Tuesday, November 27, 2018

Poem

संझनाकाे गहिराई नाप्न सकिन 
हृदयकाे गहिरो प्रेम नाप्न सकिन
मानसपटलमा घुम्ने चित्रहरू 
कलमकाे सहाराले काेर्न सकिन 
सके त केवल मिठा पलहरू 
चलचित्र झै भिडियो खिच्न सकिन
खिचिएका तस्बिर नयाँ भेटिन
भाेगिसकेका हरपलका शिक्षा
डायरीका पन्ना भरि काेर्न सकिन
सके त केवल नमिठा पल भुल्न
प्रकृतिको सुन्दर छटामा झुल्न
मनैभरि फुल्छु बनै भरि डुल्छु
यसैगरि नमिठा पल सबै भुल्छु


कथा जीवनको एउटा पाना


हिजो सम्म जति पीडा भए पनि पचाउने क्षमताको वृद्धि भए झै लाग्थ्यो । जब जेष्ठ महिनाको शुरूवात भयो मन अस्थिर थियोे । आमाकै चिन्ता लागिरहन्थ्यो । स्वास्थ गम्भीर भएको जस्तो लागेको थिएन । तर पनि आमाको चाहना बमोजिमको अस्पताल जान दुरि र बाटोको जिर्ण अवस्था बिरामी भएकि आमा लिएर काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा पुगे । हाडजोर्नी बिशेषज्ञलाई देखाउदा प्यारालाईसिस हो कि भनेर टाउकोको  एमअारअाइ गरियो । केही देखिएन आमाको खुट्टाको पिडाको कारण खोज्दै जाँदा फेरि ढाडको एमअारअाइ गरियो यसै क्रममा डा.सम्पुर्णमान तुलाधर एमअारअाइ कक्षमा पुगेर उनले एउटा एमअारअाइ छातीको गर्न लगाए । त्यो रिपोर्ट डा. बिकास पराजुलीले हेरेर डा. बिवेक श्रेष्ठलाई सिफारिस गरे । भोलिपल्ट डा विवेकलाई देखाउदा उनले आमालाई म सँगै गएकि बहिनी रेखालाई बाहिर पठाएर सोधे किन ढिलाइ उपचारमा ? उनको भनाइमा कडा र अलिकति पीडा थियो । मैले आफ्नो सबै कुरा गरे उनी अवाक भए र फेरि भने आमालाई फोक्सोमा ट्युमर पलाएको छ । यति मात्र नभई क्यान्सर भएको छ । तब म छाँगाबाट खसेको अनुभुति गरे । न त रून सके नत मुस्काउन आमालाई हेरेर आखामा आएका आँसु लुकाउने कोशिस गरे । डा. बिबेकको सुझाव थियो CTVS को बिशेषज्ञ डा. मोहन , डा.रबिन्द्र डा. सम्पुर्ण मान तुलाधर धुलिखेल, डा.प्रकाश सायमि मनमोहन अस्पताल टिचिङ मध्ये जो कोहिलाई देखाउन । तर आमा बस्न नमानेपछि फेरि घर फर्केपछि २/४ दिनमा हामी धुलिखेलमा गयौं । त्यहाँका नर्सहरूले डा। रबिन्द्रलाई फोन गरेपछि डाक्टर तुरुन्तै आए आमाको सबै रिपोर्ट काठमाडौ भुलेछु तर पेनड्राईभमा एक प्रति स्क्यान गरेको थियो उनले अस्पतालको कम्प्युटरमा खोलेर हेरे अनि आमालाई भर्ना गर्नका लागि डाक्टरलाई भने । आमालाइ भर्ना गरियो । तर बेड पाईएन ।मैले धुलिखेल नगरपालिकाका कर्मचारी सम्मान तमाङलाई फोन गरे । उहाँ आउनु भयो । आफ्ना साथीलाई भनेर नाकखानघाँटीकाे काेठामा राखियो । अर्को दिन डा.सम्पुर्णमान तुलाधर आएर कन्ट्रा सिटी स्क्यान गर्न भने , राति  १० बजे डा। मोहन आए उनले रिपोर्ट आएपछि मलाई देखाउनु , म यसको बिशेषज्ञ हो, भनेर गए । कन्ट्रा सिटि स्क्यान गर्ने दिन धुलिखेल नजिकै बस दुर्घटनामा परि सयौं मानिस घाइते भएर ल्याईयो । घाइतेहरू को सिटिस्क्यान पछि बल्ल आमाको पालो आयो अघिल्लो दिन साझ ६ बजे पछि केही नखाई बसेकि आमा झनै गल्नु भईको थियो । रिपोर्ट भोलि आउछ भने पछि आमालाई व्हिल चियरमा राखेर बाहिर निस्किय ।