Monday, January 26, 2015

छोराले मात्र होइन छोरीले पनि गर्न हुन्छ

                                                                                                                                   
आज १७ वर्ष पूरा भएछ पिताजीले यस संसारबाट विदा लिएको पनि मिति २०५४ साल पुष १४ गते आमावश्य तिथि सोमबार राती करिब १२ बजे मेरो बुबाले सदाका लागि चीर निन्द्रामा जानु भएको थियो । त्यो भन्दा पहिलेका दिन आमाले नै बुवालाई अस्पतालमा कुरेर बस्नुभएको थियो । आमाको स्वास्थ्य अवस्थाको कारण उच्च रक्तचापले अर्काे असर होला भन्ने सोचेर मामाले आमालाई घर पठाउनु भएछ । र ठुली आमाको छोरा बालकृष्ण दाजुलाई कुरुवा बसाल्नु भएछ । त्यसपछि शुरुवात भएका चुनौतीका दिनहरु हाम्रा लागि एकातिर बुबाको निधन अर्काे तिर जीवन कसरी यापन गर्ने? प्रश्नले मन घोतलिएको थियो । बुबाको देहावसानमा रुने भन्दा पनि आमा र बहिनीलाई कसरी सम्हाल्ने भन्ने चिन्ताले छोएको मन भारी आखाभरि आसु पार्दै आमालाई सम्झाएको आज जस्तै लाग्छ । १३ दिन सम्मको काज किरिया गर्न पनि दिएनन् छोरीलाई भारा लाग्छ । ५ दिनमा नुन खानै पर्ने हामी हिन्दु नेपालीको संस्कार । हामीले पनि त्यसै ग¥यौं । खान त के खान मन लाग्थ्यो र तै पनि खानै पर्ने ।
जब १३ दिनको दिनमा मेरी आमाले हरियो सारी र हरियो ब्लाउज लगाएको देखें मेरो मन अमिलो भयो । पतिको देहावसान पछि महिलाले रातो लगाउन नहुने । तर पत्नीको देहवसान भयो भने १३ दिन पुग्न पाएको छैन विवाहको कुरा शुरुवात हुने गर्दछ । यो नेपाली समाजमा हिन्दु संस्कारकै प्रभाव होला । अन्य बुझ्न सक्ने क्षमता कहा हुनु अबोध बालमनोदशा हामी दिदी बहिनीको । यस्तै २० ÷२५ दिन भएको थियो होला बुबाको मृत्यू भएको आमाले हल्का गुलाबी रंगको ब्लाउज लगाउनु भएको थियो । हामीले छिमेकीको घरबाट दुध किन्ने गर्दथ्यौं । छिमेकी दिदीले दुध राख्नु भन्दै बोलाउनु भयो । आमा त्यही ब्लाउज र बैगन कलरको साडी लगाउनु भएको थियो । जब दुध लिन आमा जानु भयो तब ति छिमेकीले “मेरी आम्मै के गर्नु भएको दिदी ? यो रंगको कपडा लगाउन हुदैन भन्नु भयो । ” आमाले पुलुक्क म तिर हेर्नु भयो । म मौन थिए । केही बोल्न सकिन । मनमनै अठोट गरे म जसरी भए पनि आमालाई रातो कपडा लगाउने बनाउने छु । समाज परिवर्तन गर्नका लागि आफै परिवर्तन हुनु आवश्यक हुन्छ । त्यो समय बोलिन अहिले आमा रातो रंगका कपडा धेरै लगाउनु हुन्छ । त्यो रातो कपडा लगाउने सोच बनाउन मलाई १० वर्ष लाग्यो । हामी नेपाली धर्म र संस्कृतीको जर्गेना गर्ने नाममा महिला माथि अनावश्यक अवरोध सिर्जना गर्न भन्दा धार्मिक परम्परा लाई पनि परिमार्जन गर्न जरुरी हुन्छ । एक दिनको कुरा हो आमाले बुबालाई सपनामा देख्नु भएछ । आमाले मलाई भन्नुभयो बुबाको श्राद्ध गर्न पाए हुन्थ्यो । मैले गर्न पनि नहुने अनि छोरीले पनि गर्न नहुने भन्नुभयो । त्यस पछि मैले २०६५ सालमा एक जना पण्डित सँग यसबारे सोधे उहाँ आधुनिक खालको हुनुहुन्थ्यो । उहाँले भन्नु भयो छोरा छोरी बराबरी हुन्छ किन नहुने त्यस पछि हामी आमा छोरीले श्राद्ध ग¥यौं त्यो पनि पुरुषले गर्ने जस्तै गरी र त्यसलाई निरन्तरता दिदैं आएका छौं ।
