Saturday, December 31, 2016

टाेपी दिवस

नेपालकि छाेरी म त 
बटाैलीमा हाे घर 
हाेईन लालबन्दी काे 
टाेपी जस्तो दिवस 
बनाेस फरिया चाैबन्दी काे 
चलन छैन लगाउने
अाउछन नयाँ फेसनले
नाैगेडी र शिरफुल जस्तै
ढुङ्गरि अनि माडवरी ले
छड्के तिलहरीमा
फरिया र चाैबन्दिमा
म एउटी सन्तान भए दस
भन्छन अामा घरमै बस 
छाेरा गए अस्ट्रेलिया तिर
छाेरीहरू अमेरिका तिर 
एक्लै म बुढि छैन मन थिर
जाउ भने कहाँ जाउ कतातिर
स्वामीकाे भयाे स्वर्गमा बास
घरमा केहि छैन कसकाे गर्नु अाश

जन्मदिनकाे शुभकामना

जब अायाै याे धर्तीमा 
हुर्कियाै माया र प्रितिमा 
गुडिया जस्तै मृग नयन
सुन्दर निकै चन्चलेपन
ताेते बाेली मुस्कान छर्दै
नाै महिनामै बाम सर्दै
दैबले खाेसेकाे पिडामा
बदल्याै सहजै शक्तिमा
अघि बढ्दै जाउ यसै गरि
देख्न पाउ हसिलाे सधैंभरि
जीवनका उकाली अाेराली
हर सङ्घर्षका मैदान भरि
अडिग हुनु लक्ष्य प्राप्तिमा
पूरा हाेउन तिम्रा सबै चाहना
जन्मदिनकाे तिमीलाई हार्दिक
मंगलमय शुभकामना 🎁🎁
🎁🎁

सिन्दुरकाे मूल्य कति ?

कबिता : सिन्दुरकाे मूल्य कति ? 
अातुर छन् सब यहाँ 
चतुर छन् सब यहाँ 
मेराे व्यथा सुनाउ कहाँ 
मनकाे बह कसैलाई नकह
धड्कनकाे तिव्रता धेरै भाे
छट्पटीकाे पीडा मेरै हाे
बुझेकि छाै प्रिय जीवन अतुल्य
एक चिम्टि सिन्दुरको मुल्य
तिम्रो सिउदाेमा रंगिने रङ्ग
गलामा पाेते मङ्गलसु सँग
साच्चिकै ईमान्दार छाै तिमी
मेरो बेइमानी तर भाेग्ने तिमी
के गरिनाै ईज्जत् जाेगाउन
त्याे सिन्दुरकाे मूल्य चुकाउन
पछि परिनाै तिमी शिर झुकाउन
सकिन के गरू न्याय दिलाउन
शासन गरे बनेर पति र पिता
शिर उठाएर हिड्ने गर्व शीत
पुरूष हुँ भन्दै अभिमान गर्ने
मान सम्मानकाे बिल्ला भिर्ने
नतमस्तक छु अाज म अाफै
काेशिस कसरी गरूँ माग्न माफि
देखिन लाग्यो सामाजिक एेनामा
देउ सजाय सिन्दुरकाे याेग्य छैन म

वृद्धका बेदना

वृद्धका बेदना
बुढो भयो सबै रंग गयो 
आँगन भयो प्रदेश
बुद्धका बेदना जान्दैन कसैले 
मिल्दैन भाषा भेस 
पेट पस्यो भित्र
ढाड भयो कुप्रा
जान नसक्ने टाढा
सुदिन गए सबै
कुदिन आए भन्दै
झार्छन आसुका धारा
हड्डी सबै गले
छाला चाउरी परे
केस फुले सेता कैला
दिशा पिसाब लाग्दा
ट्वाईलेट जान खोज्यो
फड्को चल्दैन पाईला
लौरी टेक्न खोज्यो
हातले समाउदैन
काम्छ्न गोडी थरथरी
बितेका दिन सम्झेर ल्याउदा
आसु झार्छन बर्बरी
कान दुवै बहिरा
नजरभरि बादल
खुकुलो नशा बन्धन
परिवारजनले झर्को घृणा गर्दा
हृदय रुन्छ झन्झन्
आत्मा शान्त भए
शुभ आशिस देलान
माता पिता दिन दिन
दुशित आसु झरे
इश्वरले देख्लान
आफ्नो आउला त्यहि दिन
त्रिबिसको बिजको रोपे
उस्तै फल फल्छ
फल्दैन अर्को थरि
जस्तो कर्म गरे उस्तै भोग्न पर्छ
टर्दैन कसै गरी
बालो वृद्ध बरोबरी भन्छन
विद्वानहरुले कथा
बालो वृद्ध बरोबरी देख्दिन कतै म त
बालो को माया बढ्छ उभो उभो
बृद्धको माया घट्छ उधो उधो
तलमाथि माया बरिबरी दिन
इश्वरलाई के हुदो ?
खुशी मै बित्यो त्यो बाल्य
अवस्था युवामा मनोरञ्जन
घुमी फिरी आयो बुढ्यौलीअवस्था
कष्ट र चिन्ता झन् झन्
कोहिका माता पिता
बृद्धआश्रममा
पशुपति देबघाट निर
हात जोडेर इश्वर संग भन्छन
कस्ता सन्तान हुन् मेरा ?
माया कति कति दुख सुर्ता कति ?
सन्तान हुर्काउदा
कल्ले दिने आधार ?
कसले दिने सुधार ?
वृद्धआश्रममा रुदा ?
कोहीलाई भनि होला सुख र शान्ति
कोहीलाई विपद छ रे
दिएर खाएको हातले

मागी खानु पर्दा 
धरधरी रुन्छन अरे
मन न हाे अाकाश खुले झै गरि हाँसी दिन्छ 
स्वभाव न हाे चट्याङ परे झै गर्जि दिन्छ

मानवता

जिन्दगी हाे याे मानवताकाे जीएर हेर 
क्राेध हाेईन प्रेमकाे प्याला पिएर हेर 
असन्तुष्टि र ताप हाेईन शान्त भएर हेर 
खुशी मात्र हैन दुखिका अाशु पुछेर हेर 
कल्पनाकाे महल हाेईन धरातल टेकेर हेर 
साच्चै अानन्द अाउछ अात्मिय बनेर हेेर
दिनु पर्दैन केहि बिश्वाशिलाे मात्र अाधार बनाउ
अार्दश मात्र हाेईन असल मित्रता कायम बनाउ
जुनकाे ज्याेति टिपेर ल्याउन भनेकि छैन मैले
शहरमा भब्य महल बनाउन भनेकाे हाेईन मैले
खै किन मानवता के हाे? बुझाउन सकिन अहिले

way of sucess

जीवनकाे सबैभन्दा महत्त्वपूर्ण कुरा हाे, लचकता, विश्वास र पारदर्शिता । यी तीनवटा पक्ष बलियो छ भने जस्तोसुकै परिस्थितिकाे सामना गर्न सक्षम हुनेछ । त्यसैले सजग र सचेत हुनु अति उत्तम हुन्छ ।

खै त स्वाभिमान ?

