहमति देऊ भन्दै कर गर्छौ दिनदिनै
भर्खर एउटा कुरा फेरी अर्को कुरा बोलि फेर्छौ छिनछिनमै
मैले सुनेको पैसाको र बैंशको समय सिमा हुदैन रे !
अवसर हो एकपटक आउने सधै फर्की आउदैन रे !
मैले जानी नजानी तिम्रो कतै चित्त दुखाए कि ?
थाहै नपाई तिमीलाई पिडामाथि दुख पुरयाए कि ?
कल्पिन्छु मनमनै आफ्नै गल्तिहरु खोज्दैछु
थाहा भए औंल्याईदिन्छौ कि प्रतिक्षा गर्दैछु

No comments:
Post a Comment