Saturday, December 31, 2016

जन्मदिनकाे शुभकामना

जब अायाै याे धर्तीमा 
हुर्कियाै माया र प्रितिमा 
गुडिया जस्तै मृग नयन
सुन्दर निकै चन्चलेपन
ताेते बाेली मुस्कान छर्दै
नाै महिनामै बाम सर्दै
दैबले खाेसेकाे पिडामा
बदल्याै सहजै शक्तिमा
अघि बढ्दै जाउ यसै गरि
देख्न पाउ हसिलाे सधैंभरि
जीवनका उकाली अाेराली
हर सङ्घर्षका मैदान भरि
अडिग हुनु लक्ष्य प्राप्तिमा
पूरा हाेउन तिम्रा सबै चाहना
जन्मदिनकाे तिमीलाई हार्दिक
मंगलमय शुभकामना 🎁🎁
🎁🎁

No comments:

Post a Comment