कविता
खै त स्वाभिमान ?
नभन मलाई अभिमानी 
बन्न खोज्दैछु स्वाभिमानी
आभारीछु आमाबाबु प्रति
जन्मेर हुर्केको यो धर्ती
पढाउनु भो दिएर शिक्षा
अघि बढोस भन्ने अपेक्षा
पुरा गदर्छुै खुड्किला सपनाको
सम्मान गर्छु हजुरका भावनाको
सवल, सक्षम छु केमा भयो कमि
ठिकै हो एउटा हातले ताली बज्दैन
बालुवाले मात्र महल पनि बन्दैन
समयानुसार चल्नु हाम्रो संस्कार
गलत कुराको खुलेरै गर्छु तिरस्कार
छैन कुनै चिन्ता किन लिनु फिक्री
लाजै नमानी माग्ने सुनका सिक्री
सुनका सिक्री त सामान्य भयो
बाइक र कार सबै बेकार भयो
घर घडेरी देखि बैंक ब्यालेन्स सम्म
सक्षम हुनु पर्नै पुरयाउन विदेश सम्म
जान्नु पर्ने अंग्रेजी बोल्नलाई खरर
पास भएको हुनु पर्ने नरोकि सरर
कुरा गर्दै भन्छौ ठुलो छ रे खानदान
आत्मसम्मानको कुरा गरे अभिमान
सकिदैन माग पुरा गर्न भने अपमान
छोरी पनि छोरा जस्तै, खै त स्वाभिमान
धेरै वर्ष भयो चलेको १६ दिने अभियान
महिला हिंसा जहाँको त्यहि छैन स्वाभिमान

Advice form a tree :

Advice form a tree :
stand tall and proud 
Go to on a limb 
Remember your roots 
Drink plenty of water
Be content with your natural beauty
Enjoy this view
परिस्थितिले मेरा खुशी खाेसेर लग्यो
यसपालि भाग्य बलियो बनेर लड्याे
संयाेगले यसपालि जित्न भनेर बस्यौ
समयमै संघर्ष नै हिम्मत बनेर बस्याे 
खतरा मुक्त छ अहिले अामाकाे स्वास्थ 
छिटै निकाे हुनेछ अात्मबिश्वास अवस्य
थिलाेथिलाे शरीर छ फुलेको अनुहारमा
हात खुट्टा भन्दा टाँका लगाउदा निधारमा
पिडाबाेध अति भाे सकिन धैर्य धारण गर्न
खाेज्दैछु उपाय लागेका चाेटमा मलम भर्न

Wednesday, November 23, 2016

प्रेमको परिभाषा खोज्दै !

हो !
म धेरै बोलें
मौन बस्ने सोच गर्दैछु अब
पीडा भुल्दैछु
घाउहरूमा मलहमट्टी लगाउँदै
म आजकाल खोज्दैछु
परिभाषा माया प्रेमको ।
के आफैलाई सुम्पनु मात्रै हो त प्रेम ?
वा कुमारीत्वको बन्धकी
प्रेमको अर्थ हो
माफ गर मलाई
म आफै अर्थ पहिल्याँदै छु
अर्थ भित्रको महान अर्थको खोजी सहित ।
भेटिन्छन् यत्रतत्र
जो भमरा मात्र बन्न खोज्दछन्
सकिएन भेट्न
अर्थ खुलाउन सक्ने पबित्र मायाको ।
धन र जवानी
जीवनको अर्थ
वा भोगविलासलाई
जव तिमीले प्रेम संझन्छौ
अब भन कसरी बुझौ प्रेम के हो भनेर ?
म आफै कसरी बताऊ तिमीलाई ?
पबित्र प्रेमको तौल यति हो भनेर ?
तिम्रो गुनासो नै गुनासो हुन्छ सधै
म तिमीलाई खवर नै गर्ने गर्दिन ।
मलाई माफ गर तिमी
सायद कतै तिम्रो चित्त दुखाए
थाहै नपाई तिमी माथि
पीडा माथि दुःख पुर्याए
हुन सक्छ मैले नै अनेको गल्तीहरू गरे
औंल्याई दिनेछौ तिमीले
म त्यसैको प्रतिक्षामा बसेकी छु ।

माया यस्तै हुनुपर्छ कि ?

माया यस्तै हुनुपर्छ कि ?
छताछुल्ल भुई भरि पोखिनु हुन्न माया
अरुले देख्ने र डाह हुने गरी गर्नु हुन्न माया
जति गर थोरै लागोस एक अर्काप्रति समर्पण जागोस
दुईटा शरीर एउटा मुटु झैँ जीवन जिउने कला आओस

Independent

खै ! अाजकल अाशा गर्न छाेडकाे छु 
यतिमात्र हाेईन अरूकाे भर पर्न छाेडेकाे छु 
जेसुकै निराशा जनक परिणाम स्वीकारेकाे छु
हाे मैले कत्ति हरेस नखाने गरि हिम्मत गरेकाे छु
एउटा अाफैभित्रकाे क्षमतालाई सदुपयोग गर्ने 
खाेज्दै छु, हरेक दिन सुनाैलाे बनाउने अठोट गर्ने
लाचार बन्न र बिचारा ! मलाई छैन सुन्ने फुर्सद
हाे ! अाफैमा अात्मनिर्भर बन्ने काेशिस हरपल

Journey

लामाे यात्रा तिम्रो साथ गाेधुुली साँझ
म अनि केवल तिमी फुलवारी माझ
कल्पिन्छु कुरा मनमा तड्पिन्छु शहरमा
सम्झे मन्द मुस्कान मिलेका दन्ते लहरमा
हाेईन याे एकहाेराे माया कति गरू सानू
हेर्दै घरकाे बनावट फेर्न चाहन्छु सानू
सुख दिन नसके जिवनभरि साथ दिन्छु
झुपडी भित्र पनि लाउन खान पुर्‍याउछु

Dream

सपनीमा देख्छु भनेर देख्न सकिँदैन 
कविता लेख्छु भनेर लेख्न सकिँदैन 
मन मस्तिष्कमा अाउने प्रश्नका जवाफ
सहजै भन्न र दिन नसकिने माैन अावाज
हरेक देखिएका दृष्यहहरू सहि हुदैनन 
सुनिएका सबै कुरा सत्य पनि हुदैनन
मनाेबिज्ञान मात्र हाेईन सँकुचित व्यवहार
थाहै नपाई खरानी बनाउनेछ सुबिचार

Poem

जसले महिलालाई सम्मान गर्न जानेन 
अाफैलाई जन्माउने अामाकाे सेवा गरेन 
दिदी बहिनीलाई अादर र स्नेह गर्न चाहेन 
लैङ्गिक समानता भन्दै उसैले भाषणकाे गर्छ
छाेरी ऋण हाे र छाेरा धन हाे भन्दै अहम् गर्छ
खाेक्राे अादर्श र सिद्धान्तका फुक्ला कुरा गर्छ
जिवनसाथीलाई मात्र ईमान्दार सेवक ठान्छ
गलतै काम गरे पनि महानपुरूष महान नै भन्छ
चुराकाे हत्कडि, पाउजुकाे नेल, तिलहरीमा
सुन्दर कसरी देखिएला भन्दै साेह्र श्रृंगारमा
बुझेर पनि सकारात्मक बनिदिने महान छन् नारी
समुन्द्र हुने गर्छिन् सृष्ठि र सिर्जनाकी अधिकारी
नारीलाई प्यासी र दासी बनाउने व्यभिचार हाे
सन्तान जन्माउने यन्त्रमानव हुन सक्दिनन्
अर्धाङ्गिनी भनेर अपनाएकी नारी
याैनसङ्गिनी मात्र बनेर बाँच्न सक्दिनन्

नारी

नारी काेमल हुन्छे कठाेर बन्न नसेकेर हाेइन
समय परिस्थितिमा चल्न सक्छे भावविभाेर मात्र हाेइन
कुनै किताबको गणितीय हिसाब हल नसाेच 
छट्पटी र खट्पटिका दुबै अर्थ एउटै नसाेच
शब्द सागर पढेर भनिएकाे कुरा विश्लेषण गर
जीवन हरेक सूर्याेदयसँगै नयाँ विहानीकाे दर्शन गर
नहुनेकाे लेखा छैन हुने कै झन बढी माग छ
हरपल सुखसुविधा र विलासिता फलिफाप छ
सरल बने सबै तिर सहज हुन्छ जिवन
सकारात्मक कुरामा नै हाँस्छ मानव जीवन
तिमीले एउटाकाे मुल्यांकन गर्दा धेरैले तिम्रो गरेकाे हुन्छ
पत्तो नपाइ आफै त्यसमा परेकाे हुन्छ
तिम्रा दुई नयनले अरूलाई हेर्दा हजारौंले हेर्नेछ
भुलचुकका शुलहरूले तिमीलाई नै घेर्नेछ
धैर्य र शान्त बन्ने काेशिस गर अतवेशमा नअाउ
झुटकाे खेती सफल हुन्न सत्यकाे मार्ग समाउ