आज अफिस जाने तयारी गर्दै थिए अलि हतार थियो । मैले खाना खादै थिए । हाम्रो घरमा दुइजना पाहुना आए । बहिनीले चिया बनाएर दिइन । म खाना खाएर भित्र पोशाक लगाउदै थिए । तिनीहरुले भने हजुरका त छोरा छैनन् है? आमाले छैनन् भन्नुभयो । अरु त ठिकै थियो मर्दा काँधमा हाल्ने र किरिया गर्ने भएनन भन्ने मात्रै हो । त्यस पछि यति मलाई सारै रिस उठ्यो बोल्न पनि सकिन । आजैको दिन बुबाको मृत्यु भएको दिन परेकोले बाबाको याद आयो । बुबा नभए पनि मैले मेरो कर्तव्य पुरा गरेकी छु भने भोलि पनि मेरो आमाको देहवशान भयो सम्पुर्ण कर्महरु मैले नै गर्ने छु । छोरा ले मात्र होइन छोरीले पनि यो काम गर्न हुन्छ भनेर उनीहरु सँग बहस गरेर होइन काम गरेर देखाउने छु । यस्तो सोच भएका मानिसहरुलाई सम्झाएर होइन व्यवहारले सिकाउन जरुरी हुन्छ ।


मिति २०७१÷०९÷१४

Sunday, January 25, 2015

सुन्दरता र सौन्दर्य


सुन्दरता र सौन्दर्य मानव विकाससँगै आजको २१ औं शताब्दी सम्म आईपुग्दा धेरै–धेरै कुरामा अपरिहार्य भएको पाइन्छ । आकर्षक व्यक्तित्व सुन्दर अनुहार अहिले सबै पुस्ताको लागि चासोको विषय बनेको छ । रोजगारको सिलसिलामा पनि त्यत्तिकै महत्वपूर्ण स्थान ओगटेको छ । प्राकृतिक रुपमा पाएको सुन्दरतामा रंगरोगनले भरिपुर्ण गर्दा जसरी कलाकारले चित्रमा सुँहाउँदो रंग भरेर सुन्दर कला प्रदर्शन गर्दछ । त्यस्तै आम मानवमा पनि सुन्दर अनुहार मिलेको शरीर भए हुने थियो हुनेका लागि अझ राम्रो बन्ने चाहना पनि उत्तिकै भएको पाईन्छ । जसरी झट्ट हेर्दा अत्यन्त सुन्दर आकर्षक शरीर सुहाउदो पहिरन त्यसमा सौन्दर्य सामग्रीको प्रयोगले अझ सुन्दर बन्ने चाहनाले विशेष गरी युवा–युवतीलाई छोएको पाइन्छ । जसरी सुन्दरताका लागि आकर्षणको केन्द्र विन्दु बन्ने चाहना गरिन्छ त्यस्तै भित्री मानसिक विचार बौद्धिक क्षमता देखि लिएर विनम्रता शिष्टता अनि सभ्यतालाइ पनि अंगाल्न सक्नु पर्दछ ।
    २१ औं शताब्दीमा पनि दिनमा सुर्य र रातमा चन्द्र उदाएकै हुन्छ । अझ विशेष गरी आफ्नो देशको संस्कृती रिती रिवाजलाई लोप हुन नदिन र यसको संरक्षणमा पनि अलिकति ध्यान दिन सक्ने हो भने यसले सुन्दरतामा अझ निखार ल्याउन सक्छ । फेशनको जामानामा पुरानो सोंचलाई त्याग्नु पर्छ भन्ने मानसिकतामा थोरै परिवर्तन गर्नु पर्छ जस्तो लाग्छ । हुन त अहिलेको परिवेशमा युवा–युवतीलाई दुबैलाई सुन्दर हुने चाहना बढी भएको पाइन्छ । विशेष गरी युवालाई अलिकति हेण्डसम हुने चाहना राख्दछन् भने युवतीहरु पातलो शरीर बनाउन विभिन्न किसिमका उपायहरु खोजेको पाइन्छ । मोटो भद्यापन होला भन्ने डरले कम खाना खाने बानीले कहिले काहिँ मृत्युको मुखमा धकेल्न सक्छ । त्यसैले पातलो शरीर बनाउने होडमा शरीरलाई आवश्यक पर्ने सन्तुलित आहारलाई त्याग्ने होइन । त्यसको सट्टा पोषणयुक्त खाना खाने समयमा खाने अनावश्यक तनावबाट टाढा रहने सधै भरि हसिलो रहने खुशी रहने शारीरिक व्यायाम गर्ने आदि गर्नु पर्दछ । हुनत सुन्दर हुने चाहना अहिले युवा पुस्तामा मात्र सिमित रहेन किनभने उमेर अवस्थाले पनि अलिकति परिपक्व अझ भनौं ५०÷६० वर्षको सेरोफेरोमा रहेका मानिसहरुको विचमा रहेर अध्ययन गर्ने हो भने अझ बढी सौन्दर्य सामाग्री देखि लिएर फिटनेस सामाग्रीको प्रयोग र योग–अभ्यासमा लागेको पाइन्छ ।