हिजो सम्म जति पीडा भए पनि पचाउने क्षमताको वृद्धि भए झै लाग्थ्यो । जब जेष्ठ महिनाको शुरूवात भयो मन अस्थिर थियोे । आमाकै चिन्ता लागिरहन्थ्यो । स्वास्थ गम्भीर भएको जस्तो लागेको थिएन । तर पनि आमाको चाहना बमोजिमको अस्पताल जान दुरि र बाटोको जिर्ण अवस्था बिरामी भएकि आमा लिएर काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा पुगे । हाडजोर्नी बिशेषज्ञलाई देखाउदा प्यारालाईसिस हो कि भनेर टाउकोको एमअारअाइ गरियो । केही देखिएन आमाको खुट्टाको पिडाको कारण खोज्दै जाँदा फेरि ढाडको एमअारअाइ गरियो यसै क्रममा डा.सम्पुर्णमान तुलाधर एमअारअाइ कक्षमा पुगेर उनले एउटा एमअारअाइ छातीको गर्न लगाए । त्यो रिपोर्ट डा. बिकास पराजुलीले हेरेर डा. बिवेक श्रेष्ठलाई सिफारिस गरे । भोलिपल्ट डा विवेकलाई देखाउदा उनले आमालाई म सँगै गएकि बहिनी रेखालाई बाहिर पठाएर सोधे किन ढिलाइ उपचारमा ? उनको भनाइमा कडा र अलिकति पीडा थियो । मैले आफ्नो सबै कुरा गरे उनी अवाक भए र फेरि भने आमालाई फोक्सोमा ट्युमर पलाएको छ । यति मात्र नभई क्यान्सर भएको छ । तब म छाँगाबाट खसेको अनुभुति गरे । न त रून सके नत मुस्काउन आमालाई हेरेर आखामा आएका आँसु लुकाउने कोशिस गरे । डा. बिबेकको सुझाव थियो CTVS को बिशेषज्ञ डा. मोहन , डा.रबिन्द्र डा. सम्पुर्ण मान तुलाधर धुलिखेल, डा.प्रकाश सायमि मनमोहन अस्पताल टिचिङ मध्ये जो कोहिलाई देखाउन । तर आमा बस्न नमानेपछि फेरि घर फर्केपछि २/४ दिनमा हामी धुलिखेलमा गयौं । त्यहाँका नर्सहरूले डा। रबिन्द्रलाई फोन गरेपछि डाक्टर तुरुन्तै आए आमाको सबै रिपोर्ट काठमाडौ भुलेछु तर पेनड्राईभमा एक प्रति स्क्यान गरेको थियो उनले अस्पतालको कम्प्युटरमा खोलेर हेरे अनि आमालाई भर्ना गर्नका लागि डाक्टरलाई भने । आमालाइ भर्ना गरियो । तर बेड पाईएन ।मैले धुलिखेल नगरपालिकाका कर्मचारी सम्मान तमाङलाई फोन गरे । उहाँ आउनु भयो । आफ्ना साथीलाई भनेर नाकखानघाँटीकाे काेठामा राखियो । अर्को दिन डा.सम्पुर्णमान तुलाधर आएर कन्ट्रा सिटी स्क्यान गर्न भने , राति १० बजे डा। मोहन आए उनले रिपोर्ट आएपछि मलाई देखाउनु , म यसको बिशेषज्ञ हो, भनेर गए । कन्ट्रा सिटि स्क्यान गर्ने दिन धुलिखेल नजिकै बस दुर्घटनामा परि सयौं मानिस घाइते भएर ल्याईयो । घाइतेहरू को सिटिस्क्यान पछि बल्ल आमाको पालो आयो अघिल्लो दिन साझ ६ बजे पछि केही नखाई बसेकि आमा झनै गल्नु भईको थियो । रिपोर्ट भोलि आउछ भने पछि आमालाई व्हिल चियरमा राखेर बाहिर निस्किय ।