Thursday, November 10, 2016

कविता

हो ! म धेरै बोलें अब मौन बस्ने सोच गर्दैछु
दुखेको घाउमा मलहम दिई पिडा भुल्दैछु
आजभोलि माया प्रेमको परिभाषा खोज्दैछु
शारीरिक संबन्ध मात्रै हो कि अनुसन्धान गर्दैछु
माया पाउन कुमारीत्व बन्धकी राख्नु हुदैन
माफ गर सायद यो बिनाको प्रेमको अर्थ हुदैन
धेरै भेटे मैले शरीर, रुप रंग मात्र मन पराउने
भेट्नै सकिन वास्तविक माया गर्न रुचाउने
खै ! यो संसारमा महत्व पैसा र मात्र बैंसलाई
मात्र जीवन भन्छौ मोजमस्ती भोगविलासलाई
भन अब कसरी बुझौ माया प्रेम के हो भनेर ?
कसरी बताऊ पबित्र प्रेमको तौल यति हो भनेर ?
सधै तिम्रो गुनासो हुन्छ फोन एस एम एस गरिन
तिम्रो अंगालोमा हो! मान्दिन म कस्सेर बेरिन
मेरो बानी मिस यु, किस यु, लभ यु भन्न लजाउने
सुन्दर बन भन्छौ श्रृंगार गर्दै रातो लाली लगाउने
बिहे गरौं  सहमति देऊ भन्दै कर गर्छौ दिनदिनै
भर्खर एउटा कुरा फेरी अर्को कुरा बोलि फेर्छौ छिनछिनमै
मैले सुनेको पैसाको र बैंशको समय सिमा हुदैन रे !
अवसर हो एकपटक आउने सधै फर्की आउदैन रे !
मैले जानी नजानी तिम्रो कतै चित्त दुखाए कि ?
थाहै नपाई तिमीलाई पिडामाथि दुख पुरयाए कि ?
कल्पिन्छु मनमनै आफ्नै गल्तिहरु खोज्दैछु
थाहा भए औंल्याईदिन्छौ कि प्रतिक्षा गर्दैछु
 



Wednesday, November 9, 2016

शुभयात्रा

लाग्छ याे ब्राह्मण्ड नै हो मेराे सबथाेक
त्यसैले अायाे अवसर खुशी विना राेकताेक
कुन शब्दमा व्यक्त गरू मात्र भनेर धन्यवाद
शब्दरूपि पुष्पगुच्छा दिएकि छु अाशिर्बाद
सफल रहाेस यात्रा सफल हुन अभिलाषा 
सधैं दाहिने रहुन ईश्वर नहाेस कुनै निराशा
हरघडि शक्ति मिलाेस, गर्न सक्नु सामना
बैदेशिक यात्रा सफल रहाेस यहि मेराे कामना
Add caption

Poem

Add caption
घामकाे लालीकिरण झैं माया छरिदिन्छ 
तिम्रो संझनाले मलाई पागल बनाइदिन्छ 
छातिभरि काेरिरहन्छु तिम्रो नाम संझी 
क्षितिज हेरि टाेलाईरहन्छु तिम्रो माया संझी 
भाग्न खाेज्छु नयनबाट अाँसु झरि दिन्छ 
तिम्रो संझनाले मलाई पागल बनाइ दिन्छ
शीत टिपि टिपि हिडेछु जुन सम्झि
काँडालाई चुमिरहेछु तिम्रो माया सम्झि
हरपल तिम्रो मिठाे बाेलि कानमा गुन्जिरहन्छ
बिर्सु भन्छु सधैं सधैं याद अाईदिन्छ 

तिम्रो संझनाले मलाई पागल बनाइदिन्छ

Sunday, October 23, 2016

Poem

जाँताे र ढिकी चाैंधारा राेएर बाटै छेकेनि 
जन्माउनेले छाेरी त हाे नि भनी पराई देखेनि 
अाउनु है दाजु बहिनीकाे अागन टाढै भएनि 
अजम्मरी काे हाेला र संसारमा सधै बाच्ने अाटै भएनि
घर गरि खाने काेसिश गर्दै भर्खर धर्तीमा बामे सर्दै 
नानी झैं सबैकाे नजरकाे केन्द्र बिन्दुमा सुभास छर्दै
मेलापात गरि घर फर्कि अाउदा थकित मुस्कानले
थकान र पिडा भुलाउछ दाजु तिम्रो अागमनले

Poem

मेरा यी चाेर अाँखा मलाई नै झुक्याएर उनैलाई हेर्न पुग्छ
मेरा यी हात र कलम पढ्न छाेडी उनकै चित्र काेर्न पुग्छ 
कसै गरि मनलाई बाँधे धड्कन उनकै लागि धड्किन्छ 
कसै गरि अाँखा चिम्लेर बिर्सुँ भने याद त्यसै अाइदिन्छ 
मलाई जस्तो उनलाई नि भाकाे छ कि छैन साेधु कसरी 
मन न अल्लारे पन न हाे उनकाे मनाेभाव बुझाैं कसरी
हिजाे अस्ति सम्म निकै नजिक भाकि थिईन म सँग
अाजभाेलि कता हाे कता मन बहकियाे कि साेधु काेसँग

Poem

उनको गुनासो सुनेर नसुने झैँ गर्नु मेरो बाध्यता
संगै जिवन जिउने रहर छैन कुरा गरी साध्यता 
खै कसरी बुझाउ उनलाई यो गरिबीको रेखामुनी 
के गरी बस्न सक्छिन खरको झुपडीको टुकी मुनि 
भन्छिन उनी माया देऊ भरपुर साथ दिने छु जीवनभर
तिमी संगै हास्न र बाँच्न देऊ सहजै तर्ने छौं सागर
शहरमा जन्मि महलमा हुर्केकी कुनै अभाव नभोगेकि
धन सम्पतिमा हुर्की पढेकी दुख र कस्ट के हो नभोगेकी
वृद्ध आमा बाबु घरमा बिहान बेलुका छाक टार्ने कसरी
कटेरो जस्तो सानो घर मेरो उनलाई यहाँ राखु कसरी
हरपल उनी मलाई सपनाको राजकुमार भनि बोलाउछिन
तिमि संगै जीवन जिउन नपाए मर्छु भन्दै उनि टोलाउछिन

Poem



दुई चुल्ठि कपाल काेरेकाे याद अाउछ
साईकल चढ्न सिकाएकाे याद अाउछ
खेलेकाे देखेर माटाेमा क लेखेकाे सम्झे
नाम्लो बाटे जस्तै कपाल बनाएकाे सम्झे
दाउरा चिर्दै बन्चरो समाउन सिकाएकाे 
घाँस काटेर डाेकाे बाेक्न सिकाएकाे
गाई पालेर, गाेबर फालेर पढ्न गएकाे
रूखमा चढि घाँस काट्न सिकाएकाे
सम्झना अाउछ काखमा लिई खुवाएकाे
हताेत्साहि हुन नदिई अदम्य साहस दिएकाे
केही भुलेकि छैन बा! हजुरकाे वात्सल्य
कसरी भुल्न सक्थेर निष्ठुर कालकाे कुकृत्य
अाजभाेलि मात्र सम्झना बढी अाएकाे हाेईन
खै किन किन याे मनमा घाम लागेकाे छैन

दशैं फेरि अायाे

बा ! यसपालि नि दशैं फेरि अायाे 
हजुरकाे हातबाट टीका नलगाएकाे 
धेरै भयाे हजुरकाे अाशिर्बाद नपाएको 
बा! हाम्रो सम्झना अाउदैन हजुरलाई ? 
अाउन नखाेजेकाे हाे कि छुट्टी नपाएकाे 
हजुर स्वर्गमा हुनुहुन्छ कि यमलाेकमा ?
केही खबरै गर्नु भएन न त भेट्छु ईन्टरनेटमा
देबराज ईन्द्रले अाउन दिएनन् कि यमराजले ?
स्वर्गमा रमाउनुभाे कि यमलाेकमा यमदुतसगैं 

