Sunday, January 25, 2015

सुन्दरता र सौन्दर्य


सुन्दरता र सौन्दर्य मानव विकाससँगै आजको २१ औं शताब्दी सम्म आईपुग्दा धेरै–धेरै कुरामा अपरिहार्य भएको पाइन्छ । आकर्षक व्यक्तित्व सुन्दर अनुहार अहिले सबै पुस्ताको लागि चासोको विषय बनेको छ । रोजगारको सिलसिलामा पनि त्यत्तिकै महत्वपूर्ण स्थान ओगटेको छ । प्राकृतिक रुपमा पाएको सुन्दरतामा रंगरोगनले भरिपुर्ण गर्दा जसरी कलाकारले चित्रमा सुँहाउँदो रंग भरेर सुन्दर कला प्रदर्शन गर्दछ । त्यस्तै आम मानवमा पनि सुन्दर अनुहार मिलेको शरीर भए हुने थियो हुनेका लागि अझ राम्रो बन्ने चाहना पनि उत्तिकै भएको पाईन्छ । जसरी झट्ट हेर्दा अत्यन्त सुन्दर आकर्षक शरीर सुहाउदो पहिरन त्यसमा सौन्दर्य सामग्रीको प्रयोगले अझ सुन्दर बन्ने चाहनाले विशेष गरी युवा–युवतीलाई छोएको पाइन्छ । जसरी सुन्दरताका लागि आकर्षणको केन्द्र विन्दु बन्ने चाहना गरिन्छ त्यस्तै भित्री मानसिक विचार बौद्धिक क्षमता देखि लिएर विनम्रता शिष्टता अनि सभ्यतालाइ पनि अंगाल्न सक्नु पर्दछ ।
    २१ औं शताब्दीमा पनि दिनमा सुर्य र रातमा चन्द्र उदाएकै हुन्छ । अझ विशेष गरी आफ्नो देशको संस्कृती रिती रिवाजलाई लोप हुन नदिन र यसको संरक्षणमा पनि अलिकति ध्यान दिन सक्ने हो भने यसले सुन्दरतामा अझ निखार ल्याउन सक्छ । फेशनको जामानामा पुरानो सोंचलाई त्याग्नु पर्छ भन्ने मानसिकतामा थोरै परिवर्तन गर्नु पर्छ जस्तो लाग्छ । हुन त अहिलेको परिवेशमा युवा–युवतीलाई दुबैलाई सुन्दर हुने चाहना बढी भएको पाइन्छ । विशेष गरी युवालाई अलिकति हेण्डसम हुने चाहना राख्दछन् भने युवतीहरु पातलो शरीर बनाउन विभिन्न किसिमका उपायहरु खोजेको पाइन्छ । मोटो भद्यापन होला भन्ने डरले कम खाना खाने बानीले कहिले काहिँ मृत्युको मुखमा धकेल्न सक्छ । त्यसैले पातलो शरीर बनाउने होडमा शरीरलाई आवश्यक पर्ने सन्तुलित आहारलाई त्याग्ने होइन । त्यसको सट्टा पोषणयुक्त खाना खाने समयमा खाने अनावश्यक तनावबाट टाढा रहने सधै भरि हसिलो रहने खुशी रहने शारीरिक व्यायाम गर्ने आदि गर्नु पर्दछ । हुनत सुन्दर हुने चाहना अहिले युवा पुस्तामा मात्र सिमित रहेन किनभने उमेर अवस्थाले पनि अलिकति परिपक्व अझ भनौं ५०÷६० वर्षको सेरोफेरोमा रहेका मानिसहरुको विचमा रहेर अध्ययन गर्ने हो भने अझ बढी सौन्दर्य सामाग्री देखि लिएर फिटनेस सामाग्रीको प्रयोग र योग–अभ्यासमा लागेको पाइन्छ ।त्यो पनि समयकाे परिस्थिति अनुसारको माग हो । यसलाई उपेक्षित दृष्टिले हेर्नु गलत हो । तर पनि हामीले गर्ने आहारमा कत्तिको हामी सचेत छौंं । त्यसतर्फ ध्यान दिनु जरुरी हुन्छ ।  विशेष गरी स्वास्थलाई मध्यनजर गरेर हेर्ने हो भने माँसाहारी भन्दा साकाहारीहरु धेरै फुर्तिला र अझ जवान देखिन्छन् । त्यो पनि अझ बढि योग अभ्यास नियमित गर्नेहरु अझ बढि स्वस्थ देखिन्छन् । त्यसमा पनि उनीहरुको विचार व्यवहार हरेक कुरा चुस्त रहेका पाइन्छ ।
