Sunday, March 20, 2016

अामा अाज मैले एउटा सपना देखे

अामा अाज मैले एउटा सपना देखे
त्यो भन्दा पनि यथार्थ तिताे लेखे
मलाई माफ गर्नु छाेरीकाे जीवन फरक देखे
सानाेमा छाेरीलाइ लजाउन सिकाएकाे देखे
हरेक काममा लैङ्गिक भेदभाव देखे
भाईकाे खेलाैना बल व्याट र क्यारमबाेड
दिदी बहिनिका लागि भाडाकुटि डल
दाजुभाईकाे पाेशाक सट पाइन्ट देखे
हामिलाई चाैबन्दि र फरिया किनेकाे देखे
दाजुभाइ शानमाले जिवनसाथी राेजेकाे देखे
दिदीलाई पसलमा सजाएका पुतलिझै देखे
अपराधिले जस्तो बयान दिएकाे देखे
दाजुभाइले कुमारीको बयान लिएकाे देखे
दाजुभाइले भिकारीले जस्तो दाईजाे मागेकाे देखे
दिदी अामाकाे बाेझ उठाएर हलुङ्गाे भएकाे देखे
छाेरा भन्दा छाेरी धेरै बाेझ मानेकाे भेटे
धर्तीमा अाउने थिईन छाेरी बाेझ भन्ने थाह पाए
म फेरि उहीँ ठाउमा जाने थिए फर्केर जान पाए
नरूनु छाेरीले यस्तो भनेर हिजाे हजुरका दिन सम्झेर
ठिक गरि भनेर मलाई धाप देउ नयाँ काम गर्छु
छाेरी नै भए पनि छाेराले झै यात्रा तय गर्छु
पुरूष अबिवाहित बसे स्वामी महाराज भन्नेलाई
नारी अबिवाहित बसे बुढीकन्या/हिजडा भन्नेलाइ
नारीकाे अस्तित्वमा प्रहार गरि प्रश्न गर्नेलाई
हो म जबाफ माग्न चाहन्छु छोरी भनि हेप्नेलाई
पुरूष जन्माउन पनि महिला चाहिन्छ
जथाभावी बाेल्नेलाई जेल राखिन्छ
यस्तै भनेर नारा लगाएकाे देखे
झुपडीबाट महिलाकाे ताती देखे
सपनाबाट ब्युझिदा त हातमा पम्प्लेट देखे
महिला हिंसा बिरूद्दकाे पुस्तक देखे

No comments:

Post a Comment