धेरै भाे बा! कहाँ हराउनुभयाे मनमनै यहि साेच्छु 
विश्व ब्रम्हाण्ड अाकाश पाताल सबै तिर खाेज्छु 
त्यति गर्दा पनि नभेटे यमराजलाई नै साेध्छु 
भाईटिका लगाउन यमलाेक छाेड्न मिल्छ रे 
यमराजलाई पनि तीन दिन छुट्टि गर्छन रे 
त्यसाे हाे भने हजुरलाई पृथ्वीमा पठाउन 
किन मिलेन बा! दशैंमा घर अाउन 
सफल भईन पतिलाई घर फर्काउन 
बेद शास्त्रमा यस्तै कथा सुनेकि थिएँ 
साबित्रिले पतिलाई यमलाेकबाट फर्काईन 
यमराजलाई मात्रै हाईन काललाई पनि हराईन 
अस्ति मात्रै हाे श्राद्धमा हजुरलाई खिर चढाएकाे 
थाहै भएन हजुरले हाे कि माली गाईले खाएकाे 
जुन दिन हजुरले जानू भयाे राताे लाउन छाेड्नु पर्छ
भन्नू हुन्छ, संसारकाे रितिरिवाज संस्कार धान्नु पर्छ
काका, ठुलाेबुबा, मामा, दाजुभाइ, फुपु,दिदिबहिनी
सबै जनाकाे माया पाउँदा पनि हजुरकै अभाब छ नि
जेसुकै हाेस् बा! अब त प्रत्येक दशैंमा एकदिन भए नि
यमराजलाई भनेर हुन्छ कि चित्रगुप्तले ल्याईदिन्छन कि
स्वर्गबाट ईन्द्रले सिधै भू-लाेकमा अाफै पठाउछन कि 
बिन्ति छ बा ! एक पटक मात्रै भए पनि घरमा अाउनु है 
हजुरलाई भेट्न गएका मेरा दाईलाई पनि ल्याउनु है 
हजुर अाउन मिलेन भने खबर गर्नु उतै हामी अाउला 
त्यतै बसाइँसराइ गर्न मिल्छ भने चाँजोपाँजो मिलाउला 
अाउनै नदिए खबर गर्नु है बा ! यमराजलाई निवेदन गर्छौं
हाेईन भने महादेवलाई कैलाशमै गएर बिन्ती गर्छाैं 
हजुर अाउनुहुन्छ भनेर सबै परिकार बनाउदै छु 
धेरै वर्ष भयाे खल्लो दशैं घरमै बसि मनाउँदै छु

Tuesday, October 4, 2016

सेवा शुल्क

सेवा शुल्क 
ए हजुर! म त गरिब पर्नु पिर पर्यो
बिधुत प्राधिकरणले भर्खरै शुल्क वृद्धि गर्यो
समयमा महसुल नबुझाउदा जरीवाना थपियो
यति गर्दा पनि पुगेन घरको लाईन काटियो
बिस युनिट सम्म आए त असी रुपीया मात्र अरे
त्यो भन्दा बढी आयो भने प्रतिसतमा तिर्नु पर्छ रे
मैले बुझिन हजुर! बिधुत कर्मचारीले तिर्ने पर्दैन रे
कुनै सेवा दिएको थाहै छैन, सेवाशुल्क तिर्न पर्छ रे
हामी त नपढेका गाउले हजुर! सहरका किन चुप हो
हामीले घरिघरि लाईन काटे बापतको सेवा शुल्क हो
खै आफु त सोझो अनपढ अबुझ बुझेकाले त बोले हुने
बिधुत प्राधिकरणको नया नियम के के होला खोजे हुने
राम्रो कुरा बोल्यो भने गाली पाउछ कि भन्ने डर लाग्छ
हैन राति राति कम भोल्डेज पनि सेवा हो किझैँ लाग्छ
अनि विचरा कर्मचारी त दिन रात खटेर लाईन काटेर
सुबिधा चाटेर सेवा शुल्क र जरिवाना थपेर लिन्छ
उ कति मर्कामा छ, निर्देशिकाको नियमले केके लिन्छ
हामी अनपढ मुर्ख कुरैनबुझी कर्मचारिलाई दोष दिन्छ

Poem

मुटुभरि चाेट दिएर घाईते बनाएर गयाै
पुगेन अझै इज्जत माथि धाबा बाेलेर गयाै
संझनाकाे सागरमा रगतका अासु पाेखेर 
जिवत छ छैन भनी मेराे घायल शरीर छाेएर
दुईवटा शरीर एउटा मुटु थियौँ अस्ति सम्म 
गरेर नाताकाे अार्यघाटमा दाह संस्कार सम्म
मेराे नाम बदनाम गर्न ललायित तिम्रा अाेठहरू
हजार गल्ती गर तिमी माफ दिए छैनन खाेटहरू
तर बिन्ती छ म तिमीलाई सहयाेग गर्न सक्दिन
लाखाैं प्रयास गरे पनि फाटेकाे मन टाल्न सकिन

आमा

कुन दिन अाएँ तिम्रो गर्भमा थाहै भएन मलाई 
१० महिनासम्म कति पिडा भयाे तिमीलाई 
अन्जान छु अामा प्रसव पीडा कति भयाे भनेर ? 
अनभिज्ञ छु शिशु स्याहार कसरी गरेकि हाै भनेर ? 
तिम्रै स्तनपान अमृत समान पिउदै म हुर्के कि 
एउटी छाेरी घरमा कान्छी बनी फुरफुर फुर्केकी
एक छिन पनि भुईकाे धुलाे मेरा पाउले छाेएनन रे
दाजुहरूकाे काखमा बस्दा दूध पिउन मानिन रे
जब म ताेते बाेल्न थालें सबैकाे प्यारी बन्न पुगेछु
म खेल्दाखेल्दै लिस्नुबाट खसेर घाईते बन्न पुगेछु
हुर्कदै गएँ तिम्रो काखमा मस्त पिताकाे वात्सल्य
बनें दुई दाजुहरूकाे अाँखाकाे नानी झै अतुल्य
दाजुकाे माया र सपना थियोे शहरमा पढाउने
सक्षम, सवल र ज्ञानी बहिनी अाफु सरह बनाउने
मेरा भुल कतै भयाे कि गल्ती खाेज्दैमा रात बित्छ
अामा तिम्रो माया र ममताकाे अाश गर्दै शिरानी भिज्छ
भन्देउन अामा म पनि तिमी जस्तै नारी कुरा बुझ्न सक्छु
के गरे खुशी मिल्छ तिमीलाई, के मेरो उपहार सकार्छ्याें
अहँ अहिले सम्म भेटाउन सकिन कसुर के हाे भनेर ?
लुकेर चिहाउछु कुन कुराले तिमी हसिलाे बन्छाै भनेर ?
थकित भएछु खाेज्दा खाेज्दै सबल र कमजोर पक्षहरू
खै याे ब्राह्मण्डमा घुम्दा रहेछन कि नवग्रह एउटैअक्षहरू

poem

झमककाे जीवन काडाँ कि फुल 
निकै चर्चित उपन्यास शिरिषकाे फुल
मैले नजन्माएकाे छाेराे, सडक र प्रतिभा
लेखिका पारिजात, बिष्णु कुमारी वाईवा
तसलिमा नसरिनले जब लेखिन अाईमाईकाे हकमा
बिग्रिएकी केटी, देश निकाला भईन उनी अाफ्नै देशमा
दिपक खड्काकाे च्यात्न नसकेको चिठी
मिलन सङ्ग्राैलाकाे च्याट गर्ल अमरकाे सेताे धर्ती
कर्ण शाक्यकाे साेंच, कपिलबन्धुकाे हजुर नमस्कार
केशरका भावकिरणहरू, दिपकजीकाे काबुल एक्सप्रेस
मनलाई उर्जा दिई बनाउदाे रहेछ कि सधै हुन्छु फ्रेस