तर लैजान सकिन । अरू २ जना मानिस आएर बेड सम्म पुर्‍याउन सहयोग गरे । साँझ रिपोर्ट आयो । डा‍‍ मोहन १० मिनेटमा आउनु हुन्छ भनेर कुरेर बसे ८ बज्दा पनि नआए पछि धुलिखेल नगरपालिकाका सम्मान तमाङलाई फोन गरेर सहयोग मागे पछि अपरेशन कोठामा रिपोर्ट ल्याउनु भनेर बोलाएर गए । रिपोर्ट हेरे डा. रबिन्द्रले भने 3rd Step Cancer  उपचार सम्भव भए पनि निको हुन सक्दैन । आमालाई नभन्नु । जब यो कुरा सुने आत्मबल गिरेर आयो । न त रून सके न त हास्न । हात खुट्टा गलेर आयो । एक पाईला अघि बढ्न सकिन । त्यसै पनि आमालाई छोरा रहेनछन् भनेर बिचरा छोरिले दुख पाउने भइन भनेर सुनाउनेको कमि थिएन । अब त झन के कुरा गर्नु धर्तीमा भासिएको अनुभव बाहेक केही गर्न सकिन । कुनैकुनै आफन्तले भन्थे बिचरी बिहे पनि नभएको रहेछ । कमसेकम श्रीमानसँग दुखेसो त पोख्थिन होला । यतिबेला भने झोक चलेर आयो संयमता गुम्यो अनि भन्न मन लाग्यो ।अहिले मेरो लोग्ने भए कति पिर गरेको होला । कति खर्च गरिस ? के के हो के के ? म एक्लै छु । मैले चाहेको ठाऊमा उपचार गरे । यदि लोग्ने भएको भए उसको आदेश बिना आमा भेट्न पनि पाउदैन थिए होला । सज्जन रहेछ भने अनावश्यक तनाव र चिन्ता मा उ पनि हुने थियो । यहाँ म एक्लै छु । यस्तै सोचेर मन शान्त पारे । तर आमालाई त्यहाँ राख्न मन लागेन । त्यसैले भरतपुर रिफर गर्न लगाएर आयौ । तर त्यहाँ पनि उही रिफर गरेको कागजको आधारमा पुन परीक्षण गरी वायोस्पि गर्नका लागि सानो अपरेशन गर्ने प्रक्रियामा जाँदा जाँदै २२  दिन सम्म भरतपुर बस्न पर्यो ।  सबै परीक्षण गरी अपरेशन गर्न समय लिएर घर आएँ तर आमालाइ ज्वरो आयो । साँझको ८ बजे फेरि मेडिकलमा गइ सिटामोल किनेर ल्याए । मलाइ भने राम्ररी थाहा थियो । आमा मानसिक रुपमा बढी कमजोर भएको कारण चिन्ताले गर्दा ज्वरो आयो भनेर कसैलाइ भन्न सकिन । म आमाको नजिक बस्न चाहेर पनि बस्न सक्दिनथे । मैले आमालाइ देखे पछि आँसु धारा बगेर आउथे । म भित्र भित्रै निकै कमजोर भएको थिए । तैपनि झिनो आशा के थियो भने आमाको स्वास्थ्य सकेसम्म विना पिडा लामो समय सँगै विताउन पाउँछु कि भनेर । यता २० वर्ष पछि आएको स्थानीय निकायको चुनावले सबै त्यतै व्यस्त थिए । म भने आमाको स्वास्थ्यको चिन्ताले गर्दा खासै वास्ता राख्ने अवस्था थिएन । चुनावकाे लागि मलाइ कार्यालयकाे तर्फबाट खटाइएकाे थियाे । म लुम्बिनी बाणिज्य क्यापसमा परे स‌म्याेगबस मलाइ सहज नै भयाे । घर नजिक भएकाेले गर्दा अरु कार्यालयकै सहकर्मी साथीहरु भएकाे कारण सजिलाे नै थियाे । पहिलाे  दिन र दाेश्राे दिन मतदाता परिचय पत्र वितरण कार्य