Sunday, March 20, 2016

के मिल्थ्याे र ?

के मिल्थ्याे र सुन सँग पित्तल
के मिल्थ्याे र जाडाेसँग शितल
के  मिल्थ्याे र पिडासँग हाँसाे
के  मिल्छ र सुनाउँदा गुनासाे
मिल्छ सुख देखाउँदा सहि बाटाे
मिल्छ शान्ति मनमा छुटाउँदा कुबाटाे
भाेलि त म पनि जान्दिन के हाेला
जिन्दगी नराेकिने बगेकाे खाेला


धेरैले याेग्यताकाे कुरा गर्छन मलाइ लाग्छ अाफै 


भित्रका क्षमतालाइ निखार्न र तिखार्न सक्षम हुनु नै 


ठुलाे याेग्यता हाे ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍।


तनमा बिझेकाे झुसिलकिराकाे झुसकाे उपाचार गराउनु



मनमा बिझेकाे झुसिलकिरालाई पुतली बन्दा सम्म 


पर्खेर मुक्त गराउनु

अामा अाज मैले एउटा सपना देखे

अामा अाज मैले एउटा सपना देखे
त्यो भन्दा पनि यथार्थ तिताे लेखे
मलाई माफ गर्नु छाेरीकाे जीवन फरक देखे
सानाेमा छाेरीलाइ लजाउन सिकाएकाे देखे
हरेक काममा लैङ्गिक भेदभाव देखे
भाईकाे खेलाैना बल व्याट र क्यारमबाेड
दिदी बहिनिका लागि भाडाकुटि डल
दाजुभाईकाे पाेशाक सट पाइन्ट देखे
हामिलाई चाैबन्दि र फरिया किनेकाे देखे
दाजुभाइ शानमाले जिवनसाथी राेजेकाे देखे
दिदीलाई पसलमा सजाएका पुतलिझै देखे
अपराधिले जस्तो बयान दिएकाे देखे
दाजुभाइले कुमारीको बयान लिएकाे देखे
दाजुभाइले भिकारीले जस्तो दाईजाे मागेकाे देखे
दिदी अामाकाे बाेझ उठाएर हलुङ्गाे भएकाे देखे
छाेरा भन्दा छाेरी धेरै बाेझ मानेकाे भेटे
धर्तीमा अाउने थिईन छाेरी बाेझ भन्ने थाह पाए
म फेरि उहीँ ठाउमा जाने थिए फर्केर जान पाए
नरूनु छाेरीले यस्तो भनेर हिजाे हजुरका दिन सम्झेर
ठिक गरि भनेर मलाई धाप देउ नयाँ काम गर्छु
छाेरी नै भए पनि छाेराले झै यात्रा तय गर्छु
पुरूष अबिवाहित बसे स्वामी महाराज भन्नेलाई
नारी अबिवाहित बसे बुढीकन्या/हिजडा भन्नेलाइ
नारीकाे अस्तित्वमा प्रहार गरि प्रश्न गर्नेलाई
हो म जबाफ माग्न चाहन्छु छोरी भनि हेप्नेलाई
पुरूष जन्माउन पनि महिला चाहिन्छ
जथाभावी बाेल्नेलाई जेल राखिन्छ
यस्तै भनेर नारा लगाएकाे देखे
झुपडीबाट महिलाकाे ताती देखे
सपनाबाट ब्युझिदा त हातमा पम्प्लेट देखे
महिला हिंसा बिरूद्दकाे पुस्तक देखे

अामा म कहिले स्वतन्त्र हुन्छु?