त्यो पनि समयकाे परिस्थिति अनुसारको माग हो । यसलाई उपेक्षित दृष्टिले हेर्नु गलत हो । तर पनि हामीले गर्ने आहारमा कत्तिको हामी सचेत छौंं । त्यसतर्फ ध्यान दिनु जरुरी हुन्छ ।  विशेष गरी स्वास्थलाई मध्यनजर गरेर हेर्ने हो भने माँसाहारी भन्दा साकाहारीहरु धेरै फुर्तिला र अझ जवान देखिन्छन् । त्यो पनि अझ बढि योग अभ्यास नियमित गर्नेहरु अझ बढि स्वस्थ देखिन्छन् । त्यसमा पनि उनीहरुको विचार व्यवहार हरेक कुरा चुस्त रहेका पाइन्छ ।
    जसरी सुन्दरताका लागि विभिन्न कुराहरुको उपभोग गरी को भन्दा को कम को प्रतिस्पर्धा नै चलेको छ । अझ भनौं विशेष गरी नारी सौन्दर्यको सामाग्रीले व्यापार व्यवसाय देखि लिएर सामाजिक परिवर्तन ल्याएको छ । सुन्दर हुने चाहना राख्नु राम्रो कुरा हो तर होस पु¥याएर गर्नु पर्ने अवस्था आएको छ । एकातिर सौन्दर्य सामाग्रीले बाहिरी सुन्दरता त बनाउछ तर यसले छालामा नराम्रो किसिम असर पु¥याएको थाहा पाउन निकै कठिनाई पनि छ । हाम्रो स्वास्थ्यलाई नै गम्भीर असर पु¥याएको छ भने आधुनिकताका नाममा आफ्नो क्षमता भन्दा बढि अनावश्यक विकृति पनि फैलिएको पाइन्छ । जसले गर्दा अकालमा ज्यान गुमाएका समाचारहरु हामीले दिनहुँ सुन्ने पढ्ने गरेका पनि छौं । हुन त आधुनिकताको नाममा महिलाले मात्र होइन पुरुषहरुका लागि पनि विभन्न गर–गहना तथा पार्लरहरु पनि उत्तिकै खुलेको पाइन्छ । यसबाट के बुझिन्छ भने सुन्दर हुन महिलाहरु धेरै पार्लर जान्छन भन्ने कुरालाई पुरुषहरुका लागि खुलेका पार्लरहरुले  पनि पुरुषका लागि पनि उत्तिकै अपरिहार्य बन्न पुगेछ । एउटा बुझनै पर्ने कुरा बदल्नै पर्ने विचार के हो भने तपाई जतिसुकै राम्रो हुनु होस तर बोलीमा शिष्टता छैन र अनुशासित हुन सक्नु भएन भने तपाईले प्रयोग गरेको सौन्दर्यका सामाग्री बेकार हुन सक्छ । त्यसैले बाहिरी सुन्दरतासँगै भित्री सुन्दरतमा पनि सौन्दर्यको सामाग्री प्रयोग गर्नु होस । जसका लागि अनुशासित बन्नुहोस सकारात्मक धारणाको विकास गर्नुहोस । कुलतमा नफस्नुहोस यदि फसिसक्नु भएको छ भने बाहिर आउने कोशिस गर्नु होस समयको सदुपयोग गर्नु होस । सहयोगी बन्नुहोस । आफुमा धैर्यता कायम गर्न सिक्नु होस । दुःखी अशक्त अपाङ्गहरुका लागि सहयोगी र सहृदयी बन्नुहोस । सबैलाई शिष्ट व्यवहार गर्नु होस । जे कुरा प्राप्त गर्न सक्नु भएन त्यसका लागि दुखि नहुनुहोस । त्यसलाइ सहज रुपमा लिने बानीको विकास गर्नु होस । भोलि गर्नु पर्ने कामको प्रभावकारी नतिजा ल्याउन राम्रा विषयहरुको अध्ययन गर्नुहोस आफुमा भएका राम्रा कुराहरुको खोजी गर्नु होस । बेलुका समयमा सुत्ने र विहान समयमा उठ्ने बानीको विकास गर्नुहोस । अनि विहानीको ताजाहावामा व्यायाम गर्नु होस मनमनै अठोट गर्नुहोस कि आज मैले कसैलाइ मन दुखाउने कार्य गर्दिन । म सबै सँग हाँसेर शिष्ट भाषामा विनम्र भएर बोल्ने छु । म आवश्यक कुरा मात्र बोल्ने छु अनावश्यक कुरा गरेर समय खेर फाल्दिन । मैले समयको महत्व र आफ्नो जिम्मेवारी लाई राम्ररी बुझ्ने प्रयास गरी सोही अनुसार काम गर्ने छु । म सकेसम्म अरुलाई सहयोग गर्ने छु । मलाई कसैले गाली गर्छ भने पनि विरोध नगरी त्यो कुरालाई मनबाट निकाली दिने छु । कतै कमी कमजोरीका कारण गल्ती भएको छ कि त्यसलाइ आफुले गरेका कार्यहरुको टिपोट लेख्ने बानीको विकास गरी सुधार गर्ने छु । म जाँड रक्सी चुरोट तथा अन्य दुव्यर्सनमा फस्न चाहन्न र साथीलाई पनि नफस्ने सुझाव दिने छु  । म आफनो क्षमता अभिबृद्धिका लागि विभिन्न सामाजिक क्रियाकलापमा सहभागीहुने छु जसले नयाँ कुरा सिक्ने र सुन्ने सुनाउने अवसरको रुपमा लिने छु ।
    यसरी आफु र आफ्ना धारणामा परिवर्तन ल्याउने हो भने जति तपाई सुन्दर हुनुहुन्छ त्यसले तपाईको सुन्दरतामा अझ निखार ल्याउनेछ । सामाजमा आफुलाई चिनाउन सक्नु हुनेछ । त्यसैले तपाई बाहिरी सुन्दरतालाई मात्र होइन भित्री सुन्दरतालाई पनि उत्तिकै महत्व दिनुहोस जसले गर्दा बाहिरी र भित्री सुन्दरतामा कमि हुने छैन । अनि बन्न सक्नुहुनेछ लाखौंमा एक नमुना ।

शिक्षामा नारी चेतना

साधना महिला विद्यालयको स्थापना २०६३ सालमा भएको हो । स्थापना भए लगत्तै निरन्तर सेवा दिदैं आएको यस महिला विद्यालयमा विभिन्न घरायसी कारणबाट आफ्नो शैक्षिक चाहना पूरा गर्नबाट बञ्चित भएका महिलाहरुको चाहनालाई ध्यानमा राखेर समाजसेवी श्री सावित्रा अर्याल ज्यूको अथक प्रयासबाट महिलाहरुका लागि विशेष गरी महिला शिक्षाका विषयमा जनचेतना जगाउने तथा महिलाहरुको अधुरो शिक्षालाई पूर्णता दिने उद्देश्यले संचालन भएको यस साधना महिला विद्यालयमा २०६७ सालमा पहिलो पटक क्ीऋ परीक्षामा विद्यार्थी सहभागी गराएको यस विद्यालयले हाल सम्म २१ जना विद्यार्थीहरु क्ीऋ उत्तीर्ण गराउन सफल भएको छ । विद्यालयमा हाल १५० जना विद्यार्थी अध्ययनरत छन् भने यसको पूर्वाधार विकासका लागि राज्यबाट कुनै सहयोग नपाएको यस विद्यालयले स्थानीय शिक्षा प्रेमी तथा बुटवल नगरपालिकाबाट भने सहयोग प्राप्त भएको र आगमी दिनमा पनि यस्तै सहयोगको अपक्षा रहेको कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सावित्रा अर्यालले जानकारी दिनु भयो । हाल अहिले किशोरकिशोरीहरु जसले विचमा अध्ययन छोडेकाहरुमा SLC दिने चाहना बढ्दो छ । तर प्राइभेट SLC दिने नाममा धेरै विद्यार्थीहरुको आर्थिक भार सँगसँगै ठगीको शिकार हुन पुगेकाहरुलाई दह«ो जवाफ दिएको छ साधना महिला विद्यालयले यसका लागि प्राइभेट परीक्षामा सम्मिलित विद्यार्थी कोफिला अर्यालयले लेखेको कथा ः
 शिक्षामा नारी चेतना ः उनीसँग मेरो पहिलो भेट बुटवलमा जागिरका लागि अन्तरवार्तामा भएको थियो । बोल्दा नहाँसी नबोल्ने र कुराकानीकै क्रममा थाहै नपाई मनको पिडा एक शासमा आफूले भोगेका दुःखसुखका वृतान्त सुनाइन । उनको जीवनमा आएका आरोह अवरोहहरुले मेरो मनमा उनी प्रति सहानुभूति जाग्यो । उमेरको हिसाबले म उनी भन्दा सानै भएकोले मैले दिदी भनेर सम्बोधन गर्थे । अन्तरवार्तामा सफल भए पश्चात एउटै कार्यालयमा सहकर्मी भयौं । नियुक्ती पत्र त तयार भयो । पत्र पनि बुझ्यौं अनि उनको र मेरो शाखा फरक–फरक थियो कार्यालय मात्र एउटै, जागिर पाए पश्चात उनी त निकैं खुशी थिइन म भने थिइन किनभने मेरो चाहना विद्यालय जाने थियो । बाध्यताले जागिर नखाई पनि भएन तर मेरो विद्यालयका साथीहरु कलम कापी समातेर विद्यालय जाँदा म भने कार्यालयको पोशाकमा जागिर खान सबै जना फुच्ची कर्मचारी