    जसरी सुन्दरताका लागि विभिन्न कुराहरुको उपभोग गरी को भन्दा को कम को प्रतिस्पर्धा नै चलेको छ । अझ भनौं विशेष गरी नारी सौन्दर्यको सामाग्रीले व्यापार व्यवसाय देखि लिएर सामाजिक परिवर्तन ल्याएको छ । सुन्दर हुने चाहना राख्नु राम्रो कुरा हो तर होस पु¥याएर गर्नु पर्ने अवस्था आएको छ । एकातिर सौन्दर्य सामाग्रीले बाहिरी सुन्दरता त बनाउछ तर यसले छालामा नराम्रो किसिम असर पु¥याएको थाहा पाउन निकै कठिनाई पनि छ । हाम्रो स्वास्थ्यलाई नै गम्भीर असर पु¥याएको छ भने आधुनिकताका नाममा आफ्नो क्षमता भन्दा बढि अनावश्यक विकृति पनि फैलिएको पाइन्छ । जसले गर्दा अकालमा ज्यान गुमाएका समाचारहरु हामीले दिनहुँ सुन्ने पढ्ने गरेका पनि छौं । हुन त आधुनिकताको नाममा महिलाले मात्र होइन पुरुषहरुका लागि पनि विभन्न गर–गहना तथा पार्लरहरु पनि उत्तिकै खुलेको पाइन्छ । यसबाट के बुझिन्छ भने सुन्दर हुन महिलाहरु धेरै पार्लर जान्छन भन्ने कुरालाई पुरुषहरुका लागि खुलेका पार्लरहरुले  पनि पुरुषका लागि पनि उत्तिकै अपरिहार्य बन्न पुगेछ । एउटा बुझनै पर्ने कुरा बदल्नै पर्ने विचार के हो भने तपाई जतिसुकै राम्रो हुनु होस तर बोलीमा शिष्टता छैन र अनुशासित हुन सक्नु भएन भने तपाईले प्रयोग गरेको सौन्दर्यका सामाग्री बेकार हुन सक्छ । त्यसैले बाहिरी सुन्दरतासँगै भित्री सुन्दरतमा पनि सौन्दर्यको सामाग्री प्रयोग गर्नु होस । जसका लागि अनुशासित बन्नुहोस सकारात्मक धारणाको विकास गर्नुहोस । कुलतमा नफस्नुहोस यदि फसिसक्नु भएको छ भने बाहिर आउने कोशिस गर्नु होस समयको सदुपयोग गर्नु होस । सहयोगी बन्नुहोस । आफुमा धैर्यता कायम गर्न सिक्नु होस । दुःखी अशक्त अपाङ्गहरुका लागि सहयोगी र सहृदयी बन्नुहोस । सबैलाई शिष्ट व्यवहार गर्नु होस । जे कुरा प्राप्त गर्न सक्नु भएन त्यसका लागि दुखि नहुनुहोस । त्यसलाइ सहज रुपमा लिने बानीको विकास गर्नु होस । भोलि गर्नु पर्ने कामको प्रभावकारी नतिजा ल्याउन राम्रा विषयहरुको अध्ययन गर्नुहोस आफुमा भएका राम्रा कुराहरुको खोजी गर्नु होस । बेलुका समयमा सुत्ने र विहान समयमा उठ्ने बानीको विकास गर्नुहोस । अनि विहानीको ताजाहावामा व्यायाम गर्नु होस मनमनै अठोट गर्नुहोस कि आज मैले कसैलाइ मन दुखाउने कार्य गर्दिन । म सबै सँग हाँसेर शिष्ट भाषामा विनम्र भएर बोल्ने छु । म आवश्यक कुरा मात्र बोल्ने छु अनावश्यक कुरा गरेर समय खेर फाल्दिन । मैले समयको महत्व र आफ्नो जिम्मेवारी लाई राम्ररी बुझ्ने प्रयास गरी सोही अनुसार काम गर्ने छु । म सकेसम्म अरुलाई सहयोग गर्ने छु । मलाई कसैले गाली गर्छ भने पनि विरोध नगरी त्यो कुरालाई मनबाट निकाली दिने छु । कतै कमी कमजोरीका कारण गल्ती भएको छ कि त्यसलाइ आफुले गरेका कार्यहरुको टिपोट लेख्ने बानीको विकास गरी सुधार गर्ने छु । म जाँड रक्सी चुरोट तथा अन्य दुव्यर्सनमा फस्न चाहन्न र साथीलाई पनि नफस्ने सुझाव दिने छु  । म आफनो क्षमता अभिबृद्धिका लागि विभिन्न सामाजिक क्रियाकलापमा सहभागीहुने छु जसले नयाँ कुरा सिक्ने र सुन्ने सुनाउने अवसरको रुपमा लिने छु ।
    यसरी आफु र आफ्ना धारणामा परिवर्तन ल्याउने हो भने जति तपाई सुन्दर हुनुहुन्छ त्यसले तपाईको सुन्दरतामा अझ निखार ल्याउनेछ । सामाजमा आफुलाई चिनाउन सक्नु हुनेछ । त्यसैले तपाई बाहिरी सुन्दरतालाई मात्र होइन भित्री सुन्दरतालाई पनि उत्तिकै महत्व दिनुहोस जसले गर्दा बाहिरी र भित्री सुन्दरतामा कमि हुने छैन । अनि बन्न सक्नुहुनेछ लाखौंमा एक नमुना ।

No comments:

Post a Comment