Sunday, September 18, 2016

Think about thought

संयम ,साहस,शान्ति, धैर्यता र दृढतालाई अाफुभित्र कायम राख्न सके हरेक कार्य सहज हुनेछ । 
धन कुमारी अर्याल

poem

न त म ताताे अागाेकाे राप हु म
कसैकाे बाेलि प्रभावित स्वभाब
अध्ययन र अनुभवकाे हाे अावाज
कलम चलाउछु देखेर याे समाज
लेखिएको कुरा लेखककाे जिवनमा 
नहुन सक्छ सबै घटेकाे उनैकाे कथामा
हेर्न र बुझ्न सक्छौं हेरकका व्यथामा
बुन्न सक्छौं व्यथालाई एउटा भावमा

Think about Though

आफुले लिनु पर्ने संपत्ति लिएर जब छोरो छुट्टीएर बस्छ त्यतिबेला जन्मनु भन्दा पहिले नै गर्भमै हत्या गरिएकि छोरीको याद आउछ

Think about though

मानिस जति पढेर शिक्षित भए त्यति नै आफु लाई परिवर्तन गर्न नसकेको पाउदा अचम्म लाग्न थालेको छ , हात्तिको देखाउने र चपाउने दुई वटा दांत भए जस्तो लाग्यो

कति सहज भयो तिमीलाई? “के तिमी म संग बिहे गर्छौ भन्न“ ?

कविता 
के तिमि म संग बिहे गर्छौ ?
बिहानै तिमि उठ्नु पहिले, दैलो पोत्न सक्न्दिन म
पुजापाठ गरेर चिया बनाई रुममा लिई आउन भ्याउदिन,
अफिस जान ढिलो हुन्छ भनि उठाउन थाल्दिन,
निदाएको नाटक गरी मेरो प्रतिक्षा नगर्नु तिमी,
नारी पुरुष बराबरी हर क्षेत्रमा मेरो अपेक्षा हुन्छ,
बनावटी लजालु हुन जान्दिन म,
जिस्काउदै तिमीले हात तान्दा “धत् तपाई त” भन्दिन म ,
खाना- नास्ता तयार गराई तिमीलाई तयार गराउन सक्दीन,
पर्स खै भनि सोध्दा सम्झाइरहन जान्दिन म,
अफिस निस्कनु पहिले ढोकामा तिमीलाई कसरी अंगालोमा बेरु?
मैले गरेको स्नातककोत्तर प्रमाणपत्र घरमै कसरी बसेर हेरु ?
आज छिटो आउनु है! भनि आँखाबाट ओझेल नहुदा सम्म बाई गरु !
चाहान्छौ तिमी अफिसमा पनि दुई दुइ घण्टामा फोन गरु !
फिल्म हेर्ने भन्दा भन्दा दिउसैबाट चिटिक्क पर्न ,
समय नै हुदैन मलाई यसरी ब्युटीपार्लर गएर श्रृंगार गर्न,
कहिले कहिँ भन्दै अफिसबाट तिमी राति राति आउदा
गुनासो नि गर्नु हुन्न भन्छौ जांड रक्सि पिई घर आउदा
खान नखाई नबस्नु नि भन्छौ तिमी, मैले खाना ख्वाउला,
जुन संग तुलना गर्दै तिमी राम्री भएको जताउला,
माया प्रेमकै कुरा गर्दा लजाउदै तिम्रो छातीमा शिर टेकाएर
हजुरलाई यति धेरै माया गर्छु भनि जान्दिन हात फैलाउन,
खै कसरी ईस् भन्दै मेरा हातले तिम्रो अनुहार छुनु ?
भन्छौ तिमि अझै मलाई “कहिलेकाहीँ एक्कासी गंभीर हुनु
जान्दिन म साथ दिन रक्सीको तालमा तिमीले गीत गाउदा,
फकाउदै तिमी नजिक हुदा कति पिडा हुन्छ सन्तान जन्माउदा
हाम्रो नामसंग मिल्ने सुन्दर नाम सोच्ने कुरा गर्छौ,
सन्तानसंगै पारिवारिक जिम्मेवारी कसरी पुरा गर्छौ
एउटा सन्तानको चाहना पुरा गर्न त्यति सहज हुदैन
जिस्काउदै मलाई भन्छौ तिमी, फुटबल टिम नभई हुदैन
मलाई काउकुती लगाउदै तिम्रो काखमा लडाउने कुरा गर्छौ
घरमै बस भन्छौ मलाई, हाँस्दाहाँस्दै मोति झर्ने कुरा गर्छौ ?
कल्पनाको सागरमा भन्छौ तिमि सधै यस्तै गरी साथ दिउला
तिम्रो कुरा ठिक छ जेहोस् जसरि होस् हामीसंगै जीवन जिउला
एक अर्कालाई आफ्नो जीवन समर्पित गर्दै प्रेमको नमुना बन्न
संझदै ती सुखका दिनहरु बुढेसकालमा हाँस्दै औंला भाँचेर गन्न ,
मेरो मौनता देखेर तिमीले खोजेकी छु केहि भन्न ,
कति सहज भयो तिमीलाई? “के तिमी म संग बिहे गर्छौ भन्न“ ?

"के तिमी मसंग बिहे गर्छौ?"

"के तिमी मसंग बिहे गर्छौ?"-कविता
.
बिहानै म उठ्नु पहिल्यै

पुजा-पाठ गरेर
तिमी रुममा चिया लिएर आउनु
अफिस जान ढिलो हुन्छ
छिटो उठ्नुस् भन्दै तिम्रा
चिसा हातले मेरा गाला सुमसुमाउनु
निदाएकै नाटक गरेर
मैले तिम्रो हात समातेर तान्दा
"धत्!तपाईं त" भन्दै लजाउनु
खाजा-नास्ता तयार गराएर
मलाई पनि तयार गराउनु
पर्स खै भनी मैले सोध्दा
संधै बिर्सिनुन्छ है भन्दै कराउनु
म अफिस निस्किनु पहिला
ढोकामा मलाई कस्सेर अंगालोमा भर्नु
आज छिटो आउनुस् है भन्दै
ऑखाबाट ओझेल नहुंदा सम्म बाई गर्नु
अफिसमा पनि मलाई
२-२ घन्टामा फोन गरिरहनु
आज हामी फिल्म हेर्न जाने है भन्दा
दिउंसैबाट चिटिक्क परिरहनु
कहिले काहि अफिसबाट राती आउंदा
खाना नखाई नबस्नु नि
आज ढिलो हुन्छ भनेन भनेर
ठुस्स हुदै कोठामा नपस्नु नि
एक गास मैले तिमीलाई ख्वाइदिउंला
अनि एक गास तिमी मलाई ख्वाइदिनु
तिम्रा लागि यो धोद्रे स्वरले गीत गांउदा
तिमी पनि मलाई साथ दिदै गीत गाईदिनु
मायाप्रेम कै बात मारेर हामी
रात यस्सै कटाउंला
मैले झ्यालबाट जुन हेर्दै
जुनभन्दा तिमी सुन्दर रहेको जताउंला
तिमी लाजले आंखा बन्द गर्दै
मेरो छातीमा आफ्नो शिर टेकाउनु
हजुरलाई म यत्ति धेरै माया गर्छु भन्दै
हात सकेसम्म तन्काएर देखाउनु
हाम्रो भविष्यको बारेमा
कहिलेकाहि तिमी एक्कासी गम्भीर हुनु
तिमी जस्तै सानी गुडिया चाहिन्छ भन्दा
"ईस्" भन्न मेरो अनुहारलाई हातले छुनु
म हर्षका साथ बच्चाबच्चीको नाम सोचुला
हाम्रो नामसंग मिल्ने सुन्दर नाम रोजुंला
फुटबल टिम चाहिन्छ है भन्दा
"हं" भन्दै तिमी मुख ठुलो पार्नु
मैले लडाएर काउकुती लगाउंदा
हांस्दा-हांस्दा तिमी आंखाबाट मोती
झार्नु
म संधै तिमीलाई यस्तै साथ दिउंला
जे होस्,जसरी होस् संगै हामी जिउंला
एक-अर्कालाई आफ्नो जिवन समर्पित गर्दै
हामी प्रेमको नमुना बनौला
सुखका दिनहरु बुढेसकालमा हांस्दै
औला भाचेर गनौंला
के तिमी म संग बिहे गर्छौ?
मेरो मायालाई बिश्वास गर्दै
के मेरो भर पर्छौ?
तिमीलाई म संधै हसांउछु त भन्दिन
तर कहिल्यै रुवाएर म झुटो बन्दिन
के तिम्रो जीवनको बास्ना मेरो जीवनमा छर्छौ?

संधै साथ दिन्छु,के तिमी मसंग बिहे गर्छौ?

Poem

उनले ठिक्क पारिन कि म दिक्क परे
उनले माया मारिन कि म फिक्का परे 
खै हिजाे सम्म उनी तिमी बिना मर्छु रे
अाज भन्छिन बा काे ईज्जत् राख्छु रे
खै उनकाे प्रेमकाे परिभाषा बुझ्न सकिन 
खै मैले नै उनकाे बिश्वास जित्न सकिन
उनी त 32 लक्षिणकी मेराे कति थाहै छैन
गुणरूप नमिलेकाकाे हिसाब कति अाएकाे छ‌ैन

किशोर किशोरीलाई संदेश

बुझी नसक्नु भयो यहाँ आफ्नो नहुदासम्म आकासको तारा खसाल्ने झैँ गर्छन
जब आफ्नो भयो दिनहु जसो झैँ झगडामा बंगारा साच्चै खसाल्ने झैँ गर्छन
शुरु शुरमा तिमि मेरी मुटुको धड्कन बाच्नै नसक्ने गरी मरीहाल्ने झैँ गर्छन
जुन देखि चित्त बुझ्दैन तब घरेलु हिंसाको शिकार हुनेगरी यातना दिने गर्छन
कहिले आउला खै यिनीहरुको बुद्धि परिपक्व नहुदै बिहे गर्न हुदैन भनेर
किशोरावास्था अन्धो प्रेमको क्षणिक आकर्षणमा पुतली झैँ होमिनु हुदैन भनेर

प्रेम प्राप्ति होईन त्याग पनि हो

खै के भनेर बाेलु म ? जब शब्द बिहिन भएपछि 
के सम्बाेधन गरेर लेखु पत्र ?तिमीले छाेडि गएपछि 
निकै चासो लिन्छाै रे कहाँ छ, के गर्दै हाेलि भनेर
उस्तै छ कि अानीबानी फेरियो कि हावापानी भनेर
तर मलाई चासाे लाग्दैन तिम्रो, प्राप्ति मात्र हाेईन प्रेम
पबित्र माया हाे मैले गरेकाे, ब्यापारीले झै गरिन फ्रेम
न त चिन्ता हिजो थियोे न भाेेलिकाे बारेमा साेचमग्न
न गरे मैले त्यागकाे मुल्य न त भयाे मेरो तपस्या भग्न
समुन्द्रकाे गहिराई के थाहा छेउमा बसि ढुंगा हान्नेलाई
पबित्र प्रेमकाे मुल्य के थाहा स्वार्थी माया लगाउनेलाई

जात एउटा मात्र हुन्छ

मुसलधारे पानी एकतारै ओईरिँदा
गाउको झोलुङ्गे पुल बाढीले लैदिदा
एउटै थियो आँगन घर वरीपरी
लठ्ठा चुड्यो पहिरोसंगै घरिघरि
हो सकिन मैले सानीको हात थाम्न
सकिन मैले हाम्रो घर जाऊ भन्न
मन त अमिलो भएको थियो नराम्रोसंग
सकिन मैले बा संग अनुमति माग्न
आपदमा पनि सहयोग गर्न नसक्ने लाचार
कारण एउटै थियो हामी ब्राहमण उनि परियार
मनमनै सोचे बा ! अब त जातको कुरा नगर्नु
ज्ञान उनिमा पनि छ बेद शास्त्रको विचार बदल्नु
जात भनेको त दुईटा मात्र नारी र पुरुष अरे
सुनुहोस न बा ! कारवाही हुन्छ जातीय विभेद गरे
मेरो बिन्ति छ बा हाम्रो अर्को घर बास दिउ है
उपकार नै सबै ठुलो धर्म हो अब विचार बदल है

यस्तै छ यहाँ

यस्तै छ यहाँ 
नारीकाे मन छुने भन्दा तन छुने धेरै भेटिन्छन् 
चिनजानकाे लागि हाेईन मनाेरन्जनका खाेजिन्छन्
अासुकाे श्राेत हाेईन कुमारीत्व ताेड्ने भेटिन्छन् 
अनुशासनमा भन्दा व्यवहारिकतामा चिप्लिन्छन्
अावश्यकतामा भन्दा देखावटीमा ध्यान दिन्छन्
अरू हाेईन मानवताकाे खाेक्राे अादर्श भेटिन्छन्
क्षणिक अात्मियताकाे बाहना गर्ने धेरै भेटिन्छन्
दुख पर्दा हात जाेड्ने सुख परे बाटाे माेड्ने भेटिन्छन्
स्वार्थका लागि नाता ताेड्ने र जाेड्ने भेटिन्छन्
खै अाजकल त म पनि ढिलै बुझ्छु कुरा हजुर
त्यसैले हाँसी हाँसी मुटु भित्र छुरा धस्छन हजुर

शिब महिमा

कतै ढाँटे जस्तो भयो कतै कुरा काटे जस्तै
चाहेर पनि खबर गर्ने भन्दा भुल भए जस्तै 
श्रावणी महिना शिबको महिमा प्रीत जस्तै 
धार्मिक मेला रजत पर्वमा बाेलबम भज्दै
त्रीवेणी, लक्ष्मणघाट, देबघाट गंगाजल भर्दै
ॐ नमःशिवाय ॐ नमः शिवाय जप गर्दै
त्रिपुण्ड ललाटमा एक हातले बजाउँदै डमरू
पहेंलो वस्त्रमा लावा लस्कर नचाउदै कम्मर
गुरु पुर्णिामाबाट शुरू भई जनै पुर्णिामा सम्म
महिमा स्वस्थानी ब्रतकथा देखि शिव पुराण सम्म
देवताका पनि देब तिमी कैलाशदेखि मानसरोवर सम्म
हिमालय पर्वत देखि चाैधै भुवनका मालिक तिमी
बाघ छाला नागकाे माला सति,गाैरी र गंगा पति तिमी
हिमसागर देखि श्मशाान घाट सम्म जप तप ध्यानी
सत्यं शिव सुन्दरं शान्त र शितल तिमी अात्म ज्ञानी
हजार जिब्रा शेषनाग थकित तिम्राे बयान १८ पुराण
लाखै बिन्ती गरूँ सक्दिन हे गाैरी ! छैन कुनै ज्ञान

हाम्रो मित्रता


सम्झिरहेकि छु तिमीलाई शब्दमा व्यक्त गर्न सकिन
खोजिरहेछन यी नयनले तिमिलाई भन्न सकिन
मनका कुरा खुलेर बोलु झै लाग्छ खोल्न सकिन
हरपल साथ दिन मन छ तिम्रो बिचार बुझ्न सकिन
कतै अन्जानमै तिम्रो  मन दुख्ला भन्ने डर लाग्छ
साथ दिन्छु भन्दा मित्रता नै टुट्ला भन्न् डर लाग्छ
बिडम्बना सबल भएर पनि अपांग झै उभिन सकिन
असल मित्र भएर पनि सबैभाव अवाक झै खोल्न सकिन

असारे कविता

असारमा खाने दुधिलो मकै साउनमा खाने खिर
घरमा छैन शितलु वचन मनमा छैन थिर
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला 
बनाई कुलो  लगाई पानी आएर गोडौला 
मनका बह असारे गित घन्काई नाचौला
दहिमा चिनी राखेर अचार चिउरा बाडौला
शहरको  धुलो  फोहरमैला प्रदुषण घटाउन
गाउँको बाँझो खनौला खेत अनाज बढाउन

प्रदेशी बहिनि

लाग्छ मलाई तिमी बिना एकपल बाच्न सक्दिन 
मनका कुरा तिमी बाहेक अरूसामु राख्न सक्दिन
हेरिरहेछु तिम्रो तस्बिर नजरबाट हटाउन सकिन
तिम्रो अनुपस्थितिलाई तस्बिरले मेटाउन सकिन
धेरै भएको छैन तिमीसंग टाढा भएकाे हिजै जस्तो लाग्छ
किन किन दुई नयनले तिम्रै बाटो कुरिराखु जस्तो लाग्छ
रातैभरि छट्पटिन्छ छाती थाल्छु मनैभरि गुनगुनाउन
केही गरि आउदिनन निन्द्रा देबि सुत भनी थुम्थुमाउन
के गर्दै होलिन मेरी बहिनी अहिले त्यो अन्जान ठाउमा
कति संझना आयो होला यहांको सक्दिन केही पठाउन

Thursday, May 12, 2016

“बालमैत्री नगर र सडक बालबालिका एक समस्या, चुनौती समाधानका लागि मामाघरको प्रयासः”

“बालमैत्री नगर र सडक बालबालिका एक समस्या, चुनौती समाधानका लागि मामाघरको प्रयासः”

रेडियोमा अच्युत घिमिरेको वाचनमा विष्णु कुमारी वाइवा परिजातको कृति सडक र प्रतिभा सुन्दा मलाई मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकामा रहेको मामाघरको संझना भयो । कामको शिलशिलामा अध्ययन अवलोकनका लागि हामी १५÷१६ जनाको सहभागिता रहेको थियो । सो अवलोकन भ्रमणमा नयाँ कामको दृष्यावलोकन र दृष्टान्त भेटेका थियौं । हामीले पाँच दिन सम्मको अवलोकन भ्रमणमा हामीले कल्पना गरेको भन्दा फरक उदाहरण साक्षात्कार गर्ने अवसर हेटौंडामा रहेको मानव सेवा आश्रममा रहेका मानसिक सन्तुलन गुमाएका युवा साना अवोध दुधे बालबालिका देखि वृद्धवृद्धाहरुलाई त्यहाँका बासिन्दाले सहयोग गरेर संचालन गरेको पाउँदा हामीले पनि यस्तो काम गर्न सके त राम्रो हुने थियो जस्तो लागिरहेको थियो । त्यहाँ रहेकी बालिकालाई देखे पछि मैले आफै जिम्मेवारी लिन पाए हुने थियो जस्तो लागेको थियो । तर उनी भविष्यमा आश्रमको ज्योति हो भने पछि केहि बोलिन । मानव सेवा आश्रमबाट फेरि मामाघर जाने कुरा भयो । मैले मनमनै सोचे के होला मामाघर किन मामाघर भनेको होला ? हामी सानो छँदा सुनेको प्रहरीले समातेर मामाघर लैजान्छ भनेर डराउन दिएको याद आयो अनि फेरि अर्को मन भन्यो आमाको दाजु–भाईलाई मात्र मामा भनिन्छ । के भन्न खोजेको होला मनले प्रश्न गर्दा गर्दै हामी मामाघर पुग्यौं । जहाँ सडकमा कष्टकर जिवन यापन गरिरहेका जसका आमा बाबु नभएका कवाड संकलन गरेर समय व्यतित गरेका बालकहरु मात्र थिए । यी बालकहरुको उज्ज्वल भविष्य निर्माणकर्ता हेटौडाका प्राध्यापक अर्पण पराजुली सडक बालबालिकाहरुलाई मामाघर सम्म ल्याउन र उनीहरुलाई व्यवहारिक परिवर्तन ल्याउनका लागि मामाघर संचालक अर्पण पराजुलीले सडक बालबालिकालाई मामाघर सम्म ल्याउन गरेका प्रयास एवं  भोगेका समस्या तथा सह«ायिन कार्य अनुकरणीय रहेको पाइयो ।
सडकबालबालिकालाई पुनसर््थापना गर्ने सोच कसरी आयो भनेर हामीले अर्पण पराजुली लाई सोधेका थियौं ।उहाँ हामीलाई भने अनुसार “क्याम्पसमा प्राध्यापक भएको र कुनै एउटा छुट्टै विषयमा खोज अनुसन्धान गर्ने क्रममा मःम पसलमा पुगें, त्यहाँ चिया अर्डर गरेर बसेको थिएँ । अर्काे टेवलमा एक जना व्यक्तिले मःम खाँदै थिए । अलि पर दुई जना बालक उभिएर हेरेका थिए । पसलेले गाली गर्दै थियो त्यहाँबाट जाउ भन्दै म चिया आयो चिया पिउदै यो सबै दृष्य हेरिरहेको थिएँ । जब ति व्यक्तिले मःम खाएर गए । पसलेले त्यो प्लेटलाई सफा गर्ने ठाउँमा लगेर राखेका मात्र थिए । पसले भित्र छिर्न नपाउदै ति बालकहरु दौड्दै आएर त्यो प्लेट तानातान गरेर चाटेको दृष्यले म भावुक भएँ । त्यो दृष्य आँखा भरि नाचिरहयो । शिक्षण पेशामा लागेर धेरैलाई शिक्षा दिइयो । यी बालकहरुलाई पनि पुर्नस्थापना गर्न पाए हुने थियो । त्यस पछि उनीहरुको बारेमा सम्पूर्ण तथ्याङ्क संकलन गर्न लागे यसै क्रममा बुटवल सम्म पुगे । केही सहकर्मी साथीहरुको सहयोग लिएँ । प्रहरीको सहयोग लिए । सहज थिएन यहाँ सम्म ल्याउनका लागि पूर्व तयारी गर्न जरुरत हुने सबै काम गरे कति रात उनीहरु सँगै सडकमा बसेँ सडकमै विताएँ । त्यस पछि उनीहरुलाई एक दिन मैले भने म तिमीहरु सबैजनालाई मःम खुवाउछु सबै साथीहरु जम्मा गर्न सक्छौ ? उनीहरु राजी भए पछि मैले उनीहरुलाई एउटा होटलमा लगेर मःम खुवाए पछि उनीहरुले भने एक हप्तामा एक दिन उनीहरुको भेला हुने रहेछ । त्यो समयमा उनीहरु विच कुस्ती खेल खेल्ने र जसले जित्छ उ त्यो एक साताको लागि टोली नेता अर्थात डन बन्ने रहेछ । उनीहरुलाई एउटा खुला चौरमा जम्मा गरेर म पनि केही साथीहरु सहित गयौं । यसै विचमा मैले परिचय दिएँ । सबैलाई नमस्कार म अर्पण पराजुली । उनीहरु सबै हाँसे किन हासेको भनेर प्रश्न गर्दा एकजनाले भन्यो । उनीहरु मध्येको एकजना डन जसको मामा पराजुली रहेछन । त्यस पछि मैले पनि सहज बनेर भने म तिम्रो मामा नै हुँ । उनीहरु सबैले त्यस दिनदेखि मामा भन्नथाले र हामीले पनि उनीहरुलाई भाञ्जा नै भन्छौं ।
हामीले उनीहरुलाई बस्न खान र पढ्न पाए हामीसँग बस्छौं भनेर प्रस्ताव राखेँ । त्यसपछि उनीहरुले हुन्छ भने पछि हामीले भनेको मान्नु पर्छ नि भने पछि उनीहरु सहमत भए । उनीहरुलाई हामीले यो घरमा ल्याएर राख्ने सोच बनाए पछि प्रशासनिक प्रक्रिया पुरा गर्नुपर्ने भएकोले सबै ग¥यौ । मामाघर नेपाल नाम राखेर संस्था दर्ता गरेर उनीहरुलाई ल्यायौं पहिलो दोश्रो दिन त केही भएन । त्यस पछि उनीहरु यहाँबाट भाग्ने कोशिस गर्ने, अश्लिल शब्द बोल्ने सारै कष्ट भयो उनीहरुलाई सम्हाल्न । अहिले उनीहरु धेरै मेधावी भएका छन् । नृत्य, गायन, कराते, पढाईमा पनि उत्तिकै क्षमतावान बनेका छन । आफ्ना अभिभावकसँग बस्न चाहनेहरुलाई उनीहरुको घर ठेगाना पत्ता लगाएर घरमै पुर्नस्थापना गरेका छौं । यसै विचमा एक जना गोर्खा घर भएको प्रकास वि.क. रहेछन । हामीसँग गोर्खा नगरपालिकाका विजय तिवारी हुनुहुन्थ्यो । उहाँले सबै सोधे पछि उसको अभिभावक सबै मामा घर देखि आमा बाबु सबैलाई चिन्नु भएको रहेछ । त्यो बालकको घरमा सम्पर्क गरेर हाल उनी गोर्खामा अध्ययनरत रहेको अवस्था छ । प्रकास वि.क.लाई हामीले सोध्यौं तिमी कसरी यहाँ आएको ? उसले भन्यो मेरो बुबा ले अर्की आमा ल्याए पछि आमालाई यातना दिन थाल्नुभायो । आमाले सहन नसकेर मामाघर जानुभयो । त्यहाँ पनि बुबाले गएर आमालाई यातना दिए पछि आमा घर छोडेर जानुभयो भन्ने थाहा पाएँ । तर कहाँ जानुभयो ? थाहा थिएन । आमाले छोडेर गए पछि कान्छी आमा र बुवाले मलाई पनि याताना दिन थाल्नुभयो । मेरो एकजना साथीले तिम्रो आमा हेटौडामा हुनुहुन्छ भने पछि यहाँ आएँ र सडकमा बस्नेहरुसँग जिवन विताए । अब घर जान पाए म कहिल्यै सडकमा यसरी बस्ने थिइन भन्दै आँखा भरि आसु भए । उसको कुरा सुनेर हामी पनि भावुक भयौं । यसरी मामाघर स्थापना भए देखि हाल सम्म १३३ जना सडक बालबालिकाहरुको उद्धार गरिएकोमा ५३ जना घरमा स्थापित भएको र अन्य बालबालिकाको प्रतिभाका कारण उनीहरुको उच्च शिक्षा अध्ययनका लागि छात्रावृत्ति प्राप्त गर्न सफल भएका र हाल अहिले मामाघर नेपालमा २५ जना बालबालिका रहेको अवस्था छ ।  बालबालिका रहरले होइन बाध्यताले र घरको वातावरणले गर्दा सडकमा आएका हुन भन्ने अनुमान गर्न मामाघरको आश्रयमा बसेका ति बालकहरुबाट सहजै सकिन्छ । तर कतिपय बालबालिका आफ्ना अभिभावकले सम्हाल्न नसकेको अवस्था पनि पाईयो । अर्पण पराजुलीको भनाई अनुसार केही बालकहरु आफ्नो घर जान नचाहने । सामाजिक अन्धविश्वासका कारण पनि उनीहरुलाई गरिने व्यवहार जस्तै बच्चा जन्मपश्चात घरमा भएको कुनै दुर्घटनाको कारण ती बालकलाई दिनु । अत्याधिक माया जसले गर्दा बच्चाका हरेक माग पुरा गर्दा गलत साथीहरुको संगतको प्रभावका कारण सडकमा जिवन जिउन चाहने ।
मामाघर संचालन कसरी भएको छ हामीले सोध्यौं मामाघरका संचालक समूहका अनुसार मुठ्ठी दान संकलन गर्ने । विवाहको वार्षिकउत्सव मनाउन आउने जन्मोत्सव मनाउने आदिबाट प्राप्त रकमले संचालन भएको छ । घरभाडा हेटौडा उपमहानगरपालिकाले वार्षिक रुपमा सहयोग गरेको र अन्य सहयोगी हातहरु व्यक्तिगत र संस्थागत पनि प्राप्त हुन्छ । तर कहिले काहिँ नपाउँदा कठिनार्ई पनि उत्तिकै भोगेको जानकारी दिनुभयो । यस्तो हुनु मामाघर संचालनमा चुनौती हो भने हामी जस्तै सबैले यी सडकमा जिवन विताउने बालबालिकाको बारेमा सहयोग हात यहाँ मात्र होइन अन्य स्थानमा पनि हुने हो भने सडक बालबालिका भन्ने शब्दको प्रयोगमा कमि आउने थियो । बुटवल उपमहानगरपालिकाको सन्दर्भमा ८२ जना सडक बालबालिका रहेको गत वर्षको तथ्याङ्कले जनाएको छ । उक्त तथ्याङ्क अनुसार ८२ जना मध्य ७ जना बालिका रहेको र ५ जना बालकले आफ्नो जानकारी दिन नचाहेको जानकारी उल्लेख गरेको छ । त्यसो त हेटौंडामा संचालन गरेको मामाघरको अवलोकन पश्चात बुटवल उपमहानगरपालिका लुम्बिनी बाणिज्य क्याम्पसमा वि.वि.एस. अध्ययनरत छात्रा धन कुमारी अर्यालले मामाघरको बारेमा आफू अध्ययनरत क्याम्पसका प्रांध्यापक, मास्टर डिग्री अध्ययनरत व्यवस्थापनका केही साथीहरुलाई जानकारी दिए पश्चात सडक बालबालिका पुनस्थापनाका लागि एउटा समितिको चयन भएको छ । सो समितिको संयोजक प्राध्यापक लक्ष्मण भण्डारी सदस्यहरुमा अमृता अनमोल, स्वस्तिक श्रेष्ठ, मदन अर्याल, बालकृष्ण पाण्डे, तेज प्रसाद भण्डारी, दिपक चापागाई रहेका छन् । समितिले छिटोभन्दा छिटो बुटवलमा रहेको सडक बालबालिकाको वास्तविक तथ्याङ्क संकलन गरी आवश्यक प्रक्रिया अगाडी बढाउने भएको छ । आशा गरौं हेटौडा उपमहानगरपालिका सडक मानव मुक्त शहरको रुपमा पहिचान बनाउन क्रमिक रुपमा अगाडी बढेको छ भने बुटवल उपमहानगरपालिका पनि मानवताको शहर बनाउने योजना सफल बनोस हाम्रो शुभकामाना ।
 हामीले स साँच्चै भन्ने हो भने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बालमैत्री नगर तथा वातावरणमैत्री नगरको रुपमा विकास गर्न निर्देशन जारी गरी सकेको छ । हामीले नगरपालिकालाई बालमैत्री नगर बनाउने हो भने सडकमा कष्टकर जिवनयापन गरेका ति बालबालिकालाई संरक्षण दिने र उनीहरुको उज्ज्वल भविष्य निर्माण लगानी गर्न सकै सबै भन्दा ठूलो धर्म यही हुने थियो होला ।


Thursday, April 7, 2016

poem

तिमीले धाेका दिएकी उनीसंग मेराे भेट भयाे 
खै किन किन उनकाे मेराे एउटै मन पेट भयाे
अाज भाेलि खुशी छिन उनी तिमी भन्दा धेरै
कारण साेधि हेरे उनी भन्छिन याे प्रेरणा हाे तेरै
अस्ति हास्न सिके हिजाे रून, अाज जिउन सिके
नयाँ तरिकाले जीवन सङ्घर्षमै बिताउन सिके
हरेक पाईला पाइला तिम्रो सफलता मिलाेस
हरेक पलमा तिमीलाइ खुशी नै खुशी मिलाेस
निराशा अात्महत्या गर्न हिडेकी थिए म घरबाट
ए पर्ख ! कराउँदै दाैडेर अायाै तिमी परैबाट
नयन भए पनि नेत्रहिन जस्तै थिए हिजाे म
नयाँ मार्ग देखाई ज्याेति दियौं यी नयनमा
हे मित्र अाभारी छु तिम्राे जीवन भरिलाई
सधैं यस्तै साथ पाउं तिम्राे सातै जुनिलाई