कसरी जागिर खान पाएको होला भन्ने गर्थे । विद्यालय जाने साथीहरुलाई देखेर म गहभरि आँसु पार्दै मन अमिलो गराउदैं कार्यालयमा जान्थे । त्यहाँ पनि कहाँ सजिलो हुन्थ्यो ? र उही त हो जहाँ गए पनि कर्म सँगै त्यो विचमा उनीसँग प्रायः हाजिर गर्ने क्रममा भेट हुने गथ्र्याै उनलाई देखेपछि उनको दैनिक भोगाई पुनः सुन्ने मौका पाउथें । जसले मलाई हिम्मत दिन्थ्यो । उनको विवाह कक्षा ९ मा पढ्दा पढ्दै भएको रहेछ । विवाह पश्चात केही समय पछि एउटा छोरा पनि जन्मियो । त्यसपछि उनको जिवनमा दुःखको वर्षा भयो ।उनलाई घरपरिवार एवं पतिबाट पनि सहन नसक्ने यातना पाएपछि माइतीको शरणमा परिन् । विवाह भएकी छोरी त्यसमा पनि छोरो समेत माइत भन्दा पनि समाजमा धेरै कुरा सुन्न पाइन्छ । उनको व्यथाले मेरो मनका घाउमा मलम लगाउथें । अनि धन्य हो दिदी तपाईको जिन्दगी  १ यस्तै यस्तै सोचेर मेरो चित्त बुझाउथे । तर समयले दिएको पिडासँगै उनको दैनिक जिवनको भोगाई मेरो दैनिकीसँग तुलना गर्थें र उनलाई हेरेर चित्त बुझाउथे । समयसँगै मेरो मानसिक सोचाईमा परिवर्तन ल्यायो एउटा सकारात्म सोंच भन्ने तालिमबाट म आफूलाई पूर्णरुपमा परिवर्तन गरें र अनि उनको लागि सुझाव दिएँ । जब उनी जागिर गर्छिन भन्ने थाहा भयो उनको परिवारलाई त्यसपछि उनको परिवारले उनलाई फकाउन थाल्यो र घर बोलायो । पतिले पनि माया गर्न थाले । भर्खरकी २५÷२६ वर्षकी उनी असाध्यै राम्री पनि थिइन । उनको माइत बुटवल नगरपालिका वडा नं. ५ मा पथ्र्याै भने घर शंकरनगर गा.वि.स.मा घरमा सम्पत्ती नभएको होइन मात्र शैक्षिक चेतनाका कमि भारती जागिरबाट छुटेका पेन्सेनर ससुरा अनि पुरातनवादी सोंचको परम्परागत शैली जहाँ बुहारीलाई घरको दहलिज नाघ्ने अधिकार हुदैन त्यस्तो सोचको  शिकार थियो त्यो परिवार कसैसँग बोल्न हुँदैनथ्यो । मैले प्रश्न गर्थे दिदी घर जान मन लाग्दैन उनी भन्थिन के को लाग्नु त्यो घरको यातना सम्झदा त फर्केर हेर्न मन लाग्दैन । तर म के गरु छोराको लागि फेरि पनि सोच्छु जस्तो लाग्छ तर जागिर भए पछि पुगिहाल्छ मेरो जिवन गुजारा हुन्छ । अनि के अर्को विवाह गर्नु हुन्छ? के भनेको होला पहिलो पटक गरेर यस्तो दुःख पाए अब फेरि के गर्नु उही पनि छोराले पाल्छ नि १ के को पिर मान्ने हो र १ छोराको लागि पनि दोश्रो विवाह गर्दिन म भन्थिन । आमाको मन न हो उनी गम्भिर भएर छोराको विषयमा सोच्न थालिन । अनि यो बहिनीले गर्दा के–के कुरा मनमा आयो । समयसँग सँगै स्थायी भयौं दुबैजना । फेरि खुशी थपियो उनको जिवनमा मेरो मन भने अर्को जागिरको खोजी गर्दै थियो । उनको जागिर स्थायी भएको थाहा पायो र उनलाई उनको श्रीमानले फकाउने धेरै प्रयास पनि गरे त्यसपछि छोरोको लागि त घर बाध्य भइन र गइन । धेरै वर्ष पछि घर जाँदा उनको मनमा प्रश्नहरु नउठेको होइन तर घर परिवारले नै वाचा गरे पछि विश्वास गरिन र घर गइन । यसै क्रममा मैले प्राइभेट क्ीऋ दिने तयारी गरे सो समयमा हामी चार जना साथीहरु सँगै क्ीऋ  को तयारी ग¥यौं । उनलाई पनि भने दिदी जाउँ भने उनले भनिन् म त सक्दिन किनभने धेरै बोदो भएको छ स्मरण शक्ति तिमी जस्तो तेज छैन फेल भए भने चर्काे फिस तिरेर पढ्ने फेल भए झन समस्या हुन्छ  । मैले सिधै बुझे र कर गरिन तर कुरा अर्कै रहेछ उनी फेरि घरेलु हिंसाको सिकार भएको र उनले घरमा धेरै यातना पाएको मैले पछि थाहा पाए । अनि घर गइ सके पछि त राम्रो होला भन्ने मेरो बुझाई गलत सावित भयो । जब मैले उनलाई भेटे उनको अर्को बच्चा अर्थात छोरा जन्माउन दबाब आएको रहेछ । अनि उनले जेठो छोरो १७ बर्षको हुँदा अर्को छोरो जन्माइन र सघर्षरत जिवनमा नै घर पनि बनाइन साढे दुई तले घर त्यो पनि मार्वल लगाएर मैले कसरी बनाउनु भयो भनि सोधें उनमा धेरै हिम्मत रहेछ । उनले घर परिवारलाई मुद्दा दिएर जितिन र जग्गा प्राप्त गरिन त्यहि जग्गा मध्ये केही बेचेर बाकी जग्गामा घर बनाइन । त्यस पछि पनि घरेलु हिँसाको शिकार भएता पनि हिम्मत हारिनन् र साधना महिला विद्यालयमा क्ीऋ दिने तयारीमा रहेको थाहा पाएँ । उनले भनिन बहिनी तिम्रो नोटबुक छ भने दिनु न १ मैले भने किन दिदी? उनले भनिन मैले पनि SLC परीक्षा दिन जाने हो तिम्रो नोटबुक चाहियो । मलाई अंग्रेजी सिकाउनु है मेरो कमजोर विषय भनेको अंग्रेजी छ भन्दा म सारै खुशी भए र भने दिदी हुन्छ । तर जागिरको क्रममा म धेरै कम मात्र कार्यालयमा र बाकी फिल्डमा नै हुने भएकोले चाहे जस्तो सहयोग हुन सकेन। तै पनि उनी परीक्षा सकिए पछि उनी मसँग बारम्बार भेट हुने गर्थिन । र भन्थिन म पास हुन पाए हुने थियो । कोरिया जाने चाहना इजरायल जाने चाहन व्यक्त गर्दा म सधैं सुझाव दिन्थें दिदी पढ्नु पर्छ पहिले पढाई पूरा गर्नु पछि जहाँ पनि अवसर पाइन्छ । मेरो चाहना त उनी पढुन र अगाडी बढ्न सिकुन भन्ने थियो । जब रिजल्ट आयो उनी दौड्दै मेरो नजिक आएर भनिन म पास भएँ म त आँखा भरि आँसु झार्दै उनलाई बधाई दिएँ र भने तिमी त बोड फस्ट भयौ नि उनले सोधिन किन यतिका मानसिक यातना र पिडामा पनि हिम्मत गरेर अगाडी बढ्ने तिमी सबैका लागि उदाहरण हौं मैले तिम्रो बारेमा समाचार लेख्न मन लागेको छ । साँच्चिकै यो देशमा यिनी दिदी जस्तै सबै महिलाले संघर्ष गर्ने हिम्मत गर्ने हो भने यो देशको सम्पूर्ण विकासमा महिलाको अग्रसरता हुने थियो सायद देशको मुहार फेरिने थियो । फेरि सबैले भन्ने थिए होलान बुद्धको जन्म भुमि सुन्दर शान्त नेपाल १

Saturday, January 24, 2015

फेसबुक सन्जाल र यसकाे उपयाेगले युवा वर्गमा पारेका प्रभाव

मेरो क्याम्पसको पहिलो भेट सिर्जनासँग हुन गयो । उ र म अत्यन्त मिल्ने साथी बनेका थियौं । हामी कक्षामा सगै बसेर पढ्ने गथ्र्यौ । धेरै दिन भएको थियो उ क्याम्पस नआएको । मैले फोन गरे उसेले उठाइन । सन्देश पठाए जवाफ दिइन के भयो भनेर सोचेकी थिए । उ किन क्याम्पस आइन होला के भयो होला ? प्रश्न गरिरहें तर धेरै दिन पछि उ आई तर पहिलाको जस्तो जोश जाँगर थिएन । उदाशपन निराश अनुहार सोधें के भयो ? किन यतिका दिन पढ्न नआएको ।
तब उसले मलाई सबै कुरा यसरी सुनाई । दिदी मैले फेसबुक खोले पछि धेरे साथीसँग भेट भएको थियो । कुरा मिति २०६९ साद कात्तिक २४ गतेको हो धेरैजना चिनेका पत्रकार दाजु दिदीहरुको फोटो देखेर एड गरें ।
