Sunday, March 20, 2016

अामा म कहिले स्वतन्त्र हुन्छु?

अामा म कहिले स्वतन्त्र हुन्छु?
सानाेमा कुरिकुरि भनेर राेकियाे
किसाेरावस्थामा अनुशासनकाे ताल्चा ठाेकियाे
पढ्न खेल्ने समयमा पनि गृहिणी काम सिकयाे
पढ्ने रहर एउटा कुनामा लुकाएर अाज्ञाकारी 
मनका चाहना र सपनालाई भाेटे ताल्चा मारी
घर र माईतकाे जिम्मेवारी बाेकीयाे
अाफ्नाे भन्दा पराईकाे अादेश मानियाे
बिवाह नहुदा सम्म अभिभाककाे अधिनमा
बिवाह पश्चात् पति सासू र ससुराकाे अधीन
अामा नबनुन्जेल शंका त्रशीत जिवनमा
सन्तान जन्मे पश्चात् अामाकाे जिम्मेवारीमा
जब ठुला भए सन्तान बृद्ध अाश्रमकाे खाेजिमा
हाे म कहाँ र कहिले स्वतन्त्र हुने हाेला
मेरा हक र अधिकारलाई कुन कुन दफा मा हाेला
के म सधै यस्तै गरि बाँचिरहु कस्तुरी झै घुमिरहु
मलाई जवाफ दिनु न म कहाँ स्वतन्त्र छु?

No comments:

Post a Comment