कविता
खै त स्वाभिमान ?
नभन मलाई अभिमानी
बन्न खोज्दैछु स्वाभिमानी
आभारीछु आमाबाबु प्रति
जन्मेर हुर्केको यो धर्ती
पढाउनु भो दिएर शिक्षा
अघि बढोस भन्ने अपेक्षा
पुरा गदर्छुै खुड्किला सपनाको
सम्मान गर्छु हजुरका भावनाको
सवल, सक्षम छु केमा भयो कमि
ठिकै हो एउटा हातले ताली बज्दैन
बालुवाले मात्र महल पनि बन्दैन
समयानुसार चल्नु हाम्रो संस्कार
गलत कुराको खुलेरै गर्छु तिरस्कार
छैन कुनै चिन्ता किन लिनु फिक्री
लाजै नमानी माग्ने सुनका सिक्री
सुनका सिक्री त सामान्य भयो
बाइक र कार सबै बेकार भयो
घर घडेरी देखि बैंक ब्यालेन्स सम्म
सक्षम हुनु पर्नै पुरयाउन विदेश सम्म
जान्नु पर्ने अंग्रेजी बोल्नलाई खरर
पास भएको हुनु पर्ने नरोकि सरर
कुरा गर्दै भन्छौ ठुलो छ रे खानदान
आत्मसम्मानको कुरा गरे अभिमान
सकिदैन माग पुरा गर्न भने अपमान
छोरी पनि छोरा जस्तै, खै त स्वाभिमान
धेरै वर्ष भयो चलेको १६ दिने अभियान
महिला हिंसा जहाँको त्यहि छैन स्वाभिमान
बन्न खोज्दैछु स्वाभिमानी
आभारीछु आमाबाबु प्रति
जन्मेर हुर्केको यो धर्ती
पढाउनु भो दिएर शिक्षा
अघि बढोस भन्ने अपेक्षा
पुरा गदर्छुै खुड्किला सपनाको
सम्मान गर्छु हजुरका भावनाको
सवल, सक्षम छु केमा भयो कमि
ठिकै हो एउटा हातले ताली बज्दैन
बालुवाले मात्र महल पनि बन्दैन
समयानुसार चल्नु हाम्रो संस्कार
गलत कुराको खुलेरै गर्छु तिरस्कार
छैन कुनै चिन्ता किन लिनु फिक्री
लाजै नमानी माग्ने सुनका सिक्री
सुनका सिक्री त सामान्य भयो
बाइक र कार सबै बेकार भयो
घर घडेरी देखि बैंक ब्यालेन्स सम्म
सक्षम हुनु पर्नै पुरयाउन विदेश सम्म
जान्नु पर्ने अंग्रेजी बोल्नलाई खरर
पास भएको हुनु पर्ने नरोकि सरर
कुरा गर्दै भन्छौ ठुलो छ रे खानदान
आत्मसम्मानको कुरा गरे अभिमान
सकिदैन माग पुरा गर्न भने अपमान
छोरी पनि छोरा जस्तै, खै त स्वाभिमान
धेरै वर्ष भयो चलेको १६ दिने अभियान
महिला हिंसा जहाँको त्यहि छैन स्वाभिमान
No comments:
Post a Comment