अामा म कहिले स्वतन्त्र हुन्छु?
सानाेमा कुरिकुरि भनेर राेकियाे
किसाेरावस्थामा अनुशासनकाे ताल्चा ठाेकियाे
पढ्न खेल्ने समयमा पनि गृहिणी काम सिकयाे
पढ्ने रहर एउटा कुनामा लुकाएर अाज्ञाकारी 
मनका चाहना र सपनालाई भाेटे ताल्चा मारी
घर र माईतकाे जिम्मेवारी बाेकीयाे
अाफ्नाे भन्दा पराईकाे अादेश मानियाे
बिवाह नहुदा सम्म अभिभाककाे अधिनमा
बिवाह पश्चात् पति सासू र ससुराकाे अधीन
अामा नबनुन्जेल शंका त्रशीत जिवनमा
सन्तान जन्मे पश्चात् अामाकाे जिम्मेवारीमा
जब ठुला भए सन्तान बृद्ध अाश्रमकाे खाेजिमा
हाे म कहाँ र कहिले स्वतन्त्र हुने हाेला
मेरा हक र अधिकारलाई कुन कुन दफा मा हाेला
के म सधै यस्तै गरि बाँचिरहु कस्तुरी झै घुमिरहु
मलाई जवाफ दिनु न म कहाँ स्वतन्त्र छु?

Thursday, March 10, 2016

new poem

हामीले देखेका सपना भत्किन सक्छ भत्किन देउ
मन अत्तालिन सक्छ धैर्य र साहसले सम्हालिदेउ

बचन फेरिन सक्छ तर तिम्रो बौद्धिकताले बाधिदेउ
विश्वास ढल्न सक्छ झिनो आशा मनभित्र बालिदेउ

फूलहरु झरेर ओइलन सक्छ नयाँ कोपिला लाग्न देउ
जिन्दगी मुस्कुराउन सक्छ विश्वासिलो माया, प्रेम देउ

मेराे सानाे काेशिस

किन दुखी हुनु यहाँ कसैका लागि
पवित्र प्रेम लत्याएर अंगाल्ने अरुलाई

धोका दिनु संयोग होइन जरुरी थियो
विश्वासको आधार विनाको प्रेम हो यो


कसैले कसैलाई धोका दिन्छ भने त्यहाँ
विश्वासको आधार तयार भएकै छैन यहाँ 


अविश्वासको पर्खाल भित्र सुन्दर जीवन हुदैन
भ्रममा नपर्नु तिमी धोका पाउने दुखी हुँदैन 


आज धोका दिनेले भोलि जीवनको विच बाटोमा
पिडा र यातना दिएमा मायाको साटोमा 


अलि पछि ढलेको विश्वासले पिडा दिने थियो
धन्यवाद तिमीलाई समयमै परिचय दियौ


कोठाभरि टासिएका तस्वीर उप्काए सरी
यो मनबाट उप्काएर फाँले त्यसै गरी


तिमीले कमजोर होइन बलियो बनायौ
कोमल यो हृदय चट्टान जस्तै बनायौ


सानोतिनो बज्रले पनि छुदैन मलाई
प्रहार गर्दा थाकेर दया लाग्ला तिमीलाई 


पिट्छौ जति कठोर बनाउला आफुलाई
हो म अत्यन्त खुशी छु भाग्यमानी रहेछु


तिमी भन्दा असल साथी मैले पाउनेछु
चोट दिने चाहना छ भने देउ मलाई


हृदय खोली स्वागत छ तिमीलाई

Poem

उनलाई बास चाहियो रे मेरो मनको शहरमा
डुब्न र डुबाउन चाहन्छिन् मायाको सागरमा
सोच्दैछु आज कस्तो प्रेम हो म परें दोधारमा
मायाको संसारमा धोखा होला कि कारोबारमा
बुझ्नै सक्दिन उनी धेरै पिडित भइन कि
मैले नदिएको स्वीकृतिले दुर्घटना पो होला कि
न त दिन सक्छु महलको सुख न त हिरा मोति
उकाली ओरालीमा गर्नै पर्छ दाउरा घाँस बोकी
मनको मझेरी राखें भने उनीलाई पिडा हुने हो कि ?
जिबन भरि भौतिक सुख नपाउदा पाप लाग्ने हो कि ?