सेतो कोरामा बेरिएकी धनालाई देखेपछि..................
उनकी आमा दिवकला उपाध्यायले तिहारको विहानै मृत्युको बाटो रोजिन् । मगरघाटमा हामीहरु पुग्दा उनकी आमाको पार्थिव शरीर जलाउने तयारी हुँदै थियो । मृत्युको खबर हामीले लोकराज शर्माको फेसबुक वालबाट पाएको थियौं ।
हामीहरु साहित्य संगम,बुटवलको साहित्यिक श्रृङ्खला तुरेर नेवाः समाजको किरिया घरतिर लाग्यौं । साथमा साहित्यकारहरु देवेन्द्र घिमिरे ,मीन राना,हरि पौडेल,गुरुप्रसाद बुलबुल,फोटो पत्रकार मनिष,टेक प्रसाद घिमिरे अरु साथीहरु पनि थियौं ।
हामी त्यहाँ पुग्दा धन कुमारीले आफ्नी आमाको मनको शान्तिका लागि आफैले दाजु सरह किरिया गरेकी रहेछिन् । उनलाई सेतो कोरामा बेरिएको देख्दा कताकता पीडाबोध भो । हुन त उनको आमाको मृत्युले हामी साहित्यकारहरु पनि मर्माहत छौं । उनको शोकाकूल परिवारजनलाई समवेदना प्रकट गर्न हामी त्यहाँ पुगेका थियौं । हामीले हिजै उनको आमालाई धनाले दागबत्ती दिएको देखेका पनि थियौं ।
त्यतिबेला उनका आँखामा आँसु थोपाभर थिएनन् । अनुहारमा आँट र शाहसको ज्योति बलि रहेको थियो । आफूलाई उनले कमजोर देखाइनन् । हुन त उनको पनि मन हो ,अन्तरमन रोयो होला । आमाका यादले मनमा सतायो होला । तैपनि उनले आमालाई आँसुले विदाई गरिनन् त्यो क्षमता हरेक छोराछोरीमा हुनुपर्छ ।
पुरुष प्रधान समाजमा अविवाहित नारीले आमा बाबाको किरिया गर्नु कम क्रान्तिकारी काम नहोला । हुन त किरिया नै नगर्नेहरु झन् क्रान्तिकारी बनेर हाम्रै समाजमा नाम कमाएका उदाहरण पनि छन् ।
किरिया गर्नु कति ठीक वा वेठीक आआफ्नै तर्कहरु होलान् । तरपनि धनकुमारीले आफ्नी आमालाई विरामी हुँदामात्र होइन बाँचुञ्जेल जेजति सेवा गरिन् त्योभन्दा ठूलो अर्को कुन धर्म होला र ?
धर्म भनेको रामनामी च्यादर ओढ्नू,चन्दन निधारमा दल्नू,खरानी शरीरमा घस्नू र मुखले रामराम मात्र भन्नू कदापि हुँदै होइन । आफ्ना बाबा आमाहरुलाई स्याहारसुसार,हेरविचार र सक्दो सहयोग गर्नु नै ठूलो कर्म हो र त्यो नै महान धर्म हुन सक्छ ।
धनाले गरेको कामलाई समयले मूल्यांकन गर्ला कुनै दिन । उनी सामाजिक अभियन्ता हुन् । समाजमा उनले धेरै उदाहरणीय काम गरेर देखाउनु छ । धैर्ययताको बाँध नटुटोस् । समवेदना उनका परिवारजनप्रति ।
धनाका बारेमा थप नालीबेली समेटेर संस्कृतिकर्मी झपेन्द्र बहादुर जीसीले तयार पारेको लेख छिटै मेचीकाली पत्रिकामा आउँदैछ ।

No comments:
Post a Comment