Monday, November 26, 2018

अामा मेराे असल साथी

प्रथम पटक तत्कालीन निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली को लागि आएका निजामती सेवाका कर्मचारीसँगै उनी पनि आए ।संयोगबस् म पनि त्यहि कार्यका लागि खटिएको थिए । हामी वडाका २ जना मात्रै थियौं । काम गर्ने दौरानमा मसँगै आएकि अर्कि साथीलाई मेरो काम गर्ने शैली मन परिरहेको थिएन । उनी मसँग निकै रिसाईन म कुनै प्रतिक्रिया नदिई मौन बसिरहेको थिए । अति भएपछि म उठेर नगरपालिका कार्यालयमा गए । केही समय उतै बसेर आएँ । यो सब उनीहरूले देखेका थिए । अर्को दिन विहानै पुनस् उपस्थित भयौ । अर्को दिन पनि उनी त्यस्तै कराईन मसँग मात्रै नभई उनीहरू सबै सँग अनि म अचम्म परे त्यो समयमा बोलिन । फेरि म बाहिर जाने कामले केही समय गएर आउँदा तीनीहरू बिच भनाभन भैसकेको रहेछ ।ती मध्ये सीप विकास तालिम केन्द्रबाट आउनुभएकी कमला चापागाई दिदिले मलाई असाध्यै माया गर्नु हुन्थ्यो । हामी विच गहिरो सम्बन्ध बनेको थियो । यस्तैमा ती फोटोग्राफर म प्रति मोहित भएको रहेछन । म अन्जान थिए त्यो कुराबाट । तर कमला दिदी सँगै आएका सबैले चाल पाईसकेका रहेछन् । म आफ्नो काम प्रति ध्यान दिए । यतिकैमा फोटो खिच्ने कार्यक्रम आफ्नै वडामा परेको समयमा म फेरि साथी हरूसँगै गए । त्यहाँ मसँगै आमा पनि हुनुहुन्थ्यो । आमाले पनि अनुमान लगाउनु भएको रहेछ । तर म अनविज्ञ नै थिए । उनी मसँगै काम गरेको समय पश्चात अन्य वडामा जादा फोन गरिरहे । म भने अनुमान गर्न सकिन । कहिलेकाही रिस उठ्थ्यो । कति फोन गरेको होला भनेर । फोटो खिच्ने काम समाप्त पछि पिकनिक कार्यक्रम राखे मलाई फोन गरेर बोलाए तर म जान सकिन । किनकि अरू कोहि थिएनन् हाम्रो कार्यालयका साथी । अन्त्यमा एकदिन उनी फेरि आए । फोटो खिच्नका लागि अनुनय गरे मैले मानिन । अपरिचित हुन उनी मेरो लागि कहाँबाट आए रु को हुन के को आधारमा फोटो खिच्नु रु नायिका श्रृषा कार्कीले आत्महत्या गरेको समाचारले मनमा गहिरो छाप पारेको थियो । तर उनले मतदाता नामावलीका लागि खिचेको फोटो बनाएर पठाउछु । ठेगाना दिनु भनेर भने पछि कार्यालयको ठेगाना दिए । तर मन डराएको थियो । उनी काठमाडौ पुगेपछि आफ्नी भाउजूको नामबाट २ पेज लामो पत्र लेखे । त्यो पत्र अहिलेसम्म छ। सारै मन छोएको थियो । तर सभ्य शैलीमा लेखिएको प्रेम पत्र मेरो जीवनको पहिलो तर मैले स्वीकार्न सकिन उनको प्रस्तावलाई मैले बहिनीको भुमिका निर्वाह गर्न तयार रहेको भनेर जवाफ दिए । तर उनी भारि मनले स्विकार्दै पत्र पठाए । म खुशी थिएँ । यतिकैमा उनको विवाहको प्रसङ्ग चलेछ फेरि पनि उनले मलाई पत्र लेखे विवाहको कुरालाई दर्शाएर अहिले ईच्छा नभएको तर पारिवारिक दवाव आयो भनेर ।