Saturday, December 31, 2016

वृद्धका बेदना

वृद्धका बेदना
बुढो भयो सबै रंग गयो 
आँगन भयो प्रदेश
बुद्धका बेदना जान्दैन कसैले 
मिल्दैन भाषा भेस 
पेट पस्यो भित्र
ढाड भयो कुप्रा
जान नसक्ने टाढा
सुदिन गए सबै
कुदिन आए भन्दै
झार्छन आसुका धारा
हड्डी सबै गले
छाला चाउरी परे
केस फुले सेता कैला
दिशा पिसाब लाग्दा
ट्वाईलेट जान खोज्यो
फड्को चल्दैन पाईला
लौरी टेक्न खोज्यो
हातले समाउदैन
काम्छ्न गोडी थरथरी
बितेका दिन सम्झेर ल्याउदा
आसु झार्छन बर्बरी
कान दुवै बहिरा
नजरभरि बादल
खुकुलो नशा बन्धन
परिवारजनले झर्को घृणा गर्दा
हृदय रुन्छ झन्झन्
आत्मा शान्त भए
शुभ आशिस देलान
माता पिता दिन दिन
दुशित आसु झरे
इश्वरले देख्लान
आफ्नो आउला त्यहि दिन
त्रिबिसको बिजको रोपे
उस्तै फल फल्छ
फल्दैन अर्को थरि
जस्तो कर्म गरे उस्तै भोग्न पर्छ
टर्दैन कसै गरी
बालो वृद्ध बरोबरी भन्छन
विद्वानहरुले कथा
बालो वृद्ध बरोबरी देख्दिन कतै म त
बालो को माया बढ्छ उभो उभो
बृद्धको माया घट्छ उधो उधो
तलमाथि माया बरिबरी दिन
इश्वरलाई के हुदो ?
खुशी मै बित्यो त्यो बाल्य
अवस्था युवामा मनोरञ्जन
घुमी फिरी आयो बुढ्यौलीअवस्था
कष्ट र चिन्ता झन् झन्
कोहिका माता पिता
बृद्धआश्रममा
पशुपति देबघाट निर
हात जोडेर इश्वर संग भन्छन
कस्ता सन्तान हुन् मेरा ?
माया कति कति दुख सुर्ता कति ?
सन्तान हुर्काउदा
कल्ले दिने आधार ?
कसले दिने सुधार ?
वृद्धआश्रममा रुदा ?
कोहीलाई भनि होला सुख र शान्ति
कोहीलाई विपद छ रे
दिएर खाएको हातले

मागी खानु पर्दा 
धरधरी रुन्छन अरे

No comments:

Post a Comment