तर लैजान सकिन । अरू २ जना मानिस आएर बेड सम्म पुर्याउन सहयोग गरे । साँझ रिपोर्ट आयो । डा मोहन १० मिनेटमा आउनु हुन्छ भनेर कुरेर बसे ८ बज्दा पनि नआए पछि धुलिखेल नगरपालिकाका सम्मान तमाङलाई फोन गरेर सहयोग मागे पछि अपरेशन कोठामा रिपोर्ट ल्याउनु भनेर बोलाएर गए । रिपोर्ट हेरे डा. रबिन्द्रले भने 3rd Step Cancer उपचार सम्भव भए पनि निको हुन सक्दैन । आमालाई नभन्नु । जब यो कुरा सुने आत्मबल गिरेर आयो । न त रून सके न त हास्न । हात खुट्टा गलेर आयो । एक पाईला अघि बढ्न सकिन । त्यसै पनि आमालाई छोरा रहेनछन् भनेर बिचरा छोरिले दुख पाउने भइन भनेर सुनाउनेको कमि थिएन । अब त झन के कुरा गर्नु धर्तीमा भासिएको अनुभव बाहेक केही गर्न सकिन । कुनैकुनै आफन्तले भन्थे बिचरी बिहे पनि नभएको रहेछ । कमसेकम श्रीमानसँग दुखेसो त पोख्थिन होला । यतिबेला भने झोक चलेर आयो संयमता गुम्यो अनि भन्न मन लाग्यो ।अहिले मेरो लोग्ने भए कति पिर गरेको होला । कति खर्च गरिस ? के के हो के के ? म एक्लै छु । मैले चाहेको ठाऊमा उपचार गरे । यदि लोग्ने भएको भए उसको आदेश बिना आमा भेट्न पनि पाउदैन थिए होला । सज्जन रहेछ भने अनावश्यक तनाव र चिन्ता मा उ पनि हुने थियो । यहाँ म एक्लै छु । यस्तै सोचेर मन शान्त पारे । तर आमालाई त्यहाँ राख्न मन लागेन । त्यसैले भरतपुर रिफर गर्न लगाएर आयौ । तर त्यहाँ पनि उही रिफर गरेको कागजको आधारमा पुन परीक्षण गरी वायोस्पि गर्नका लागि सानो अपरेशन गर्ने प्रक्रियामा जाँदा जाँदै २२ दिन सम्म भरतपुर बस्न पर्यो । सबै परीक्षण गरी अपरेशन गर्न समय लिएर घर आएँ तर आमालाइ ज्वरो आयो । साँझको ८ बजे फेरि मेडिकलमा गइ सिटामोल किनेर ल्याए । मलाइ भने राम्ररी थाहा थियो । आमा मानसिक रुपमा बढी कमजोर भएको कारण चिन्ताले गर्दा ज्वरो आयो भनेर कसैलाइ भन्न सकिन । म आमाको नजिक बस्न चाहेर पनि बस्न सक्दिनथे । मैले आमालाइ देखे पछि आँसु धारा बगेर आउथे । म भित्र भित्रै निकै कमजोर भएको थिए । तैपनि झिनो आशा के थियो भने आमाको स्वास्थ्य सकेसम्म विना पिडा लामो समय सँगै विताउन पाउँछु कि भनेर । यता २० वर्ष पछि आएको स्थानीय निकायको चुनावले सबै त्यतै व्यस्त थिए । म भने आमाको स्वास्थ्यको चिन्ताले गर्दा खासै वास्ता राख्ने अवस्था थिएन । चुनावकाे लागि मलाइ कार्यालयकाे तर्फबाट खटाइएकाे थियाे । म लुम्बिनी बाणिज्य क्यापसमा परे सम्याेगबस मलाइ सहज नै भयाे । घर नजिक भएकाेले गर्दा अरु कार्यालयकै सहकर्मी साथीहरु भएकाे कारण सजिलाे नै थियाे । पहिलाे दिन र दाेश्राे दिन मतदाता परिचय पत्र वितरण कार्य भएकाेले सहज भएकाे थियाे । त्यही दिन राती करीब १२ बजे तिर स्वाँ स्वाँ गरेकाे अावाज कानमा पर्याे । त्याे दिन पनि व्युझिएँ । उठेर बत्ती बालेर हेरेकाे अामाले मुखमा कपडा राखेर बेस्सरी रुनुभएकाे देखे । मलाइ पनि रुन मन लाग्याे । तर अाफुलाइ सम्हालेर अामालाइ अाैषधी गरे । अर्काे दिन अामालाइ फकाएर साेधे किन त्यसाे