भएकाेले सहज भएकाे थियाे । त्यही  दिन राती करीब १२ बजे तिर स्वाँ स्वाँ गरेकाे अावाज कानमा पर्याे । त्याे दिन पनि व्युझिएँ । उठेर बत्ती बालेर हेरेकाे अामाले मुखमा कपडा राखेर बेस्सरी रुनुभएकाे देखे । मलाइ पनि रुन मन लाग्याे । तर अाफुलाइ सम्हालेर अामालाइ अाैषधी गरे । अर्काे दिन अामालाइ फकाएर साेधे किन त्यसाे गरेकाे भनेर अामाले तिमी एकछिन पनि अाराम गरकाे छैनाै । कसरी बाेलाउ भनेर खटाउने काेशिस गरे । तर तिमीले थाहा पायाै‌ । त्यसपछि म अझै चनाखाे हुनु पर्ने भयाे । म अामा विरामी भएदेखि खाटमा सजिलाे विस्तारामा सुत्न छाेडेकाे थिए । अचानक अामालाइ केही समस्या परेमा म मस्त निदाएँ भने केही हाेला भन्ने चिन्ताले पिरलिरहन्थ्याे । त्यसैले भुइमा गुन्द्री विच्छयाएर सुत्ने गरेकी थिए । त्यसै गरि यस्ता कयाै‌ भुल्न नसकिने अविस्मरणीय पलहरु छन् । जसले मलाइ पिडा हुन्छ । यस्तै गरि असार २६ गते खेत राेप्न अघिल्लाे दिन अामालाइ सकुशल छाेडेर गएका थियाै‌ैं । भाेलिपल्ट फर्किदा अामा सिकिस्त हुनु भएकाे रहेछ । मुखबाट रगत बमिट भएकाे रहेछ । त्यसपछि काठमाण्डाैं लैजान भनि तयारी गरे तर डाक्टर गाेबिन्द केसी अनसन बसेकाेले राम्राे सेवा उपलब्ध हुन कठिन हुने भन्ने खबर पाएपछि । अामालाइ भैरहवा मेडिकल कलेजका डा.विश्व तुलाचनसँग परामर्श लिइ उपचार शुरु गरे । अामाकाे स्वास्थ्यमा सुधार हुँदै अायाे । तर मेराे मन झनझन अतालिन थालेकाे थियाे । मनमा पिर उतिकै थियाे । अामाकाे अगाडी हसिलाे बनेर सेवामा समर्पित भइरहे‌ँ । यसैगरि दिन वित्दै गयाे । तर अामाकाे स्वास्थ्य अवस्था गम्भिर भएकाे थियाे । अामालाइ रातीमा बमिट हुने र सास फेर्न कठिन हुन थाल्याे । अाश्विन महिना लागेपछि अामाकाे घाँटी दिनमा भन्दा रातमा कराउन थाल्याे । हातखुट्टा दुख्ने खटपटी हुने सबै समस्या अाउन लाग्याे । झाडापखाला लाग्ने खाएकाे पाचन नहुने अादि समस्या हुँदै गयाे । तिहार नजिकै अाइपुगेकाे थियाे । टिका लगाउन सानाे भाइ दिनेश पनि अायाे।अामा निकै खुशी हुनुहुन्थ्याे । राेटी पकाउने तयारी हुँदै थियाे । तर अामाकाे रहरसँग मेराे व्यस्तताले साथ दिन सकेकाे थिएन । तिहारकाे किनमेल सकाएकाे थिए र राेटी पकाउन मात्र बाँकी थियाे । अामाकाे चिन्ता भनेकाे राेटी बनाउनका लागि पिरलिएकाे देखिरहकाे थिए । कार्यालयबाट करीब २.३० बजे तिर घरमा पुगे अर्काे  दिन फिनी सेल र अरसा राेटी बनाउने तयारीमा लागे । फिनी बनाउन अामाले पनि सहयाेग गर्नु भयाे । अर्सा राेटी हामी ३ दिदीभाइले बनायाै‌ं । सेलराेटी बनाउन बाँकी थियाे । बहिनी घर गइन । मैले नजान्ने भएकाेले अामाले म बनाउँछु भन्दै अाउनु भयाे । मैले दिन मानिन र अामाले काेकाकाेलाकाे बाेतल काटेर दिनुभयाे । मैले अामाले भने जस्तै गरि पकाएँ । अामाले खान मन लागे जस्ताे गर्नु भयाे । मैले २टा सेलराेटी र एक गिलास दुध  दिएँ । अामाले राेटी खाँदै भन्नुभयाे पाकेकाे छ मिठाे पनि छ तर राम्राेसँग फुरेन । मैले जान्दिन भनेकाे त हाे नि भनेर जवाफ दिएँ अामाले हाँस्दै भन्नुभयाे । यसैगरि सिक्ने हाे । पिर मान्ने हाेइन । भाइले त फाेटाे खिचेर राख्याे । म अझै रिसाए जस्ताे गरे पछि भाइले पनि एउटा सेलराेटी झिकेर खाँदै मिठाे छ दिदी भनेर भन्याे । म राेटी पकाएर सकेर खाना बनाइ खान दिए । अामाले अाइतबार १८ गते नै मलाइ अस्पताल जान्छु । सास फेर्न कठिन भयाे भनेर भन्नुभयाे । म सँगै जान्छु भन्दा हाेइन म एक्लै जान्छु भनेर मान्नुभएन । बहिनीले ज्वाइलाइ फाेन गरि वहाँ अाएर दुबैजना अस्पताल जानुभयाे । मैले पहिले नै मेडिकलमा फाेन गरेर अामाकाे स्वास्थ्य अवस्था र मानसिकता बारे खबर गरे । मेडिकलबाट फर्केर अाउनुभयाे ।मेडिकलकाे कार्ड देखाउदै के भनेकाे छ भनेर साेध्नुभयाे । मैले हजुरलाइ चिसाेकाे असर धेरै भयाे भनेर भनेकाे छ भनेपछि त्यहि भनेकाे थियाे डाक्टरले भनेर भन्नुभयाे । साेमबार राती करीब ११ बजे अामा छटपटिएकाे थाहा पाएर उठे अामालाइ हेरे । अामा अातिनुभएकाे थियाे । उठेर अामालाइ अाैषधी लगाए र मालिस गरेँ अनि अलि सहज भयाे भनेर भन्नुभयाे । म सुतेझैं गरे तर अामालाइ नियालेर हेरे अामाकाे अाँखाबाट अाँसु बगिरहे । कति पिडा भयाे हाेला अामालाइ भनेर सहजै अनुमान गरे म पनि एक्लै राेएँ । अब भने अामाकाे अन्तिम अवस्थामा हुनुहुँदाे रहेछ भनेर झन पिर परेकाे थियाे । भनुँ त कसलाइ भनुँ कसरी के भनुँ म अाफै सम्हालिन कठिन भएकाे थियाे । तैपनि हिम्मत गरे तिहार शुरु भइसकेकाे छ । यस्ताे अवस्थामा कामले व्यस्त भएँ । एक्लै पनि भए काम गर्न अामाकाे हेरचाह गर्न । जसाेतसाे काम चलेकाे थियाे । लक्ष्मी पूजाकाे दिन अनरसा बनाउन बाँकी थियाे । अघिल्लाे दिनकाे कामकाे चापले गर्दा म थाकेकाे थिएँ । खाना खाएर एकछिन अाराम गर्छु त्यसपछि बनाउने भनेर म सुत्न गएँ । करीब दिनकाे २ बजेकाे थियाे हाेला अामा अाफै तयार हुनुभएछ पिठाे माड्न । भाइले खाेसेर अाफै माड्न लागेछ । अामा र भाइ विच बादविवाद भएकाे सुनेर म उठे । म अाएर पिठाे तयार गरे । त्यसपछि खाजा खान दिएर राेटि बनायाैं हामी दिदी भाइले । अामाले नास्तामा अाज फेरि सेलराेटी २वटा खानुभएछ मैले थाहा पाइन पछि भाइले थाल तानेकाे देखेर किन त्यसाे गरेकाे भनेर साेधे अामाले धेरै खानु भयाे सन्चाे हुँदैन भनेपछि थाहा पाए । हामीले राेटी बनाएर सकिने पनि माेबाइलमा मामाघरबाट फाेन अायाे । अामालाइ भाेलि लिन अाउँछाैं भनेर । मैले हस् भनेर राखे । बेलुका ९.३० बजे सबैले खाना खायाै‌ । त्याे समयमा अामाले अरु दिनमा भन्दा बढी नै खाना खानुभयाे । म भने झसङ्ग भएँ । किन यति धेरै खाना खानुभयाे । राती समस्या पर्ने हाे कि भनेर । सुत्ने समयमा अामासँग गएर भने अामा भाेलि हजुरलाइ लिन मामाघरबाट कपिल दाइ अाउने रे । अामा तिमी जाने भनेर साेध्नु भयाे ? म कसरी जाने बहिनीले भाइलाइ टिका नलगाउने । मैले भाेलि एक्लै सबै काम गर्न पर्छ । यहाँ फेरि कसले गर्छ ? म सँगै गएर अाए जानुहाेला हाेइन भने नजानु भनेर फकाए । अामा विरामी भए पछि कहिलेकाँही सानाे बच्चा जस्ताे व्यवहार देखाउनुहुन्थ्याे । अाज पनि त्यस्तै हाेला भनेर फकाए ।अब सुत्छु भनेकाे याे काेठामा भाइहरुले टिभी हेरेर सुत्न दिदैनन् । तिमी अर्काे काेठामा गएर सुत भन्नभयाे । अामा विरामी भए देखि कहिले पनि अामालाइ एक्लै सुतेकाे कुनै रात थिएन । त्याे  दिन म पनि सरासर अाज्ञाकारी बनेर गएँ । भाेलिपल्ट विहान अर्थात २३ गते शुक्रबारकाे  दिन ५ बजे म उठे अामा पनि उठेर शाैचालय जान्छु भनेर भन्नुभयाे । मैले सक्नुहुन्छ भनेर साेधे वहाँले सक्छु भने पनि अामा शाैचालय जाँदा सम्म हेरिरहे । त्यसपछि झाडु लगाए । अामा शाैचालयबाट अाउनु भयाे सदा जस्तै गरि पलङमा बस्नुभयाे । मामाघर जानेकुरा फेरि गर्नु भयाे । मैले सम्झाएँ । उहाँ तयार हुनुभयाे । म उठ्न लागेकाे बेला खुट्टा दुख्याे थचक्क पलङमा बसे अामाले के भयाे भनेर साेध्नुभयाे ? खुट्टा दुखेकाे छ भनेपछि अाज टिका लगाएर साँझ जचाउन जानु भनेर भन्नुभयाे । म अाज र भाेलि डाक्टर भेटिदैनन् । अाइतबार हजुर र म सँगै जाउला भनेर सम्झाएँ । म पाेछा लगाउन जान्छु भनेर भने‌ंअामाले पर्दैन सधै‌ सफा गरि रहेकाे छ भनेर भन्नुभयाे । मैले मानिन । अामाले भाइलाइ पानी तताउ म पहिले नुहाउँछु भनेर भन्नुभयाे । भाइ गएर पानी तताउन शुरु गर्याे । म बाहिर सफा गर्न गएँ ।भित्र अामा एक्कासी खाेकेकाे अावाज सुनेँकाे मात्र के थिएँ अामाले मलाइृ बाेलाउनु भयाे उता बहिनी पनि चिच्याइन । म दाैडेर भित्र गएँ अामाले रगत वमिट गर्नुभएकाे थियाे । मैले अामालाइ काखमा बच्चा समाते जस्तै गरी समाते । भाइलाइ पानी लिन पठाएँ उसले पानि ल्याएर दियाे मैले अामालाइ खुवाए तर सबै मेराे शरीरमा वमिट गर्नुभयाे । अामाले मेराे अनुहारमा २पटक सम्म हेरेर नाकमुखबाट बमिट गर्नुभयाे । त्याे क्षण नै अामाकाे अन्तिम क्षण बन्याे । म  चिच्याएर रुदै के के भनेछु थाहै भएन म चिच्याएकाे सुनेर भाइहरु दुइटै राेए तर बहिनीले अामा बेहाेस भएकाे हाे दिदी अातिनुभयाे भन्दै सबैलाइ फाेन गरेर बाेलाइन । उनलाइ के थाहा अामाले हामीलाइ सदाकाे लागि छाेडेर जानुभयाे भनेर । म रुँदारुँदा पागल जस्तै भएकाे थिएँ । सबै जना अाउनुभयाे । अामालाइ हेरेर बाहिर निकाल्नु भयाे । म भित्र थिएँ । बाहिर एकजनाले घरकाे मान्छे केही नभने पछि हामीले के गर्ने हाे र भनेर भनेकाे सुने । अामा त सदाका लागि गुमाएँ । वर्षदिनमा अाएका पर्व सबैका दिदिबहिनीहरुले प्रतिक्षा गरेका हाेलान । मेराे घर परिवार शाेकमा परेपनि अरुलाइ पनि पिडा भयाे । 

