Saturday, November 24, 2018

अामाले देह त्याग गरेकाे दिन



चिम्ले यी अाँखा दृष्य उहीँ छ 
जहाँ म हिडे पनि धर्ती उहीँ छ 
अन्तिम घडी अन्तिम पल 
भयाे पिडा हे दैव कस्तो छल 
भुल्न नसकिने गरि जीवनमा
अन्तिम पुकार,अन्तिम श्वासमा 
थियौं अामा हजुर याे काखमा 
नाम पुकारी मेरो हेरि मुहार मेराे 
झुक्याएर त्यागेर याे सेरोफेराे 
भुल्न खाेज्छु मन याे भुल्दैन 
ए काेपिला ! भनी नाम बाेल्दैन 
बहिनी पनि थिईन साहसी 
लगाईन फाेन हिम्मत अाटी 
हे दैव लिला कस्तो भयाे नि 
सम्हाल्न नसक्ने घाइते भयो नि 
अामा भनी पुकार गर्दा
छैन संसारमा उठेछ पर्दा 
तस्बिर हेर्छु याे मन बुझ्दैन 
खै किन हाे ? छाेरी भन्दैन 
अग्नि ज्वाला भन्दा बढि याे 
झन भुल्न खाेज्दा मन तड्पियाे 
बग्दैन अाँसु सुकेछ पाेखरी 
भाेलिका निम्ति रात काटु कसरी 
हिम्मत गर्छु सकिन खै किन यसरी 
चर्किन्छ छाती मन पाेल्छ वेस्सरी

No comments:

Post a Comment