उसले पनि आयो उ पनि पत्रकार नै रहेछ । उसलाई पनि एड गरे । यस्तैमा एकजना विरामी समाचार पढे जसले उपचारका लागि सबै सम्पत्ती बेच्दा पनि उपचार खर्च जुटाउन नसकेको र सहयोगका लागि अपिल गरेको अनि मैले पनि सहयोग गर्नका लागि ग्लोबाल आइ एम इ बेंक को खाता नं. ४९०७०१०००१९३९ मा पैसा जम्मा गर्नका लागि पैसा लिएर हिडेको बैक कता होला भनेर खोजे नभेटेर दुखी भएर फेरि उसलाई अनलाई देखेर सोध थाहा हुन्छ कि भनेर सोधें यसरी हामी विच कुराकानी सुरुवात भएको थियो  । उसले पनि थाहा नभएको जवाफ दियो । निराश भए यतिकै सकिएको थियो । त्यस पछि एक दिनको कुरा हो उसले हजुर नमस्कार भन्दै सन्देश पठायो मैले पनि नमस्कार भन्दै जवाफ दिए । कार्यालयको कामको शिलशिलामा धेरै सँग कुरा गर्ने भएकोले कुरा गर्न असहज लागेन । यस्तै बिचमा हामी विच चिनजान घरपरिवारको बारेमा सोध पुछ भएको थियो । म झुटो बोल्न नजान्ने सबै कुरा भनें उसले म सहयोग गर्छु भेट्न हुन चाहन्छु भन्यो । मैले भेट हुन त नौलो कुरा भएन भने पछि उ मेरो घरमा शिवरात्रीको दिन आयो । हाम्रो परिवारसँग बसेर कुरा गरेर फर्कने क्रममा उसले मलाई सोध्यो विवाह गर्ने कहिले किन नगरेको ? मैले पढ्दै छु म विवाह गर्दिन मात्र भने । धेरै कुरा गरिन । मेरो त्यो दिन कार्यक्रम थियो । मेरो संस्थाबाट फोन आएकोले हतार हतार घरबाट हिडे र उसलाई जाउ पनि भन्न सकिन त्यसैले हजुरको काम थियो होला मैले गर्दा समस्या भयो होला माफ दिनु भने त्यसपछि उ पनि होइन म पनि जान्छु भनेर संगै निस्क्यौं । त्यस पछि उ गयो । म कार्यक्रमस्थल तर्फ लागें । यस्तै गर्दा दिनहुँ फोन गर्ने अनलाइन कुरा गर्ने हुन्थ्यो । धेरै पटक उसले विवाहकै लागि कुरा गर्दथ्यो । जुन मलाई मन पर्दैनथ्यो ।यसै विच उसले मलाई धेरै नराम्रोसँग गाली पनि गथ्र्याे । कहिले कालीदाश कहिले शहरमा भएर पनि जंगलमा बसेको साधु जस्तो कहिले शारिरीक समस्या त छैन । कि तिमी स्त्री नै होइन । यस्तै यस्तै नराम्रा शब्दले गाली गर्दा म उसँग कुरा गर्नै छोडिदिन्थे अनि सरी भन्दै सन्देश पठाउथ्यो । कहिले केटी भनेका कुरा गरे जस्तो पबित्र हुदैन भनेर गाली गरेर सन्देश पठाउथ्यो कहिले फोन गरेर अति भए पछि मैले भने तिमीलाई के चासो प¥यो भन्दै कराउथे । यस्तै गर्दा करीब डेढ बर्ष वितेछ । मेरो आमासँग पनि कुरा गथ्र्यो र सोध्दथ्यो सिर्जनाले विवाह किन नगरेको भनेर आमाले गर्न नमानेर अनि बाबुले किन नगरेको भनेर सोध्दा उसले हजुर्आमाको मृत्यु भएको र एक वर्ष नपुगेकोले मैले विवाह नगरेको भनेर मेरो आमालाई पनि भन्ने गथ्र्याे । उसले घरको र दिनभर गरेका कामका कुरा सबै गर्दथ्यो । म पनि सुनेर प्रतिक्रिया दिन्थे । यस्तैमा उसले एक दिन भन्यो म तिमीसँग विवाह गर्न चाहन्छु किनकी तिम्रो मेरो जिवनी उस्तै मिल्दो जुल्दो छ । मैले केहि बोलिन फेसबुकमा साथी बनेको मात्र हो चिनेको छैन कसरी विवाहका लागि सहमति हुनु । तर घरमा भने सबैजनाले उसले तिमीलाई मन पराउछ तिमीलाई जे ठिक लाग्छ, त्यहि गर मैले उसलाई सहमति दिएपछि उसले आफ्नो आइडि र पासवर्ड दुबै दियो मैले पनि दिए । मैले उसलाई चिनेको छैन कसरी ढुक्क हुन सक्थें र उसको बारेमा कसलाई सोधु भनेर सोचिरहन्थे । यसै विच एक दिन लक्ष्मी (नाम परिवर्तन) ले उसलाई रिसाएको सन्देश पढे । उसले लक्ष्मीलाई(नाम परिवर्तन) धोका दिएको रहेछ । त्यतिबेला उसले धैर्य गर यसरी आवेशमा नआउ भनेको थियो । म अचम्म भएँ के होला मेरो लागि उसले