Monday, November 26, 2018

अामा मेराे असल साथी

प्रथम पटक तत्कालीन निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली को लागि आएका निजामती सेवाका कर्मचारीसँगै उनी पनि आए ।संयोगबस् म पनि त्यहि कार्यका लागि खटिएको थिए । हामी वडाका २ जना मात्रै थियौं । काम गर्ने दौरानमा मसँगै आएकि अर्कि साथीलाई मेरो काम गर्ने शैली मन परिरहेको थिएन । उनी मसँग निकै रिसाईन म कुनै प्रतिक्रिया नदिई मौन बसिरहेको थिए । अति भएपछि म उठेर नगरपालिका कार्यालयमा गए । केही समय उतै बसेर आएँ । यो सब उनीहरूले देखेका थिए । अर्को दिन विहानै पुनस् उपस्थित भयौ । अर्को दिन पनि उनी त्यस्तै कराईन मसँग मात्रै नभई उनीहरू सबै सँग अनि म अचम्म परे त्यो समयमा बोलिन । फेरि म बाहिर जाने कामले केही समय गएर आउँदा तीनीहरू बिच भनाभन भैसकेको रहेछ ।ती मध्ये सीप विकास तालिम केन्द्रबाट आउनुभएकी कमला चापागाई दिदिले मलाई असाध्यै माया गर्नु हुन्थ्यो । हामी विच गहिरो सम्बन्ध बनेको थियो । यस्तैमा ती फोटोग्राफर म प्रति मोहित भएको रहेछन । म अन्जान थिए त्यो कुराबाट । तर कमला दिदी सँगै आएका सबैले चाल पाईसकेका रहेछन् । म आफ्नो काम प्रति ध्यान दिए । यतिकैमा फोटो खिच्ने कार्यक्रम आफ्नै वडामा परेको समयमा म फेरि साथी हरूसँगै गए । त्यहाँ मसँगै आमा पनि हुनुहुन्थ्यो । आमाले पनि अनुमान लगाउनु भएको रहेछ । तर म अनविज्ञ नै थिए । उनी मसँगै काम गरेको समय पश्चात अन्य वडामा जादा फोन गरिरहे । म भने अनुमान गर्न सकिन । कहिलेकाही रिस उठ्थ्यो । कति फोन गरेको होला भनेर । फोटो खिच्ने काम समाप्त पछि पिकनिक कार्यक्रम राखे मलाई फोन गरेर बोलाए तर म जान सकिन । किनकि अरू कोहि थिएनन् हाम्रो कार्यालयका साथी । अन्त्यमा एकदिन उनी फेरि आए । फोटो खिच्नका लागि अनुनय गरे मैले मानिन । अपरिचित हुन उनी मेरो लागि कहाँबाट आए रु को हुन के को आधारमा फोटो खिच्नु रु नायिका श्रृषा कार्कीले आत्महत्या गरेको समाचारले मनमा गहिरो छाप पारेको थियो । तर उनले मतदाता नामावलीका लागि खिचेको फोटो बनाएर पठाउछु । ठेगाना दिनु भनेर भने पछि कार्यालयको ठेगाना दिए । तर मन डराएको थियो । उनी काठमाडौ पुगेपछि आफ्नी भाउजूको नामबाट २ पेज लामो पत्र लेखे । त्यो पत्र अहिलेसम्म छ। सारै मन छोएको थियो । तर सभ्य शैलीमा लेखिएको प्रेम पत्र मेरो जीवनको पहिलो तर मैले स्वीकार्न सकिन उनको प्रस्तावलाई मैले बहिनीको भुमिका निर्वाह गर्न तयार रहेको भनेर जवाफ दिए । तर उनी भारि मनले स्विकार्दै पत्र पठाए । म खुशी थिएँ । यतिकैमा उनको विवाहको प्रसङ्ग चलेछ फेरि पनि उनले मलाई पत्र लेखे विवाहको कुरालाई दर्शाएर अहिले ईच्छा नभएको तर पारिवारिक दवाव आयो भनेर ।