गरेकाे भनेर अामाले तिमी एकछिन पनि अाराम गरकाे छैनाै । कसरी बाेलाउ भनेर खटाउने काेशिस गरे । तर तिमीले थाहा पायाै । त्यसपछि म अझै चनाखाे हुनु पर्ने भयाे । म अामा विरामी भएदेखि खाटमा सजिलाे विस्तारामा सुत्न छाेडेकाे थिए । अचानक अामालाइ केही समस्या परेमा म मस्त निदाएँ भने केही हाेला भन्ने चिन्ताले पिरलिरहन्थ्याे । त्यसैले भुइमा गुन्द्री विच्छयाएर सुत्ने गरेकी थिए । त्यसै गरि यस्ता कयाै भुल्न नसकिने अविस्मरणीय पलहरु छन् । जसले मलाइ पिडा हुन्छ । यस्तै गरि असार २६ गते खेत राेप्न अघिल्लाे दिन अामालाइ सकुशल छाेडेर गएका थियाैैं । भाेलिपल्ट फर्किदा अामा सिकिस्त हुनु भएकाे रहेछ । मुखबाट रगत बमिट भएकाे रहेछ । त्यसपछि काठमाण्डाैं लैजान भनि तयारी गरे तर डाक्टर गाेबिन्द केसी अनसन बसेकाेले राम्राे सेवा उपलब्ध हुन कठिन हुने भन्ने खबर पाएपछि । अामालाइ भैरहवा मेडिकल कलेजका डा.विश्व तुलाचनसँग परामर्श लिइ उपचार शुरु गरे । अामाकाे स्वास्थ्यमा सुधार हुँदै अायाे । तर मेराे मन झनझन अतालिन थालेकाे थियाे । मनमा पिर उतिकै थियाे । अामाकाे अगाडी हसिलाे बनेर सेवामा समर्पित भइरहेँ । यसैगरि दिन वित्दै गयाे । तर अामाकाे स्वास्थ्य अवस्था गम्भिर भएकाे थियाे । अामालाइ रातीमा बमिट हुने र सास फेर्न कठिन हुन थाल्याे । अाश्विन महिना लागेपछि अामाकाे घाँटी दिनमा भन्दा रातमा कराउन थाल्याे । हातखुट्टा दुख्ने खटपटी हुने सबै समस्या अाउन लाग्याे । झाडापखाला लाग्ने खाएकाे पाचन नहुने अादि समस्या हुँदै गयाे । तिहार नजिकै अाइपुगेकाे थियाे । टिका लगाउन सानाे भाइ दिनेश पनि अायाे।अामा निकै खुशी हुनुहुन्थ्याे । राेटी पकाउने तयारी हुँदै थियाे । तर अामाकाे रहरसँग मेराे व्यस्तताले साथ दिन सकेकाे थिएन । तिहारकाे किनमेल सकाएकाे थिए र राेटी पकाउन मात्र बाँकी थियाे । अामाकाे चिन्ता भनेकाे राेटी बनाउनका लागि पिरलिएकाे देखिरहकाे थिए । कार्यालयबाट करीब २.३० बजे तिर घरमा पुगे अर्काे दिन फिनी सेल र अरसा राेटी बनाउने तयारीमा लागे । फिनी बनाउन अामाले पनि सहयाेग गर्नु भयाे । अर्सा राेटी हामी ३ दिदीभाइले बनायाैं । सेलराेटी बनाउन बाँकी थियाे । बहिनी घर गइन । मैले नजान्ने भएकाेले अामाले म बनाउँछु भन्दै अाउनु भयाे । मैले दिन मानिन र अामाले काेकाकाेलाकाे बाेतल काटेर दिनुभयाे । मैले अामाले भने जस्तै गरि पकाएँ । अामाले खान मन लागे जस्ताे गर्नु भयाे । मैले २टा सेलराेटी र एक गिलास दुध दिएँ । अामाले राेटी खाँदै भन्नुभयाे पाकेकाे छ मिठाे पनि छ तर राम्राेसँग फुरेन । मैले जान्दिन भनेकाे त हाे नि भनेर जवाफ दिएँ अामाले हाँस्दै भन्नुभयाे । यसैगरि सिक्ने हाे । पिर मान्ने हाेइन । भाइले त फाेटाे खिचेर