लक्ष्मी लक्ष्मीलाई(नाम परिवर्तन) धोका दिएको  त होइन किनकी अरुले भनेको नभइ आफै प्रत्यक्ष अनलाइन हेरेको थिए । अनि अरु पनि खोज्दै जादा धेरै पुनम पूजा तारा पवित्रा (नाम परिवर्तन) सबैलाई यस्तै गरेको थाहा पाए । के गरुँ म त झसँग भए घरमा विवाहका लागि के के कसले गर्ने तयारी भएको थियो । उता त्यस्तो देखे पछि चिन्ता लागेको थियो । यस्तैमा मेरो ठुली आमाको मृत्यू भयो एक वर्ष विवाह गर्न नमिल्ने भयो । यतिकैमा म एक हप्ता घुम्नका लागि बाहिर गए उसले २०० पटक फोन ग¥यो सन्देश पठायो मैले जवाफ दिइन । त्यसपछि उसले म आत्महत्या गर्छु तिम्रो फोटो मेरो छातीमा हुनेछ । भनेर मोबाइलमा सन्देश पठायो । मैले फोन उठाएर गाली गरे पछि मेरो गल्ती भयो मलाई माफ गर भन्यो । त्यस पछि हामी बिचमा चिसो पना बढ्दै गयो । म कहि जाने लागे पनि काम गर्न लागे पनि उसको अनुमति लिन पर्ने अनि उसलाई नसोधी गए किन गएको को सँग गएकोभनेर जथाभावी बोल्ने गर्न थाले पछि मैले उसलाई विवाह गर्दिन भनेर जवाफ दिएँ । फोन गरेर जथाभावी बोल्दा उसले भनेका कुराहरु सबै रेकर्ड गरें उसले मलाई गरेको हिँसाजन्य व्यवहारले मलाइ धेरै रिस उठेको थियो । उसले मलाई मोबाइलमा तिमीले मलाई विगारे पछि म पनि तिमीलाई विगार्ने तिर लाग्ने हो त तिमीले सिकाएको शिक्षा भनेर सन्देश पठायो । उ धेरै निराश भएको भन्दै कुरा गर्न थाल्यो । म उसँग करिब कुराकानी गर्नै छोडेकी थिएँ । त्यस पछि लक्ष्मीलाई(नाम परिवर्तन) अचानक भेंटे उनले भनिन तपाई उसलाई कहिले राम्रो मान्नु भएन तर उ गलत होइन । मैले भने लक्ष्मीलाई(नाम परिवर्तन) मैले हजुरहरुको मिलन गराउन सकिन भनेपछि उनले भनिन चिसो भएको सम्बन्ध कहिले सुधार हुदैन । त्यो दिन देखि लक्ष्मीलाई(नाम परिवर्तन) भेटेकी छैन । उसले मलाई फोन गर्न छाडेको थिएन उ फेरि मलाई भेट गर्न आयो । मैले केहि भनिन । यस्तैमा फेरि घरमा विवाहको प्रसँग चलेको थियो । मैले पनि उसलाई धोका दिएको महशुश गरें अनि आफ्ना गल्ती सुधारेर अगाडी बढ्ने सोच गरेर उसको पनि विवाह भएको थिएन । अनि मैले उसग आफूले गरेको कुरालाइ माफी  मागेर विवाहका लागि कुरा गरेँ उसले हुन्छ भन्यो तर उसले पनि मसँग खेल खेलेको रहेछ । मैले घरमा विवाहको लागि सबै कुरा गरे पछि उसको कुरा भनेंकी थिए । परिवारले ठिकै छ भन्यो । जब विवाहका लािग उसलाई मैले कुरा गरे परिवारसँग भनेको के थिए उसले किन मेरो बारेमा कुरा गरेको मैले तिमीसँग विवाह गर्न सक्दिन मलाई निको नहुने रोग लागेको छ । कृपया मेरो कुरा बुझ भन्यो मैले पनि ठिकै छ तिमी जसरी पनि धोकेबाज हो धोका दिने बानी परेको रहेछ भनेर फोन अफ गरे । तर अझै पनि फोन गर्न र गाली गर्न छाड्दैन । दिदी म के गरुँ भनेर बेसरी रोइ र भनि दिदी म बाच्न चाहन्न ।
आज सिर्जना जस्ता हजारौं युवा युवती फेसबुकको माध्यमबाट गलत क्रियाकलाप भएको सामाचारमा आउनु दिनहुँ जसो भइ रहन्छ । यस्तै सामाचार लेखिरहने पत्रकारिता पेशा अंगालेकाहरुले पनि पत्रकारिताको खोल आढेर सहयोग गर्ने भन्दै सबै युवती सँग प्रेम प्रस्ताव राख्ने र प्रेममा धोका दिने हो भने राष्ट्रको तेश्रो अंग हो संचार यसको पनि बदनाम हुने हो भने भोलिका पिढीले के गर्लान भन्ने आशा गर्न सकिन्छ ।