मैले पुनस् सम्झाउदै पत्र पठाए पछि उनको एउटा शर्त राखे मलाई उनको विवाहमा जसरी पनि आउनु भनेर , मैले हस् भनी स्विकार्दै आउछु भने । गयौं पनि म र मेरो एकजना साथी  भएर । जब उनको परिवारलाई देखे सबै कुरा बुझे र भने धन्न मैले उनको प्रस्तावलाई स्विकार गरिन भनेर सोचे । यदि स्विकारे को भए म जीवनभर खुशी हुन सक्दिनँ भन्नेमा अनुमान गर्न सहज भयो । उनी खुशी रहेनछन् थाहा पाए मैले र उनिसँग मौका छोपि कुरा गरे पछि उनी अलि सहज बने । तर उनी चाहान्थे त्यस दिन म उनको घरमा जाउ तर यसो गर्न मनले मानेन । फेरि आउछु भनेर घरमा आए । अर्को महिना आमा र मसँगै गयौ । उनको घरमा बसियो । आमाले थाहा पाउनु भएछ । आमा म र उनी सँगै थियौं । बानेश्वरबाट  बस चढेर जाँदा उनले मलाई हेरिरहेका रहेछन् । बसबाट झरे पछि उनकने घर सम्म जान १० मिनेट पैदल हिड्नु पर्ने फागुनको महिना पानपरेकोले हिलाम्मे सडक हामी तीनजना जुनको उज्यालो रातको ९ बजेको थियो । आमा लाई अघि हिड्न लगाए ।मैले सेन्डिल लगाएकोले लडिन्छ कि भनेर सुस्त हिडिरहेको थिए । तर उनले मेरो हात समातेर  हिडेका थिए । म डराए के गरेको होला भनेर तर अन्जान बनेर हिडे घर पुगियो ।उनकी पत्नीले खाना बनाएकि रहिछन् । खाना खान बसियो । खाना पछि हामीलाई उनले आफ्नो कोठा मा सुत्न भने उनकी पत्नी पनि हामी सँगै कोठामा सुतिन । म आमाको काखमा सानो बच्चा जस्तै गरि सुतेछु । आमाले बुझ्नुभएछ । आज यो डराएको छ भनेर त्यो कुरा अमाले बुटवल घर आए पछि मात्रै भन्नुभयो । भोलि पल्ट हामी त्यहाँ बाट घर फर्कियौं । केही समय पछि आमाले मेरो जन्म कुण्डली दाजुलाइ देखाउनु भयो ।त्यतिबेला दाजुले मलाई साह्रै माया गर्ने मान्छे आउदा विहे किन गरिनौ भनेर सोध्नुभयो रु मलाई सम्झना छैन भनेपछि उहाँले उनको पारिवारिक संरचना र संख्या गुण रङ सबै भनेपछि आमाले चिन्नु भयो तर मैले आमाले मलाई धेरै समयपछि भनेर थाहा पाए ।  उनी १७ वर्ष पछि फेरि आए फोन गरे त्यसदिन म अल्छी गरेर सुतेको थिए । नयाँ नम्बर बाट कल आयो । मैले हेलो भने उनले हजुर बसेको ठाउँ कहाँ हो भेट्न मन लागेको छ । म छक्क परे मैले अटो रिक्सामा आउन भनेर नुहाउन गए । उनी फलफुल बोकेर आए विहानै । म नुहाएर आएपछि उनिसँग बसेर कुरा गरे । उनी केही समयको बसाइ पछि जान्छु भनेर उठे म पनि सँगै बाहिर जानै लाग्दा बहिनीले चिया बनाएर दिईन । चिया खाँदासम्म उनले मलाई हेरिरहेका रहेछन् । आमाले भित्र बाट हेर्नुभएको रहेछ । चिया पिएर निस्के पछि उनी पुलमा पुगे हाम्रो घर देखि त्यसपछि आमाले भन्नुभयो तिमलाइ उनले साह्रै माया गर्ने रहेछन् । उनको आँखामा तिमी प्रतिको प्रेम उस्तै रहेछ । म नबुझेर अलमल्ल परे । आमाले प्रष्ट पारेपछि मनमा लाग्यो उनकाे नजरमा प्राप्ति मात्रै होईन त्याग पनि हो माया । तर मैले उनलाइ मात्र हाेइन अरु कसैसँग पनि प्रेम गरिन । अामाले धेरै जना साथीहरु मध्ये