राख्याे । म अझै रिसाए जस्ताे गरे पछि भाइले पनि एउटा सेलराेटी झिकेर खाँदै मिठाे छ दिदी भनेर भन्याे । म राेटी पकाएर सकेर खाना बनाइ खान दिए । अामाले अाइतबार १८ गते नै मलाइ अस्पताल जान्छु । सास फेर्न कठिन भयाे भनेर भन्नुभयाे । म सँगै जान्छु भन्दा हाेइन म एक्लै जान्छु भनेर मान्नुभएन । बहिनीले ज्वाइलाइ फाेन गरि वहाँ अाएर दुबैजना अस्पताल जानुभयाे । मैले पहिले नै मेडिकलमा फाेन गरेर अामाकाे स्वास्थ्य अवस्था र मानसिकता बारे खबर गरे । मेडिकलबाट फर्केर अाउनुभयाे ।मेडिकलकाे कार्ड देखाउदै के भनेकाे छ भनेर साेध्नुभयाे । मैले हजुरलाइ चिसाेकाे असर धेरै भयाे भनेर भनेकाे छ भनेपछि त्यहि भनेकाे थियाे डाक्टरले भनेर भन्नुभयाे । साेमबार राती करीब ११ बजे अामा छटपटिएकाे थाहा पाएर उठे अामालाइ हेरे । अामा अातिनुभएकाे थियाे । उठेर अामालाइ अाैषधी लगाए र मालिस गरेँ अनि अलि सहज भयाे भनेर भन्नुभयाे । म सुतेझैं गरे तर अामालाइ नियालेर हेरे अामाकाे अाँखाबाट अाँसु बगिरहे । कति पिडा भयाे हाेला अामालाइ भनेर सहजै अनुमान गरे म पनि एक्लै राेएँ । अब भने अामाकाे अन्तिम अवस्थामा हुनुहुँदाे रहेछ भनेर झन पिर परेकाे थियाे । भनुँ त कसलाइ भनुँ कसरी के भनुँ म अाफै सम्हालिन कठिन भएकाे थियाे । तैपनि हिम्मत गरे तिहार शुरु भइसकेकाे छ । यस्ताे अवस्थामा कामले व्यस्त भएँ । एक्लै पनि भए काम गर्न अामाकाे हेरचाह गर्न । जसाेतसाे काम चलेकाे थियाे । लक्ष्मी पूजाकाे दिन अनरसा बनाउन बाँकी थियाे । अघिल्लाे दिनकाे कामकाे चापले गर्दा म थाकेकाे थिएँ । खाना खाएर एकछिन अाराम गर्छु त्यसपछि बनाउने भनेर म सुत्न गएँ । करीब दिनकाे २ बजेकाे थियाे हाेला अामा अाफै तयार हुनुभएछ पिठाे माड्न । भाइले खाेसेर अाफै माड्न लागेछ । अामा र भाइ विच बादविवाद भएकाे सुनेर म उठे । म अाएर पिठाे तयार गरे । त्यसपछि खाजा खान दिएर राेटि बनायाैं हामी दिदी भाइले । अामाले नास्तामा अाज फेरि सेलराेटी २वटा खानुभएछ मैले थाहा पाइन पछि भाइले थाल तानेकाे देखेर किन त्यसाे गरेकाे भनेर साेधे अामाले धेरै खानु भयाे सन्चाे हुँदैन भनेपछि थाहा पाए । हामीले राेटी बनाएर सकिने पनि माेबाइलमा मामाघरबाट फाेन अायाे । अामालाइ भाेलि लिन अाउँछाैं भनेर । मैले हस् भनेर राखे । बेलुका ९.३० बजे सबैले खाना खायाै । त्याे समयमा अामाले अरु दिनमा भन्दा बढी नै खाना खानुभयाे । म भने झसङ्ग भएँ । किन यति धेरै खाना खानुभयाे । राती समस्या पर्ने हाे कि भनेर । सुत्ने समयमा अामासँग गएर भने अामा भाेलि हजुरलाइ लिन मामाघरबाट कपिल दाइ अाउने रे । अामा तिमी जाने भनेर साेध्नु भयाे ? म कसरी जाने बहिनीले भाइलाइ टिका नलगाउने । मैले भाेलि एक्लै सबै काम गर्न पर्छ । यहाँ फेरि कसले गर्छ ? म सँगै गएर अाए जानुहाेला हाेइन भने नजानु भनेर फकाए । अामा विरामी भए पछि कहिलेकाँही सानाे बच्चा जस्ताे व्यवहार देखाउनुहुन्थ्याे । अाज पनि त्यस्तै हाेला भनेर फकाए ।