अन्तर्राष्ट्रिय सहनशीलता दिवस :
दुखैदुखकाे पहाड चढ्दै गर्दा
बन्यो पहाड, दुखकाे भारी वर्षा
कति सहनशिल बनायाै अामा ?
पिर नगर! भन्छ हजुरको छाया
मनले मान्ने भए, अाँखाले हेर्न
मन थियो अामा याे मुटु फेर्न
सकिन सहन, सुन्दैनन् ईन्द्र
न लाग्थ्यो भाेक न लाग्छ निद्रा
सागर झै गहिरो हजुरकाे माया
के सक्छु र बन्न हजुरकाे छाँया
ए ! अाज सहनशीलता दिवस रे
राष्ट्रिय हाेईन अन्तर्राष्ट्रिय हाे रे
तर म सहनै नसक्ने गरि घाइते छु
हाे अामा ! म हजुर विना अधुरै छु
जेमा पनि अाशिर्वाद काफि थियो
खै त्यहि पनि दैवले खाेसि लियो
अब कसरी सहज हाेला र मलाई
भन,लिउ कसरी सहनशीलतालाई
भन्नहुन्थ्याे "श्रृङ्गार चाहिदैन तलाई
जे गरि लाग्छ छाेरी, राम्रो मलाई "
अाँट र शाहस तिम्रो गहना हुन
श्रृङ्गार त केवल बाह्य बहाना हुन
दाम सहजै कमाउलान, नाम गाह्रो
हिम्मत नहारे परे पनि कष्ट साह्रो
अब यी शब्द कानमा गुञ्जिरहेछन्
हजुरको तस्बिर नयनमा घुमिरहेछन्
अाशिर्वाद दिनु शक्ति दिनु,साहस दिनु
भन्ने छैन अामा म पनि अाउछु पर्खिनु ।
बन्यो पहाड, दुखकाे भारी वर्षा
कति सहनशिल बनायाै अामा ?
पिर नगर! भन्छ हजुरको छाया
मनले मान्ने भए, अाँखाले हेर्न
मन थियो अामा याे मुटु फेर्न
सकिन सहन, सुन्दैनन् ईन्द्र
न लाग्थ्यो भाेक न लाग्छ निद्रा
सागर झै गहिरो हजुरकाे माया
के सक्छु र बन्न हजुरकाे छाँया
ए ! अाज सहनशीलता दिवस रे
राष्ट्रिय हाेईन अन्तर्राष्ट्रिय हाे रे
तर म सहनै नसक्ने गरि घाइते छु
हाे अामा ! म हजुर विना अधुरै छु
जेमा पनि अाशिर्वाद काफि थियो
खै त्यहि पनि दैवले खाेसि लियो
अब कसरी सहज हाेला र मलाई
भन,लिउ कसरी सहनशीलतालाई
भन्नहुन्थ्याे "श्रृङ्गार चाहिदैन तलाई
जे गरि लाग्छ छाेरी, राम्रो मलाई "
अाँट र शाहस तिम्रो गहना हुन
श्रृङ्गार त केवल बाह्य बहाना हुन
दाम सहजै कमाउलान, नाम गाह्रो
हिम्मत नहारे परे पनि कष्ट साह्रो
अब यी शब्द कानमा गुञ्जिरहेछन्
हजुरको तस्बिर नयनमा घुमिरहेछन्
अाशिर्वाद दिनु शक्ति दिनु,साहस दिनु
भन्ने छैन अामा म पनि अाउछु पर्खिनु ।
No comments:
Post a Comment