मैले पुनस् सम्झाउदै पत्र पठाए पछि उनको एउटा शर्त राखे मलाई उनको विवाहमा जसरी पनि आउनु भनेर , मैले हस् भनी स्विकार्दै आउछु भने । गयौं पनि म र मेरो एकजना साथी  भएर । जब उनको परिवारलाई देखे सबै कुरा बुझे र भने धन्न मैले उनको प्रस्तावलाई स्विकार गरिन भनेर सोचे । यदि स्विकारे को भए म जीवनभर खुशी हुन सक्दिनँ भन्नेमा अनुमान गर्न सहज भयो । उनी खुशी रहेनछन् थाहा पाए मैले र उनिसँग मौका छोपि कुरा गरे पछि उनी अलि सहज बने । तर उनी चाहान्थे त्यस दिन म उनको घरमा जाउ तर यसो गर्न मनले मानेन । फेरि आउछु भनेर घरमा आए । अर्को महिना आमा र मसँगै गयौ । उनको घरमा बसियो । आमाले थाहा पाउनु भएछ । आमा म र उनी सँगै थियौं । बानेश्वरबाट  बस चढेर जाँदा उनले मलाई हेरिरहेका रहेछन् । बसबाट झरे पछि उनकने घर सम्म जान १० मिनेट पैदल हिड्नु पर्ने फागुनको महिना पानपरेकोले हिलाम्मे सडक हामी तीनजना जुनको उज्यालो रातको ९ बजेको थियो । आमा लाई अघि हिड्न लगाए ।मैले सेन्डिल लगाएकोले लडिन्छ कि भनेर सुस्त हिडिरहेको थिए । तर उनले मेरो हात समातेर  हिडेका थिए । म डराए के गरेको होला भनेर तर अन्जान बनेर हिडे घर पुगियो ।उनकी पत्नीले खाना बनाएकि रहिछन् । खाना खान बसियो । खाना पछि हामीलाई उनले आफ्नो कोठा मा सुत्न भने उनकी पत्नी पनि हामी सँगै कोठामा सुतिन । म आमाको काखमा सानो बच्चा जस्तै गरि सुतेछु । आमाले बुझ्नुभएछ । आज यो डराएको छ भनेर त्यो कुरा अमाले बुटवल घर आए पछि मात्रै भन्नुभयो । भोलि पल्ट हामी त्यहाँ बाट घर फर्कियौं । केही समय पछि आमाले मेरो जन्म कुण्डली दाजुलाइ देखाउनु भयो ।त्यतिबेला दाजुले मलाई साह्रै माया गर्ने मान्छे आउदा विहे किन गरिनौ भनेर सोध्नुभयो रु मलाई सम्झना छैन भनेपछि उहाँले उनको पारिवारिक संरचना र संख्या गुण रङ सबै भनेपछि आमाले चिन्नु भयो तर मैले आमाले मलाई धेरै समयपछि भनेर थाहा पाए ।  उनी १७ वर्ष पछि फेरि आए फोन गरे त्यसदिन म अल्छी गरेर सुतेको थिए । नयाँ नम्बर बाट कल आयो । मैले हेलो भने उनले हजुर बसेको ठाउँ कहाँ हो भेट्न मन लागेको छ । म छक्क परे मैले अटो रिक्सामा आउन भनेर नुहाउन गए । उनी फलफुल बोकेर आए विहानै । म नुहाएर आएपछि उनिसँग बसेर कुरा गरे । उनी केही समयको बसाइ पछि जान्छु भनेर उठे म पनि सँगै बाहिर जानै लाग्दा बहिनीले चिया बनाएर दिईन । चिया खाँदासम्म उनले मलाई हेरिरहेका रहेछन् । आमाले भित्र बाट हेर्नुभएको रहेछ । चिया पिएर निस्के पछि उनी पुलमा पुगे हाम्रो घर देखि त्यसपछि आमाले भन्नुभयो तिमलाइ उनले साह्रै माया गर्ने रहेछन् । उनको आँखामा तिमी प्रतिको प्रेम उस्तै रहेछ । म नबुझेर अलमल्ल परे । आमाले प्रष्ट पारेपछि मनमा लाग्यो उनकाे नजरमा प्राप्ति मात्रै होईन त्याग पनि हो माया । तर मैले उनलाइ मात्र हाेइन अरु कसैसँग पनि प्रेम गरिन । अामाले धेरै जना साथीहरु मध्ये केही साथी निकै मन पराउनु भएकाे थियाे । मलाइ अामाले नसम्झाउनु भएकाे पनि हाेइन । तर मेराे मनमा कुनै प्रति पनि प्रेम भाव जागेन । अामाले साेध्नु भएकाे थियाे । अाखिर किन त्यस्ताे भाव जाग्दैन भनेर तर मैले अामालाइ सहज जवाफ  दिए हजुरकाे जस्ताे माया अरुकाे लाग्दैन । के गरु याे मेराे कमजाेरी हाे । अरुले गर्ने मायामा स्वार्थ छ तर हजुरकाे माया निस्वार्थ छ । मलाइ निस्वार्थ प्रेम गरेकाे मन पर्छ । बाँकी भनेकाे भन्ने कुरा मात्र हाे । 

No comments:

Post a Comment