हो !
म धेरै बोलें
मौन बस्ने सोच गर्दैछु अब
पीडा भुल्दैछु
घाउहरूमा मलहमट्टी लगाउँदै
म आजकाल खोज्दैछु
परिभाषा माया प्रेमको ।
म धेरै बोलें
मौन बस्ने सोच गर्दैछु अब
पीडा भुल्दैछु
घाउहरूमा मलहमट्टी लगाउँदै
म आजकाल खोज्दैछु
परिभाषा माया प्रेमको ।
के आफैलाई सुम्पनु मात्रै हो त प्रेम ?
वा कुमारीत्वको बन्धकी
प्रेमको अर्थ हो
माफ गर मलाई
म आफै अर्थ पहिल्याँदै छु
अर्थ भित्रको महान अर्थको खोजी सहित ।
वा कुमारीत्वको बन्धकी
प्रेमको अर्थ हो
माफ गर मलाई
म आफै अर्थ पहिल्याँदै छु
अर्थ भित्रको महान अर्थको खोजी सहित ।
भेटिन्छन् यत्रतत्र
जो भमरा मात्र बन्न खोज्दछन्
सकिएन भेट्न
अर्थ खुलाउन सक्ने पबित्र मायाको ।
जो भमरा मात्र बन्न खोज्दछन्
सकिएन भेट्न
अर्थ खुलाउन सक्ने पबित्र मायाको ।
धन र जवानी
जीवनको अर्थ
वा भोगविलासलाई
जव तिमीले प्रेम संझन्छौ
अब भन कसरी बुझौ प्रेम के हो भनेर ?
म आफै कसरी बताऊ तिमीलाई ?
पबित्र प्रेमको तौल यति हो भनेर ?
तिम्रो गुनासो नै गुनासो हुन्छ सधै
म तिमीलाई खवर नै गर्ने गर्दिन ।
जीवनको अर्थ
वा भोगविलासलाई
जव तिमीले प्रेम संझन्छौ
अब भन कसरी बुझौ प्रेम के हो भनेर ?
म आफै कसरी बताऊ तिमीलाई ?
पबित्र प्रेमको तौल यति हो भनेर ?
तिम्रो गुनासो नै गुनासो हुन्छ सधै
म तिमीलाई खवर नै गर्ने गर्दिन ।
मलाई माफ गर तिमी
सायद कतै तिम्रो चित्त दुखाए
थाहै नपाई तिमी माथि
पीडा माथि दुःख पुर्याए
हुन सक्छ मैले नै अनेको गल्तीहरू गरे
औंल्याई दिनेछौ तिमीले
म त्यसैको प्रतिक्षामा बसेकी छु ।
सायद कतै तिम्रो चित्त दुखाए
थाहै नपाई तिमी माथि
पीडा माथि दुःख पुर्याए
हुन सक्छ मैले नै अनेको गल्तीहरू गरे
औंल्याई दिनेछौ तिमीले
म त्यसैको प्रतिक्षामा बसेकी छु ।
No comments:
Post a Comment