Thursday, March 10, 2016

मेराे सानाे काेशिस

किन दुखी हुनु यहाँ कसैका लागि
पवित्र प्रेम लत्याएर अंगाल्ने अरुलाई

धोका दिनु संयोग होइन जरुरी थियो
विश्वासको आधार विनाको प्रेम हो यो


कसैले कसैलाई धोका दिन्छ भने त्यहाँ
विश्वासको आधार तयार भएकै छैन यहाँ 


अविश्वासको पर्खाल भित्र सुन्दर जीवन हुदैन
भ्रममा नपर्नु तिमी धोका पाउने दुखी हुँदैन 


आज धोका दिनेले भोलि जीवनको विच बाटोमा
पिडा र यातना दिएमा मायाको साटोमा 


अलि पछि ढलेको विश्वासले पिडा दिने थियो
धन्यवाद तिमीलाई समयमै परिचय दियौ


कोठाभरि टासिएका तस्वीर उप्काए सरी
यो मनबाट उप्काएर फाँले त्यसै गरी


तिमीले कमजोर होइन बलियो बनायौ
कोमल यो हृदय चट्टान जस्तै बनायौ


सानोतिनो बज्रले पनि छुदैन मलाई
प्रहार गर्दा थाकेर दया लाग्ला तिमीलाई 


पिट्छौ जति कठोर बनाउला आफुलाई
हो म अत्यन्त खुशी छु भाग्यमानी रहेछु


तिमी भन्दा असल साथी मैले पाउनेछु
चोट दिने चाहना छ भने देउ मलाई


हृदय खोली स्वागत छ तिमीलाई

No comments:

Post a Comment