केही साथी निकै मन पराउनु भएकाे थियाे । मलाइ अामाले नसम्झाउनु भएकाे पनि हाेइन । तर मेराे मनमा कुनै प्रति पनि प्रेम भाव जागेन । अामाले साेध्नु भएकाे थियाे । अाखिर किन त्यस्ताे भाव जाग्दैन भनेर तर मैले अामालाइ सहज जवाफ  दिए हजुरकाे जस्ताे माया अरुकाे लाग्दैन । के गरु याे मेराे कमजाेरी हाे । अरुले गर्ने मायामा स्वार्थ छ तर हजुरकाे माया निस्वार्थ छ । मलाइ निस्वार्थ प्रेम गरेकाे मन पर्छ । बाँकी भनेकाे भन्ने कुरा मात्र हाे । 

Saturday, November 24, 2018

दुखद् निधन,छाेरीले दिईन दागबत्ती

दुखद् निधन,छाेरीले दिईन दागबत्ती 
देवकला अर्याल राजनीतिक पाठशाला लिदै हुर्किएकी अामा हुन् । उनकाे अाज तिहारकै दिन श्वासप्रश्वास अवराेधका कारण निधन भयाे । छाेरी धनाले मगरघाटमा अामालाई दागबत्ती दिईन् । शाहसी धनकलाका अाँखामा अाँसु देखिन् बरु अाँटका साथ अामाकाे पार्थिव शरीरमा दागबत्ती दिईन् ।
तिहारका लागि सबै तयारी गरेकी धनाका लागि तिहार कहिले नबिर्सने शूल बनेर गडि रहने छ ।
मगरघाटमा बुटवल उप-महानगरपालिकाका मेयर,वडा नं ११ का वडाध्यक्ष लगायतका ब्यक्तित्वह पुगेका थिए । 
मृतात्माकाे चिरशान्तिकाे कामना सहित शाेक सन्तप्त परिवारजनमा समवेदना ।




धन्यवाद एवं कृतज्ञता

उहिले महिलालाई मलामी बनेर जाने अनुमति थिएन । छाेरीले ५ दिन भन्दा बढी गरे पितृले माेक्ष प्राप्ति गर्दैनन् भनेर १३ दिन गर्न दिदैनथे । यसपालि मैले सारा बनेकाे नियमकाे विरूद्ध गएँ । अामाकाे अन्त्येष्टि देखि वर्ष दिन सम्मकाे जिम्मेवारी पुरूष सरह निभाउन मलाई मेरी आमाकाे प्रेरणाले साथ दियो । दुखकाे सगरमाथा चढ्दै गर्दा सँस्कृतीकाे परम्परागत नियमलाई पालना गर्न उत्प्रेरित गर्नेलगायत दाजुभाइ , दिदीबहिनी,अामाबुबा, मामा माइजू लगायत, सम्पूर्ण अाफन्त महानुभावलाई सहयोग र समवेदनाका लागि धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछौं ।

अामा प्रति समर्पित

जब छाेड्नु भयाे अामाले याे धर्ती 
दिने काेही भएन हजुरले जस्तो अर्ती 
अन्धकार छायाे मनमा भयाे अस्त व्यस्त 
लाग्छ मलाई अामा विनाकाे बाटो छरपस्ट 
लड्न लाग्दा समाउने दरिला हात भएनन् 
विवेक शुन्य छरिदा सम्हाल्ने अाँटै भएन
मनभरि पीडा हुँदा शिरमा हात भएनन्
खुशी हाँसो सब क्षितिजमा साथ रहेनन्
देख्छु जब अामाका गहना बाकसमा
हुन्छु भावविहल, रूदारूदै सकसमा
वस्त्र देख्छु, अाेखती भेट्छु अामाकाे
मान्दैन मनले,भाैतिक देह साथ नभएको
अात्मा र परमात्माकाे चिन्तन गहिरो थियो
अब तिमी एक्लै हुन्छौं, भनि अादेश दियाे
बन्दुकको नाल अघि उभिए जस्तै तर्साउछ
यादले साउनभदाै जस्तै अाकास वर्षाउछ
सम्हालु भनी काेशिस लाखौं गर्छु भने पनि
झनझन अाउँछ याद अामा जता हेरे पनि
लाग्दैन जाँगर, चल्दैन हातगोडा खै किन
अामा देख्छु जताततै सम्हाल्न सकिन