Saturday, December 31, 2016

सिन्दुरकाे मूल्य कति ?

कबिता : सिन्दुरकाे मूल्य कति ? 
अातुर छन् सब यहाँ 
चतुर छन् सब यहाँ 
मेराे व्यथा सुनाउ कहाँ 
मनकाे बह कसैलाई नकह
धड्कनकाे तिव्रता धेरै भाे
छट्पटीकाे पीडा मेरै हाे
बुझेकि छाै प्रिय जीवन अतुल्य
एक चिम्टि सिन्दुरको मुल्य
तिम्रो सिउदाेमा रंगिने रङ्ग
गलामा पाेते मङ्गलसु सँग
साच्चिकै ईमान्दार छाै तिमी
मेरो बेइमानी तर भाेग्ने तिमी
के गरिनाै ईज्जत् जाेगाउन
त्याे सिन्दुरकाे मूल्य चुकाउन
पछि परिनाै तिमी शिर झुकाउन
सकिन के गरू न्याय दिलाउन
शासन गरे बनेर पति र पिता
शिर उठाएर हिड्ने गर्व शीत
पुरूष हुँ भन्दै अभिमान गर्ने
मान सम्मानकाे बिल्ला भिर्ने
नतमस्तक छु अाज म अाफै
काेशिस कसरी गरूँ माग्न माफि
देखिन लाग्यो सामाजिक एेनामा
देउ सजाय सिन्दुरकाे याेग्य छैन म

No comments:

Post a Comment