अब सुत्छु भनेकाे याे काेठामा भाइहरुले टिभी हेरेर सुत्न दिदैनन् । तिमी अर्काे काेठामा गएर सुत भन्नभयाे । अामा विरामी भए देखि कहिले पनि अामालाइ एक्लै सुतेकाे कुनै रात थिएन । त्याे दिन म पनि सरासर अाज्ञाकारी बनेर गएँ । भाेलिपल्ट विहान अर्थात २३ गते शुक्रबारकाे दिन ५ बजे म उठे अामा पनि उठेर शाैचालय जान्छु भनेर भन्नुभयाे । मैले सक्नुहुन्छ भनेर साेधे वहाँले सक्छु भने पनि अामा शाैचालय जाँदा सम्म हेरिरहे । त्यसपछि झाडु लगाए । अामा शाैचालयबाट अाउनु भयाे सदा जस्तै गरि पलङमा बस्नुभयाे । मामाघर जानेकुरा फेरि गर्नु भयाे । मैले सम्झाएँ । उहाँ तयार हुनुभयाे । म उठ्न लागेकाे बेला खुट्टा दुख्याे थचक्क पलङमा बसे अामाले के भयाे भनेर साेध्नुभयाे ? खुट्टा दुखेकाे छ भनेपछि अाज टिका लगाएर साँझ जचाउन जानु भनेर भन्नुभयाे । म अाज र भाेलि डाक्टर भेटिदैनन् । अाइतबार हजुर र म सँगै जाउला भनेर सम्झाएँ । म पाेछा लगाउन जान्छु भनेर भनेंअामाले पर्दैन सधै सफा गरि रहेकाे छ भनेर भन्नुभयाे । मैले मानिन । अामाले भाइलाइ पानी तताउ म पहिले नुहाउँछु भनेर भन्नुभयाे । भाइ गएर पानी तताउन शुरु गर्याे । म बाहिर सफा गर्न गएँ ।भित्र अामा एक्कासी खाेकेकाे अावाज सुनेँकाे मात्र के थिएँ अामाले मलाइृ बाेलाउनु भयाे उता बहिनी पनि चिच्याइन । म दाैडेर भित्र गएँ अामाले रगत वमिट गर्नुभएकाे थियाे । मैले अामालाइ काखमा बच्चा समाते जस्तै गरी समाते । भाइलाइ पानी लिन पठाएँ उसले पानि ल्याएर दियाे मैले अामालाइ खुवाए तर सबै मेराे शरीरमा वमिट गर्नुभयाे । अामाले मेराे अनुहारमा २पटक सम्म हेरेर नाकमुखबाट बमिट गर्नुभयाे । त्याे क्षण नै अामाकाे अन्तिम क्षण बन्याे । म चिच्याएर रुदै के के भनेछु थाहै भएन म चिच्याएकाे सुनेर भाइहरु दुइटै राेए तर बहिनीले अामा बेहाेस भएकाे हाे दिदी अातिनुभयाे भन्दै सबैलाइ फाेन गरेर बाेलाइन । उनलाइ के थाहा अामाले हामीलाइ सदाकाे लागि छाेडेर जानुभयाे भनेर । म रुँदारुँदा पागल जस्तै भएकाे थिएँ । सबै जना अाउनुभयाे । अामालाइ हेरेर बाहिर निकाल्नु भयाे । म भित्र थिएँ । बाहिर एकजनाले घरकाे मान्छे केही नभने पछि हामीले के गर्ने हाे र भनेर भनेकाे सुने । अामा त सदाका लागि गुमाएँ । वर्षदिनमा अाएका पर्व सबैका दिदिबहिनीहरुले प्रतिक्षा गरेका हाेलान । मेराे घर परिवार शाेकमा परेपनि अरुलाइ पनि पिडा भयाे ।
Tuesday, November 27, 2018
कथा जीवनको एउटा पाना

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment