उनलाई बास चाहियो रे मेरो मनको शहरमा
डुब्न र डुबाउन चाहन्छिन् मायाको सागरमा
डुब्न र डुबाउन चाहन्छिन् मायाको सागरमा
सोच्दैछु आज कस्तो प्रेम हो म परें दोधारमा
मायाको संसारमा धोखा होला कि कारोबारमा
मायाको संसारमा धोखा होला कि कारोबारमा
बुझ्नै सक्दिन उनी धेरै पिडित भइन कि
मैले नदिएको स्वीकृतिले दुर्घटना पो होला कि
मैले नदिएको स्वीकृतिले दुर्घटना पो होला कि
न त दिन सक्छु महलको सुख न त हिरा मोति
उकाली ओरालीमा गर्नै पर्छ दाउरा घाँस बोकी
उकाली ओरालीमा गर्नै पर्छ दाउरा घाँस बोकी
मनको मझेरी राखें भने उनीलाई पिडा हुने हो कि ?
जिबन भरि भौतिक सुख नपाउदा पाप लाग्ने हो कि ?
जिबन भरि भौतिक सुख नपाउदा पाप लाग्ने हो कि ?
No comments:
Post a Comment